टाटा कर्भ ईभीको रेन्ज र ब्याट्री प्याक विवरण सार्वजनिक, १० मिनेट चार्ज गर्दा १०० किमी चल्ने

टाटा मोटर्सले हालै इलेक्ट्रिक एसयूभी कर्भ लन्च गरेको छ, जसको मूल्य ७ अगस्टमा सार्वजनिक हुनेछ । मूल्य भन्दा अघि कम्पनीले कर्भ ईभीको रेन्ज र ब्याट्री प्याकको विवरण खुलासा गरेको छ ।

मिडिया रिपोर्टका अनुसार कर्भ ईभीमा २ वटा ब्याट्री प्याकको विकल्प दिइएको छ । यसको टप स्पेक भर्सनमा ५५ किलोवाट युनिट हुनेछ, जुन सिंगल इलेक्ट्रिक मोटरसँग जोडिएको हुनेछ । सो भेरिएन्ट फुल चार्ज गरेपछि ६०० किलोमिटरको रेन्ज दिनेछ । यसमा डीसी फास्ट चार्जिङ पनि उपलब्ध हुनेछ, जसका कारण सो एसयूभीले १० मिनेटको चार्जिङमा १०० किलोमिटरसम्मको रेन्ज दिनेछ ।

कर्भ ईभीमा सेफ्टीका लागि ६ एयरब्याग, प्यानोरामिक सनरुफ, ब्लाइन्ड स्पट मोनिटरसहितको ३६० डिग्री क्यामेरा, अगाडि र पछाडि पार्किङ सेन्सर र इलेक्ट्रोनिक स्थिरता नियन्त्रणका साथै लेभल २ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम पनि जस्ता फिचर हुनेछ ।

रिपोर्टका अनुसार टाटा कर्भ ईभीको मूल्य १८ लाखदेखि २४ लाख भारुसम्म हुन सक्ने अनुमान गरिएको छ ।  यसले भारतमा बीवाईडी अट्टो ३, एमजी जेडएस ईभी, महिन्द्रा एक्सयूभी ४००, हुन्डाई क्रेटा ईभी र होन्डा एलिभेट ईभी जस्ता आगामी कारहरूसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

टाटा नेक्सनद्वारा ७ वर्षमा ७ लाख युनिट बिक्रीको आँकडा पार

टाटा नेक्सनद्वारा ७ वर्षमा ७ लाख युनिट बिक्रीको आँकडा पार

टाटा मोटर्सले नेक्सन एसयूभी ७ वर्षभित्र ७ लाख युनिट बिक्रीको आँकडा पार...

टियागो ईभीमा दोस्रो पटक मूल्य बृद्धि, सबै भेरिएन्टमा १ लाख बढ्यो

टियागो ईभीमा दोस्रो पटक मूल्य बृद्धि, सबै भेरिएन्टमा १ लाख बढ्यो

काठमाडौं– टाटाको सर्बाधिक बिक्री हुने इलेक्ट्रिक कार टियागो ईभीमा दोस्रो...

टाटा टिगोर इभी अब टाटा एक्स प्रेस–टी इभीका नामले आउने

टाटा टिगोर इभी अब टाटा एक्स प्रेस–टी इभीका नामले आउने

टाटा मोटर्सले टिगोर ईभीको नाम परिवर्तन गरेको छ । कम्पनीले उक्त इभीको नाम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...