टाटा पन्चलाई मिल्यो ग्लोबल एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार रेटिंग
टाटाको नयाँ माइक्रो एसयूभी पन्चले हालै गरिएको ग्लोबल एनक्याप क्र्यास...
टाटा मोटर्सले कर्भ र कर्भ ईभी सार्वजनिक गरेको छ । यद्यपि, कम्पनीले यी दुई एसयूभी कुपेको एक्सटेरियर मात्र सार्वजनिक गरेको हो । कम्पनीले टाटा कर्भ ईभीलाई पहिले लन्च गर्ने, त्यसपछि आईसीई संस्करण ल्याइने पुष्टि गरेको छ ।
कम्पनीले कारको मूल्य अगस्ट ७ मा घोषणा गर्नेछ । तर मिडिया रिपोर्टका अनुसार टाटा कर्भ ईभीको मूल्य २० लाख भारु र कर्भ आईसीई संस्करणको मूल्य १० लाख ५० हजार भारुबाट सुरु हुन सक्ने अनुमान गरिएको छ । टाटाले अहिलेसम्म कर्भको आधिकारिक बुकिङ सुरु गरेको छैन ।
कर्भ ईभीले एमजी जेडएस ईभी र आगामी हुन्डाई क्रेटा ईभीसँग प्रतिस्पर्धा गर्नेछ । कर्भ आईसीई संस्करणले हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती ग्रान्ड भिटारा, टोयोटा हाइराइडर, फक्सवागन टाइगुन, स्कोडा कुशाक, होन्डा एलिभेट र सिट्रोन सी३ जस्ता कम्प्याक्ट एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।
टाटा कर्भ भारतको पहिलो एसयूभी कुपे हुनेछ । दुबै कारको बम्परमा एलईडी डीआरएल र एलईडी हेडलाइट सेटअप जडान गरिएको छ । कर्भ ईभीको अगाडि टाटा पन्च जस्तै चार्जिङ फ्ल्याप समावेश गरिएको छ । कर्भ आईसीईको साइडमा पेटल आकारको ड्युअल टोन अलोय ह्विल र कर्भ ईभीमा एरोडायनामिक शैलीको अलोय ह्विल उपलब्ध गराएको छ । फ्लस आकारको डोर ह्यान्डल भएको कर्भ टाटाको पहिलो कार हो । सो दुबै संस्करणको पछाडि कनेक्टेड एलईडी टेल लाइट सेटअप दिइएको छ ।
कर्भ ईभीलाई टाटाको नयाँ एक्टिभ.ईभी प्लेटफर्ममा डिजाइन गरिएको छ । यसको लम्बाई ४३०८ एमएम, चौडाई १८१० एमएम, उचाइ १६३० एमएम र ह्विलबेस २५६० एमएम छ ।
कर्भ कुपे एसयूभीमा नेक्सनमा जस्तै १०.२५ इन्चको इन्फोटेनमेन्ट टच स्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले हुने अपेक्षा गरिएको छ । साथै प्यानोरामिक सनरुफ, २ स्पोक स्टेयरिङ ह्विल, वायरलेस चार्जिङ प्याड, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायर र प्रिमियम अडियो सिस्टम उपलब्ध हुने अनुमान गरिएको छ । इलेक्ट्रिक कर्भको ब्याट्री प्याक र मोटरसँग सम्बन्धित कुनै जानकारी सार्वजनिक गरिएको छैन । तर, सो एसयूभीको रेन्ज ५०० किलोमिटरभन्दा बढी हुने अपेक्षा गरिएको छ । यसमा दुई वटा ब्याट्री प्याक हुनेछ ।
एसयूभीमा सेफ्टीका लागि ६ एयरब्याग, ब्लाइन्ड स्पट मोनिटरसहितको ३६० डिग्री क्यामेरा, अगाडि र पछाडि पार्किङ सेन्सर र इलेक्ट्रोनिक स्थिरता नियन्त्रण जस्ता फिचर हुनेछ । यसमा लेभल २ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम पनि प्रदान गर्न सकिने अनुमान छ ।
कर्भ एसयूभी कुपेको आईसीई संस्करणमा १.५ लिटर ४ सिलिन्डर डिजेल इन्जिन हुनेछ, जसले ११३ बीएचपी पावर र २६० एनएमको पीक टर्क जेनेरेट गर्नेछ । ट्रान्समिसनका लागि यसलाई ६ स्पिड म्यानुअल गियरबक्ससँग जोडिनेछ। टाटा कर्भ यस वर्ष लन्च हुने अपेक्षा गरिएको छ।
टाटाको नयाँ माइक्रो एसयूभी पन्चले हालै गरिएको ग्लोबल एनक्याप क्र्यास...
टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...
काठमाडौं–टाटा मोटर्सले आफ्नो इन्ट्रि लेभल कार टियागो ईभी ५० हजार यूनिट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...