टाटा मोटर्सको बम्पर लक्की ड्र विजेता घोषित, ४३ जनाले पाए आकर्षक उपहार
काठमाडौं – टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र टाटा...
टाटा मोटर्सले अन्ततः अगस्ट ७ मा भारतको पहिलो कुपे स्टाइल एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईसीई इन्जिन र इलेक्ट्रिक संस्करण दुवै भर्सनमा उपलब्ध गराउनेछ ।
कम्पनीले हालै यसको आधिकारिक टिजर सार्वजनिक गरेको छ । टिजरमा कम्पनीले आगामी इलेक्ट्रिक एसयूभीका केही एलिमेन्ट साझा गरेको छ । टिजरमा कर्भ ईभीको स्लोपिङ रुफलाइन र अलोय ह्विलको डिजाइन देख्न सकिन्छ । यो नेक्सन ईभी जस्तै देखिए तापनि यसमा एरो इन्सर्ट दिइएको छ । यसमा नेक्सन ईभीमा जस्तै अगाडि र पछाडि कनेक्टेड लाइट सेटअप दिइएको छ । कारमा फ्लस प्रकारका डोर ह्यान्डल पनि उपलब्ध छ । यो फिचर भएको टाटाको पहिलो कार हुनेछ।
सेफ्टीका लागि यसमा ६ एयरब्याग, ब्लाइन्ड स्पट मोनिटरसहितको ३६० डिग्री क्यामेरा, अगाडि र पछाडि पार्किङ सेन्सर र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, लेभल २ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्ता फिचर उपलब्ध हुनेछ ।
यसमा टाटा नेक्सन फेसलिफ्टमा जस्तै इन्जिन र ट्रान्समिसन सेटअप हुनेछ । आगामी कर्भ एसयूभी कुपेको आईसीई संस्करणमा १.५ लिटर ४ सिलिन्डर डिजेल इन्जिन हुनेछ, जसले ११३ बीएचपी पावर र २६० एनएमको पीक टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि यसलाई ६ स्पिड म्यानुअल गियरबक्ससँग जोडिनेछ । टाटाको नयाँ १.२ लिटर टर्बो पेट्रोल इन्जिन पेट्रोल भेरिएन्टमा उपलब्ध हुनेछ, जसले १२५ पीएस र २२५ एनएमको आउटपुट जनरेट गर्नेछ । टाटा कर्भ यस वर्ष लन्च हुने अपेक्षा गरिएको छ ।
हालसम्म कर्भ इलेक्ट्रिक एसयूभीको ब्याट्री प्याक र मोटरसँग सम्बन्धित कुनै जानकारी सार्वजनिक गरिएको छैन। तर, कर्भ एसयूभी इलेक्ट्रिक मोडलको रेन्ज ५०० किलोमिटरभन्दा बढी हुने अपेक्षा गरिएको छ । यसमा दुईवटा ब्याट्री प्याक छनोट गर्न सकिन्छ। यसले डीसी फास्ट चार्जिङलाई सपोर्ट गर्नेछ र यसमा भेइकल टु लोड, ड्राइभ मोड र एडजस्टेबल इनर्जी रिजनरेशन जस्ता फङशन पनि हुनेछ ।
कर्भ ईभी टाटाको नयाँ एक्टिभ.ईभी प्लेटफर्ममा डिजाइन गरिएको छ । यसको एक्सटेरियरमा टर्न सिग्नल, स्क्वायर ह्विल आर्च, ड्युअल टोन अलोय ह्विल र बलियो बडी क्ल्याडिङ समावेश गरेको छ । यसको विन्डो क्रोमबाट बनेको छ । पछाडिको प्रोफाइलमा स्लोप रुफसहितको क्लिन बम्पर, पूर्ण चौडा एलईडी लाइट स्ट्रिप, बम्पर इन्टिग्रेटेड टेलल्याम्प र स्प्लिट एरो रियर स्पोइलर रहेको छ ।
कर्भ कुपे एसयूभीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन, वायरलेस एन्ड्रोइड अटो, एप्पल कारप्ले, १०.२५ इन्च डिजिटल ड्राइभर डिस्प्ले जस्ता फिचर दिइएको छ । साथै प्यानोरामिक सनरुफ, २ स्पोक स्टेयरिङ ह्विल, वायरलेस चार्जिङ प्याड, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायर र प्रिमियम अडियो सिस्टम उपलब्ध हुनेछ ।
सो कारले आगामी सिट्रोन बासाल्ट, हुन्डाई क्रेटा, मारुती ग्राण्ड भिटारा, फक्सवागन टाइगुन, किया सेल्टोस, टोयोटा अर्बन क्रुजर हाइराइडर र स्कोडा कुशाकसँग प्रतिस्पर्धा गर्नेछ । टाटा कर्भ ईभीको मूल्य लगभग २० लाख भारु हुनेछ ।
काठमाडौं – टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र टाटा...
डिसेम्बर २०२१ को अन्त्यसँगै भारतीय बजारमा कार निर्माताहरूले आफ्नो...
टाटाको नयाँ टिगोर इलेक्ट्रिक कार भारतीय बजारमा लन्च भएको छ । शुरुवाती...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...