हुन्डाई र महिन्द्रालाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो टाटा

भारतिय बजारमा टाटा मोटर्सको बिक्रीले हुन्डाई र महिन्द्रालाई पछि पारेको छ । अक्टोबर २०२५ मा खुद्रा बिक्रीको हिसाबले टाटा मोटर्सले महिन्द्रा र हुन्डाईलाई उछिनेको हो ।

वाहनको तथ्याङ्क अनुसार, टाटाले ७४ हजार ७०५ युनिट कार बिक्री गरेको छ । जुन सेप्टेम्वर महिनामा बिक्री भएको ४१ हजार १५१ युनिटको तुलनामा ८१ प्रतिशतले बढि हो । मारुती सुजुकीले सर्बाधिक बिक्री हुने कार ब्रान्डका रुपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

फेडरेशन अफ अटोमोबाइल डिलर्स एसोसिएसनका अनुसार, टाटाले अगस्टमा ३८ हजार २८६ र सेप्टेम्बरमा ४१ हजार १५१ युनिट कार बिक्री गरेको थियो ।

सोहि महिनामा ६६ हजार ८०० युनिट बिक्री भएको महिन्द्रा तेस्रो स्थानमा झरेको छ । अघिल्लो महिना महिन्द्राले ३७ हजार ६५१ युनिट कार बिक्री गरेको थियो । दोस्रो स्थानमा रहेको हुन्डाईले अक्टोबरमा ६५ हजार ०४५ युनिट कार बिक्री गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ८१ प्रतिशतले बढि हो ।

सम्बन्धित समाचारहरू

टियागो ईभी किन्नेलाई नबिल बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने

टियागो ईभी किन्नेलाई नबिल बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने

काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र नबिल बैंक...

मार्केट क्यापको आधारमा भारतको सबैभन्दा ठूलो कार निर्माता बन्यो टाटा मोटर्स

मार्केट क्यापको आधारमा भारतको सबैभन्दा ठूलो कार निर्माता बन्यो टाटा मोटर्स

टाटा मोटर्स बजार पुँजीकरणको हिसाबले भारतको सबैभन्दा ठूलो कार निर्माता...

टाटा मोटर्स र स्टेलान्टिसको २० वर्षे सहकार्य, भविष्यका लागि नयाँ सम्झौतासहित थप विस्तार

टाटा मोटर्स र स्टेलान्टिसको २० वर्षे सहकार्य, भविष्यका लागि नयाँ सम्झौतासहित थप विस्तार

टाटा मोटर्स प्यासेन्जर भेइकल र स्टेलान्टिसले आफ्नो २० वर्ष लामो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...