नेपाल आउने भयो विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक गाडी निसान लिफ, टिजर सार्वजनिक
काठमाडौं – विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक कारको पहिचान बनाएको निसान...
टाटा मोटर्सले आज कर्भ इभीको नयाँ कन्सेप्ट सार्बजनिक गरेको छ । टाटाको लाइनअपमा नेक्सनभन्दा माथी रहने यो कुपे डिजाइनको मिडसाइज इलेक्ट्रिक एसयुभी अवको २ वर्षभित्र बजारमा आइसक्ने जनाइएको छ । यो एसयुभी कुन नामले बजारमा आउने बारे अहिलेसम्म खुलाइएको छैन ।
टाटाको नयाँ डिजिटल डिजाइन ल्यांग्वेजमा आधारित यो एसयुभीमा उसले जेनेरेशन २ इभी आर्किटेक्टर प्रयोग गरेको छ । यो कन्सेप्ट एसयुभीमा ठूलो आकारको व्याट्री प्याक जडान हुन सक्ने बताइएपनि कति एम्पियर आवरको व्याट्री रहन्छ भन्ने बिषयमा कुनै जानकारी दिइएको छैन । यो नयाँ इलेक्ट्रिक एसयुभीले ४ सयदेखी ५ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने अनुमान लगाइएको छ ।
निकै नै आकर्षक र आधुनिक डिजाइनमा उपलब्ध गराइएको यो एसयुभीलाई टाटा मोटर्सले इलेक्ट्रिक पछि आइसिई इन्जिनमा समेत उतार्नसक्ने जनाइएको छ । फेब्रिक मेटिरियल र पुर्णत इलइडी लाइट सामेल गरिएको यो एसयुभीमा थ्री लेयर ड्यासवोर्ड दिइएको छ । जहाँ दुईवटा फ्रि–स्ट्यान्डिङ डिजिटल स्क्रिन उपलब्ध गराइएको छ । जसमध्ये एउटाले इन्फोटेन्मेन्ट सिस्टम र अर्कोले इन्स्ट्रुमेन्ट क्लस्टरका रुपमा काम गर्नेछ । टु स्पोक स्टेरिङ ह्विल डिजाइन दिइएको यो कन्सेप्ट इभीमा पानारोमिक सनरुफ र फ्लोटिङ सेन्ट्रल कन्सोल लेआउट समेत उपलब्ध गराइएको छ ।
नेक्सन र टिगोर इभीलाई बजारमा उतारेर चर्चा बटुलीरहेको टाटा मोटर्सको ध्यान पछिल्लो समय इभी सिरिजमा केन्द्रित बनिरहेको छ । सोही क्रममा उसले नयाँ सिग्मा प्योर इभी प्लेटफर्ममा सियराको उत्पादन गर्ने उद्घोष गरिसकेको छ । टाटाका इलेक्ट्रिका कारहरु नेक्सन र टिगोर नेपाली बजारमा समेत लोकप्रिय बनिरहेका छन् ।
काठमाडौं – विश्वमै धेरै बिक्री हुने इलेक्ट्रिक कारको पहिचान बनाएको निसान...
ईभी ब्याट्री निर्माता कम्पनीको रुपमा लोकप्रिय कम्पनी सीएटीएल अर्थात...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...