३६० डिग्री क्यामेरा र एडास जस्ता सेफ्टी फिचरले सुसज्जित टाटा कर्भ लन्चको तयारीमा

टाटा मोटर्सले अन्ततः अगस्ट ७ मा भारतको पहिलो कुपे स्टाइल एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईसीई इन्जिन र इलेक्ट्रिक संस्करण दुवै भर्सनमा उपलब्ध गराउनेछ ।

कम्पनीले हालै यसको आधिकारिक टिजर सार्वजनिक गरेको छ । टिजरमा कम्पनीले आगामी इलेक्ट्रिक एसयूभीका केही एलिमेन्ट साझा गरेको छ । टिजरमा कर्भ ईभीको स्लोपिङ रुफलाइन र अलोय ह्विलको डिजाइन देख्‍न सकिन्छ । यो नेक्सन ईभी जस्तै देखिए तापनि यसमा एरो इन्सर्ट दिइएको छ । यसमा नेक्सन ईभीमा जस्तै अगाडि र पछाडि कनेक्टेड लाइट सेटअप दिइएको छ । कारमा फ्लस प्रकारका डोर ह्यान्डल पनि उपलब्ध छ । यो फिचर भएको टाटाको पहिलो कार हुनेछ।

सेफ्टीका लागि यसमा ६ एयरब्याग, ब्लाइन्ड स्पट मोनिटरसहितको ३६० डिग्री क्यामेरा, अगाडि र पछाडि पार्किङ सेन्सर र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, लेभल २ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्ता फिचर उपलब्ध हुनेछ ।

यसमा टाटा नेक्सन फेसलिफ्टमा जस्तै इन्जिन र ट्रान्समिसन सेटअप हुनेछ । आगामी कर्भ एसयूभी कुपेको आईसीई संस्करणमा १.५ लिटर ४ सिलिन्डर डिजेल इन्जिन हुनेछ, जसले ११३ बीएचपी पावर र २६० एनएमको पीक टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि यसलाई ६ स्पिड म्यानुअल गियरबक्ससँग जोडिनेछ । टाटाको नयाँ १.२ लिटर टर्बो पेट्रोल इन्जिन पेट्रोल भेरिएन्टमा उपलब्ध हुनेछ, जसले १२५ पीएस र २२५ एनएमको आउटपुट जनरेट गर्नेछ । टाटा कर्भ यस वर्ष लन्च हुने अपेक्षा गरिएको छ ।

हालसम्म कर्भ इलेक्ट्रिक एसयूभीको ब्याट्री प्याक र मोटरसँग सम्बन्धित कुनै जानकारी सार्वजनिक गरिएको छैन। तर, कर्भ एसयूभी इलेक्ट्रिक मोडलको रेन्ज ५०० किलोमिटरभन्दा बढी हुने अपेक्षा गरिएको छ । यसमा दुईवटा ब्याट्री प्याक छनोट गर्न सकिन्छ। यसले डीसी फास्ट चार्जिङलाई सपोर्ट गर्नेछ र यसमा भेइकल टु लोड, ड्राइभ मोड र एडजस्टेबल इनर्जी रिजनरेशन जस्ता फङशन पनि हुनेछ ।

कर्भ ईभी टाटाको नयाँ एक्टिभ.ईभी प्लेटफर्ममा डिजाइन गरिएको छ । यसको एक्सटेरियरमा टर्न सिग्नल, स्क्वायर ह्विल आर्च, ड्युअल टोन अलोय ह्विल र बलियो बडी क्ल्याडिङ समावेश गरेको छ । यसको विन्डो क्रोमबाट बनेको छ । पछाडिको प्रोफाइलमा स्लोप रुफसहितको क्लिन बम्पर, पूर्ण चौडा एलईडी लाइट स्ट्रिप, बम्पर इन्टिग्रेटेड टेलल्याम्प र स्प्लिट एरो रियर स्पोइलर रहेको छ ।

कर्भ कुपे एसयूभीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन, वायरलेस एन्ड्रोइड अटो, एप्पल कारप्ले, १०.२५ इन्च डिजिटल ड्राइभर डिस्प्ले जस्ता फिचर दिइएको छ । साथै प्यानोरामिक सनरुफ, २ स्पोक स्टेयरिङ ह्विल, वायरलेस चार्जिङ प्याड, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायर र प्रिमियम अडियो सिस्टम उपलब्ध हुनेछ ।

सो कारले आगामी सिट्रोन बासाल्ट, हुन्डाई क्रेटा, मारुती ग्राण्ड भिटारा, फक्सवागन टाइगुन, किया सेल्टोस, टोयोटा अर्बन क्रुजर हाइराइडर र स्कोडा कुशाकसँग प्रतिस्पर्धा गर्नेछ । टाटा कर्भ ईभीको मूल्य लगभग २० लाख भारु हुनेछ ।

सम्बन्धित समाचारहरू

४५ किलोवाट ब्याट्री प्याकसहित नेक्सन ईभी लन्च, बन्यो ४ फरक पावरट्रेन भएको पहिलो एसयूभी

४५ किलोवाट ब्याट्री प्याकसहित नेक्सन ईभी लन्च, बन्यो ४ फरक पावरट्रेन भएको पहिलो एसयूभी

टाटा मोटर्सले नेक्सन आईसीएनजी लन्च गर्ने घोषणा गरेको छ । साथै कम्पनीले...

यस्तो छ नेपाली बजारमा उपलब्ध टाटा ईभीको मूल्य

यस्तो छ नेपाली बजारमा उपलब्ध टाटा ईभीको मूल्य

टाटा मोटर्सले इलेक्ट्रिक कार सेगमेन्टमा आफ्नो अग्रणी स्थान कायम राखेको छ...

टाटा मोटर्सको बम्पर लक्की ड्र विजेता घोषित, ४३ जनाले पाए आकर्षक उपहार

टाटा मोटर्सको बम्पर लक्की ड्र विजेता घोषित, ४३ जनाले पाए आकर्षक उपहार

काठमाडौं – टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...