नेपाल भित्रिने तयारीमा टाटा कर्भ ईभी, यस्तो छ तयारी

काठमाडौं – भारतीय बजारमा लन्च भइसकेको टाटाको नयाँ ईभी ‘कर्भ’ नेपाली बजारमा समेत छिट्टै नै उपलब्ध हुने भएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सो ईभी नेपाल ल्याउने तयारी गरिरहेको छ ।

भारतमा यही महिनामा सम्पन्न हुने भारत मोबिलिटी ग्लोबल एक्सपो पश्चात सो एसयूभी नेपाली बजारमा ल्याउनका लागि आवश्यक कार्य प्रारम्भ हुनेछ । यस अनुसार नेपाली नयाँ वर्ष वा त्यो भन्दा पहिले नै सो ईभी नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

साउन महिनाको अन्त्यमा भारतमा लन्च भएको कर्भ ईभीको सुरुवाती मूल्य १७ लाख ४९ हजार भारु रहेको थियो । यद्यपि नेपाली बजारमा यसको मूल्य कति हुने भन्ने वारेमा कम्पनीले केही जानकारी सार्वजनिक गरेको छैन ।

टाटा मोटर्सले पहिलो पटक २०२३ को अटो एक्सपोमा यसको कन्सेप्ट सार्बजनिक गरेको थियो । सोही कन्सेप्टमा आधारित रहेर डिजाइन गरिएको कर्भ ईभी अन्तत लन्च भएको हो । यसमा स्प्लिट हेडल्याम्प सेटअप र एलईडी लाइट बार, स्टाइलिश कूपे जस्तो रूफलाइन र निरन्तर एलईडी टेललाइटको साथ एक अपराइट रियर फेसिया रहेको छ ।

आकर्षक डिजाइन र अत्याधुनिक फिचर समावेश भएको यो गाडी ४५ र ५५ किलोवाट आवरको ब्याट्री प्याक अप्सनमा उपलब्ध छ । ४५ किलोवाट आवरको ब्याट्री भएको भेरिएन्टले ४३० किलोमिटर रेन्ज दिन्छ । उक्त गाडीको टर्क भने २१५ एनएम छ ।

यस्तै, ५५ किलोवाट आवर ब्याट्री भएको कर्भ ईभीले एक पटकको फुल चार्जमा ५०२ किलोमिटरको रेन्ज दिन्छ । १०० किलोमिटर प्रतिघण्टा कुद्न सक्ने यो गाडीमा ६ वटा एयरब्यागका साथै इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम पनि रहेको छ ।

ग्राउण्ड क्लियरेन्स १८६ एमएम भएको यो गाडीको बुट स्पेस ५०० लिटर रहेको छ भने गाडीमा मोटर पावर १२३ किलोवाट दिइएको छ । हाई भेरिएन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ भने ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट टचस्क्रिन छ ।

एसयूभीमा ६–वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, रिक्लाइनिङ रियर सिट, पानोरामिक सनरुफ, ९ स्पिकर जेबीएल साउन्ड सिस्टम र जेस्चर कन्ट्रोल इलेक्ट्रिक टेलगेट जस्ता सुविधा पाउन सकिन्छ ।

२० भन्दा बढी सेफ्टि फिचर पाउन सकिने कर्भ ईभीमा लेभल–२ एडास, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम, ६ एयरब्याग, ईएसपी र अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायत सुविधा दिइएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ टेक्नोलोजी, जसका कारण हुनेछ १० मिनेटमै ईभी ब्याट्री चार्ज

नयाँ टेक्नोलोजी, जसका कारण हुनेछ १० मिनेटमै ईभी ब्याट्री चार्ज

अमेरिकाको पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले विद्युतीय...

सोकोन ब्राण्डको इलेक्ट्रिक भ्यान भोली सार्बजनिक हुँदै

सोकोन ब्राण्डको इलेक्ट्रिक भ्यान भोली सार्बजनिक हुँदै

काठमाडौं– एमएडब्लु वृद्धि अटोकर्पले भोली नेपाली बजारमा नयाँ इलेक्ट्रिक...

फागुन मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न मन्त्रालयको निर्देशन

फागुन मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न मन्त्रालयको निर्देशन

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालभर संचालन भएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...