सिप्रदी र यात्रीबिच दुई पांग्रे विद्युतीय सवारी उत्पादनका लागि भएको सम्झौताले ल्याएको नयाँ आशा
“मेड इन नेपाल” दुइ पांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्नका लागि...
टाटा मोटर्सले नेक्सन र टियागो ईभीको मुल्य १ लाख २० हजार भारुसम्मले कम गरेको छ । ब्याट्रीको लागत सस्तो परेको भन्दै कम्पनीले ईभीको मूल्य कम गरेको हो । हालसालै लन्च भएको पन्च ईभीमा भने उसले पुरानै मूल्यलाई निरन्तरता दिएको छ ।
कम्पनीले सबैभन्दा कम नेक्सन ईभीको मिडियम रेन्जमा २५ हजार भारु घटाएको छ । यसैगरी सबैभन्दा बढी नेक्सन ईभीको लङ रेन्जमा १ लाख २० हजार र टियागो ईभीमा ७० हजार भारु घटाएको हो । भारतमा मूल्य कम भएपछि नेपाली बजारमा समेत यसको प्रभाव पर्नेछ ।
भारतमा घटेको मूल्यलाई आधार मान्दा नेपालमा नेक्सन ईभी ३ लाखसम्मले सस्तो पर्ने देखिन्छ भने टियागोको १ लाख ५० हजारसम्मले कम हुने अनुमान गर्न सकिन्छ । नेक्सन ईभीको मूल्य नेपाली बजारमा ३९ लाखदेखी ४६ लाख ४९ हजारसम्म कायम गरिएको छ । यस्तै, टियागो ईभीको मुल्य २२ लाखदेखी २८ लाखसम्म निर्धारण गरिएको छ ।
भारतमा यसअघि एमजीले कोमेट ईभीको मूल्य १ लाख ४० हजार भारु सम्मले कम गरेको थियो ।
“मेड इन नेपाल” दुइ पांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्नका लागि...
काठमाडौं – सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेको...
काठमाडाै- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...