प्रविधि र अधिकार अभावमा २० लाख सवारी नियन्त्रण : सिठी र हातकै भरमा ट्राफिक व्यवस्थापन
काठमाडौं उपत्यकामा सञ्चालन हुने २० लाखभन्दा बढी सवारीसाधनको व्यवस्थापन...
काठमाडौं - नेपाल प्रहरीले ‘ट्राफिक प्रहरीले जरिवाना लिएबापत २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्छन्’ भन्ने कुरा गलत भएको दाबी गरेको छ।
हाल केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा त्यस्तो समाचार प्रकाशन/प्रसारण भइरहेको भन्दै प्रहरीले त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार विज्ञप्ति जारी गरी नेपाल प्रहरीले ‘ट्राफिक प्रहरी कर्मचारीले ट्राफिक नियम उल्लघंन गरेबापत गरिने जरिवाना सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला हुने व्यवस्था रहेको सोबापत नेपाल सरकारबाट कुनै पनि अतिरिक्त शुल्क (सुविधा) ट्राफिक प्रहरीले प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको’ जानकारी गराएको छ।
‘आधिकारिक जानकारीबिना अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशित वा प्रसारित हुँदा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था उत्पन्न हुन सक्ने भएकाले यस्ता अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न नेपाल प्रहरी सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला सबैमा अनुरोध गर्दछ’, विज्ञप्तिमा अगाडि भनिएको छ।
सबै सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाचार तथा सूचना प्रकाशन/प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न तथा जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न समेत प्रहरीले अनुरोध गरेको छ।
हेर्नुहोस् सूचना

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...