‘एट्टो सिरिज’ को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक ग-यो अपडेट मोडल
काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...
बीवाईडीको नयाँ सेडान कार सिल ०८ बजारमा सार्वजनिक भएको दुई हप्ता पनि नबित्दै पहिलो पटक सडक दुर्घटनामा परेको छ । चिनियाँ अटोमोटिभ कम्युनिटीमा भाइरल बनेका तस्बिर र चिनियाँ मिडियाका अनुसार, सो नयाँ फ्ल्यागशिप सेडान एउटा पुरानो भेनुसिया डी६० ईभी प्लससँग ठोक्किएको हो ।
२८ हजार ९४४ डलरदेखि ३५ हजार २६५ अमेरिकी डलरसम्म मूल्य पर्ने यो नयाँ लग्जरी सेडानको बलियो बनावटले यतिबेला इन्टरनेटमा धेरैको ध्यान खिचेको छ ।
दुर्घटनामा कसलाई कति क्षति ?
सडकमा भएको यो टक्करमा दुवै गाडीको क्षतिमा निकै ठूलो अन्तर देखिएको छ । उक्त दुर्घटनामा भेनुसिया ईभीको अगाडिको भागमा गम्भीर क्षति पुगेको छ । यसको हुड पूर्ण रूपमा कुच्चिएको छ भने इन्जिन बे समेत नराम्ररी क्षतविक्षत भएको छ ।
यति ठूलो ठक्कर हुँदा पनि बीवाईडी सिल ०८ को अगाडि बायाँ फेन्डर प्यानलमा पेन्ट उप्किएको र सामान्य स्क्र्याचमात्र देखिएको छ ।
सामाजिक सञ्जालमा चिनियाँ अटोमोबाइल प्रेमीहरूले ठट्टा गर्दै यो ईभीले त दुर्घटनामा परेको नभई आफ्नो काँधको धुलो मात्र टक्टक्याए जस्तो देखियो भन्दै टिप्पणी गरिरहेका छन् । दुर्घटनापछि यसको यात्रु क्याबिन पूर्ण रूपमा सुरक्षित रहेको र अगाडिका ढोकाहरू सामान्य रूपमा सञ्चालन भइरहेको दाबी गरिएको छ ।
किन यति बलियो छ बीवाईडी सील ०८ ?
यो घटनापछि बीवाईडीले दाबी गर्ने गरेको उच्च सुरक्षा मापदण्ड र यसको बडी संरचना फेरि चर्चाको केन्द्रमा आएको छ । कम्पनीका अनुसार सिल ०८ मा ८६.३ प्रतिशत उच्च शक्तिको स्टील, पिंजरा जस्तै बडी संरचना र २ हजार एमपीए हट फर्म्ड स्टिल प्रयोग गरिएको छ ।
यसका साथै यस सेडानमा बीवाईडीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री र प्रिमियम डिसस–ए एयर सस्पेन्सन पनि समावेश छ । यसअघि अर्को मोडल क्विन एल प्लग इन हाइब्रिडको दुर्घटनामा पनि ब्याट्रीमा आगो नलागेका कारण बीवाईडीको सुरक्षा प्रणालीको निकै प्रशंसा भएको थियो ।
बीवाईडी सिल ०८ सार्वजनिक भएको मात्र ३० घण्टाभित्रै ६५ हजार भन्दा बढी अर्डर पाएर चर्चामा आएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...