टाटा नेक्सन ईभीको लङ रेन्ज भेरिएन्टले पनि पायाे फाइभ स्टार रेटिङ
टाटा मोटर्सकाे लोकप्रिय इलेक्ट्रिक कार नेक्सन ईभीको ४५ किलोवाट आवर...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी कम्पनिजले ग्राहकवर्गहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्ट्सको मूल्य समायोजन गरेको बताएको छ ।
हाल विद्यमान प्रतिकूल परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्युइन पार्ट्सको मूल्य समायोजन गरिएको कम्पनीले बताएको छ । अब ग्राहकवर्गले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्युइन पार्ट्स प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरुप टाटा जेन्युइन पार्ट्सको मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहकवर्गहरुले सिप्रदीका वर्कशपहरुमा अनुभवी तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्युइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिङको फाइदा उठाउन सक्ने छन् । मूल्य समायोजन पश्चात ग्राहकवर्गको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको कम्पनीको भनाइ छ ।
समायोजित मूल्य यही श्रावण महिनाबाट नेपालभर रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क – सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्युइन पार्ट्सको डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको छ ।
साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्युइन पार्ट्समा ६ महिना वा ५० हजार किलोमिटर सम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान् गर्दे आइरहेको बताएको छ ।
टाटा मोटर्सकाे लोकप्रिय इलेक्ट्रिक कार नेक्सन ईभीको ४५ किलोवाट आवर...
टाटा समूहले आफ्नो लोकप्रिय कार टाटा नानोलाई २०२५ मा पुनः बजारमा ल्याउने...
टाटा मोटर्सले भारतमा आगामी अप्रिलदेखि आफ्ना सवारी साधनहरूको मूल्य ३...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...