यस्तो छ टाटा अभिन्या इलेक्ट्रिक कन्सेप्ट, २०२५ मा बजारमा आउने

टाटा मोटर्सले गत वर्ष सार्वजनिक गरेको टाटा अभिन्या इलेक्ट्रिक कन्सेप्ट सार्वजनिक गरेको थियो । सो कन्सेप्ट कम्पनीको नयाँ ईभी प्लेटफर्म ‘बर्न इलेक्ट्रि’ मा तयार गरिने छ । सो कार दुई वा तीन पंक्ति सिटिङ विकल्पका साथ उपलब्ध हुनेछ ।

टाटा मोटर्सले यही प्लेटफर्म अन्तर्राष्ट्रिय रुपमा तयार गर्नेछ । सो प्लेटफर्ममा बन्ने कार आगामी २०२५ मा सोरुमहरुमा आइपुग्ने अनुमान गरिएको छ । भविष्यमा बजारमा आउने कार मानिने टाटा अभिन्याले टाटा मोटर्सको बजार भविष्यलाई एक कदम अगाडि बढाउने बताइएको छ ।

टाटा मोटर्सको अभिन्या इलेक्ट्रिक कन्सेप्टको प्लेटफर्म औडीको अर्बनस्फेयर जस्तो लाग्छ । एसयूभी र एमपीभी दुवैसँग मिल्ने यसको बडी स्टाइल बाहिरबाट हेर्दा क्रसओभर एसयूभी जस्तो पनि देखिन्छ ।

यसका साथमा टाटा मोटर्सले नयाँ ब्रान्ड लोगो समेत प्रयोग गर्ने अनुमान गर्न सकिन्छ । यसका साथमा कम्पनीले नयाँ लोगोको पनि खुलासा गरेको छ ।

यसको फ्रन्ट र रियर दुवैमा बडीको लम्बाईसँगै एलईडी लाइट स्ट्रिप दिइएको छ । त्यसैगरी यसमा ठूलो अलोय ह्विल र युनिक बटरफ्लाई डोर छ । यसले फुल चार्जमा ५ सय किलोमिटर भन्दा बढी रेन्ज दिने दाबी गरिएको छ । त्यसैगरी यसले अल्ट्रा–फास्ट चार्जिङ प्रयोग गर्ने र ३० मिनेट भन्दा कम समयमै फुल चार्ज हुने बताइएको छ ।

टाटा मोटर्सले पहिले नै नेक्सन ईभी र टिगोर ईभी बजारमा ल्याइसकेको छ भने कर्भ ईभी कन्सेप्ट सार्वजनिक गरेको छ । आगामी दिनमा इलेक्ट्रिक बजारमा नयाँ उत्पादनका साथ आक्रामक रुपमा प्रवेश गर्ने टाटा मोटर्सको योजना भएको देखिन्छ ।

सम्बन्धित समाचारहरू

लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने 

लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने 

काठमाडौं – रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा...

बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

दिपल प्रि–बजेट प्राइसमा, सेरेसमा नाडा अफर र नामी ईभी किन्दा ७ किलोवाटको...

हरितालिका तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको स्किम : १४ गते १४ हजार छुट

हरितालिका तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको स्किम : १४ गते १४ हजार छुट

काठमाडौं – नेपालमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...