टाटा सुमोकाे मोडर्न कन्सेप्ट डिजाइन भाइरल
टाटा सुमो फेरि एकपटक चर्चामा आएको छ । बक्सी, बलियो र डिजाइनका कारण यो एक समय...
काठमाडौं - टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्व वातावरण दिवसको अवसरमा टाटा कर्भ ईभीमा सुरु गरेको ‘के टु के’ ऐतिहासिक यात्रा सम्पन्न भएको छ ।
यात्रामा चर्चित मोटो भ्लगर अवाशिष प्रसाद ओझा र विजय राम कासजू सहभागी भएका थिए । उनीहरु काठमाडौं देखि भारतको कन्याकुमारी सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेर फर्किएका हुन् ।
टाटा मोटर्सको प्यासेन्जर भेइकल विजनेस युनिटका एचओडी शावन्त जंग सिजापतिले ६,७०० किलोमिटर दुरीकाे यो यात्रा केवल ६ दिनमा पार गरिएको जानकारी गराए ।
‘‘कम्पनीले भनेको दायरा ३७५ किलोमिटर नै हो । यद्यपि, यात्रुहरुले आफूले अझ राम्रो दायरा प्राप्त गरेको अनुभव सुनाउनु भएको छ । तर हामीले प्रवर्धन गरेको दायरा भने अझै पनि ३७५ किलोमिटर नै हो,’’ अवाशिष ओझाले भने, ‘‘यो मेरो लागि पनि भावनात्मक क्षण हो, किनभने हामीले सिधै काठमाडौँदेखि कन्याकुमारीसम्म ३,२२५ किलोमिटर ड्राइभ गर्याैं, जुन धेरैको सोच विपरित छ - इलेक्ट्रिक गाडीहरू छोटो दुरीका लागि मात्र हुन् भन्ने धारणा तोडिएको छ ।’’
यस यात्राले इलेक्ट्रिक गाडीमा प्रयोग हुने ब्याट्री सिस्टम, ब्याट्री म्यानेजमेन्ट र हिट म्यानेजमेन्ट प्रविधिको राम्ररी अध्ययन गर्ने मौका पनि पाएको ओझाले बताए ।
त्यस्तै २००७ मा प्रयोग गरेको टाटा इण्डिका टर्बाे गाडी र अहिलेको कर्भ ईभीबीचको दुरी उल्लेख गर्दै भने, ‘‘टाटा धेरै अगाडि बढिसकेको छ । अहिलेको कर्भ ईभीमा मलाई कुनै गुनासो छैन । यस्तो आरामदायक गाडीमा गाडीमै सुत्दा पनि अचम्म लागेन । नो भेइकल इज पर्फेक्ट, तर यो गाडीमा डील ब्रेकर भन्न मिल्ने कुनै समस्या देखिनँ ।’’

त्यस्तै, अर्का राइडर विजय राम कासजूले प्रयोगकर्ताको दृष्टिकोणबाट हेर्दा—गाडीको कम्फर्ट, ह्यान्डलिङ, र उच्च गतिमा गाडीले दिएको रेस्पोन्स साँच्चै प्रभावकारी रहेको बताए । यात्राको अनुभव सुनाउँदै उनले भने, ‘‘हाई स्पीडमा पनि केही स्ट्रेचहरू कभर गर्नु प-याे। त्यस्तो बेला गाडीको रेस्पोन्स एकदमै सन्तोषजनक रह्यो । उपभोक्ताको हिसाबमा हेर्दा मलाई यो गाडीले जुन अनुभव राम्रो भयो । त्यसैले अहिले म पनि यो गाडी ‘द बेस्ट’ भन्न सक्ने अवस्थामा पुगेको छु ।’’
टाटा कर्भ इभीमा ५५ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले नेपालमा औसत ३७० किमीको रेन्ज दिन्छ । भारतका विभिन्न इलाकाहरूमा भने प्रयोगकर्ताहरूले ४७० किमीसम्मको रेन्ज पाएको पनि उल्लेख गरिएको कम्पनीले जनाएको छ ।
टाटा एक विश्वसनीय ब्रान्ड भएकाले ईभीको बजारमा प्रवेशपछिको यसको गति, नेटवर्क विस्तार र उत्पादनको गुणस्तरले उसलाई अरू ब्रान्ड भन्दा उपभोक्ताको रोजाईमा पार्ने गरेको छ ।
टाटा सुमो फेरि एकपटक चर्चामा आएको छ । बक्सी, बलियो र डिजाइनका कारण यो एक समय...
टाटा पन्च अक्टोबर ४ मा लन्च हुने भएको छ । लन्चिङ भन्दा पहिला नै टाटा पन्च...
टाटा मोटर्सले कमर्सियल भेइकलको रुपमा बजारमा उपलब्ध गराएको १७ वर्ष पश्चात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...