फुल चार्जमा ६०० किमी सम्मको रेन्ज दिनेछ टाटा कर्भ ईभीले

टाटा मोटर्सको बहुप्रतीक्षित कुपे एसयूभी कर्भ ईभी अन्ततः ७ अगस्टमा लन्च हुने भएको छ । कम्पनीले सो एसयूभीको ब्याट्री प्याकको आधिकारिक जानकारी पनि सार्वजनिक गरेको छ । रिपोर्टका अनुसार टाटा कर्भ ईभी धेरै ब्याट्री प्याक विकल्पमा उपलब्ध हुनेछ ।

मिडिया रिपोर्टका अनुसार टाटा कर्भ ईभीलाई स्ट्यान्डर्ड र लङ रेन्ज भेरिएन्टमा प्रस्तुत गर्न सकिन्छ । स्ट्यान्डर्ड भेरिएन्टमा ४०.५ किलोवाटको ब्याट्री प्याक हुनेछ, जसले फुल चार्जमा ४६५ किलोमिटरको रेन्ज प्रदान गर्न सक्छ । लङ रेन्ज भेरिएन्टमा ५५ किलोवाटको ब्याट्री प्याक हुनेछ, जसको सिंगल चार्जमा ५५० किलोमिटर सम्मको रेन्ज प्रदान गर्न सक्छ।

टाटा कर्भ ईभी एक्टि.ईभी प्ल्याटफर्ममा आधारित छ । सो इलेक्ट्रिक एसयूभी कुपेले फुल चार्जमा ६०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्न सक्छ । टाटा कर्भ ईभीका सबै भेरिएन्टलाई फ्रन्ट एक्सल माउन्ट गरिएको इलेक्ट्रिक मोटरबाट पावर हुनेछ ।

लुक र डिजाइनको हिसाबले टाटा कर्भ ईभी निकै उत्कृष्ट हुनेछ र आफ्नो सेगमेन्टमा सबैभन्दा राम्रो इलेक्ट्रिक कार हुने कम्पनीको दाबी छ । टाटा कर्भ ईभीले एमजी जेडएस ईभी, हुन्डाई क्रेटा ईभी र मारुती सुजुकी ईभीएक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सो एसयूभीमा लेटेस्ट र उत्कर्ष्ट फिचर समावेश हुनेछ र यसको प्रारम्भिक मूल्य १८ लाख भारु हुनेछ ।

सम्बन्धित समाचारहरू

अब इटहरीमा पनि टाटा म्याजिक बीएस६, गरियो भव्य लन्च

अब इटहरीमा पनि टाटा म्याजिक बीएस६, गरियो भव्य लन्च

इटहरी – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

जुन ३० मा डेब्यू हुँदै टाटा सिएरा ईभी, यस्तो हुनेछ विशेषता

जुन ३० मा डेब्यू हुँदै टाटा सिएरा ईभी, यस्तो हुनेछ विशेषता

टाटा मोटर्सले यसै महिनाको ३० तारिखमा सिएरा ईभीको उत्पादन संस्करण डेब्यू...

चर्चामा टाटाको नयाँ टिजर, अप्रिल ६ मा नयाँ इलेक्ट्रिक कन्सेप्ट सार्वजनिक गरिदै

चर्चामा टाटाको नयाँ टिजर, अप्रिल ६ मा नयाँ इलेक्ट्रिक कन्सेप्ट सार्वजनिक गरिदै

टाटा मोटर्सले एक पटक फेरि इलेक्ट्रिक भेइकलमा हलचल मच्चाउने तयार गर्दैछ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...