यस्तो छ टाटा अभिन्या इलेक्ट्रिक कन्सेप्ट, २०२५ मा बजारमा आउने

टाटा मोटर्सले गत वर्ष सार्वजनिक गरेको टाटा अभिन्या इलेक्ट्रिक कन्सेप्ट सार्वजनिक गरेको थियो । सो कन्सेप्ट कम्पनीको नयाँ ईभी प्लेटफर्म ‘बर्न इलेक्ट्रि’ मा तयार गरिने छ । सो कार दुई वा तीन पंक्ति सिटिङ विकल्पका साथ उपलब्ध हुनेछ ।

टाटा मोटर्सले यही प्लेटफर्म अन्तर्राष्ट्रिय रुपमा तयार गर्नेछ । सो प्लेटफर्ममा बन्ने कार आगामी २०२५ मा सोरुमहरुमा आइपुग्ने अनुमान गरिएको छ । भविष्यमा बजारमा आउने कार मानिने टाटा अभिन्याले टाटा मोटर्सको बजार भविष्यलाई एक कदम अगाडि बढाउने बताइएको छ ।

टाटा मोटर्सको अभिन्या इलेक्ट्रिक कन्सेप्टको प्लेटफर्म औडीको अर्बनस्फेयर जस्तो लाग्छ । एसयूभी र एमपीभी दुवैसँग मिल्ने यसको बडी स्टाइल बाहिरबाट हेर्दा क्रसओभर एसयूभी जस्तो पनि देखिन्छ ।

यसका साथमा टाटा मोटर्सले नयाँ ब्रान्ड लोगो समेत प्रयोग गर्ने अनुमान गर्न सकिन्छ । यसका साथमा कम्पनीले नयाँ लोगोको पनि खुलासा गरेको छ ।

यसको फ्रन्ट र रियर दुवैमा बडीको लम्बाईसँगै एलईडी लाइट स्ट्रिप दिइएको छ । त्यसैगरी यसमा ठूलो अलोय ह्विल र युनिक बटरफ्लाई डोर छ । यसले फुल चार्जमा ५ सय किलोमिटर भन्दा बढी रेन्ज दिने दाबी गरिएको छ । त्यसैगरी यसले अल्ट्रा–फास्ट चार्जिङ प्रयोग गर्ने र ३० मिनेट भन्दा कम समयमै फुल चार्ज हुने बताइएको छ ।

टाटा मोटर्सले पहिले नै नेक्सन ईभी र टिगोर ईभी बजारमा ल्याइसकेको छ भने कर्भ ईभी कन्सेप्ट सार्वजनिक गरेको छ । आगामी दिनमा इलेक्ट्रिक बजारमा नयाँ उत्पादनका साथ आक्रामक रुपमा प्रवेश गर्ने टाटा मोटर्सको योजना भएको देखिन्छ ।

सम्बन्धित समाचारहरू

मंगलबार नेपालमा टाटा नेक्सन ईभी लङ रेन्ज सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

मंगलबार नेपालमा टाटा नेक्सन ईभी लङ रेन्ज सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

नयाँ अपडेट र पावरट्रेनसहित बजाजको इलेक्ट्रिक स्कुटर चेतक लन्च

नयाँ अपडेट र पावरट्रेनसहित बजाजको इलेक्ट्रिक स्कुटर चेतक लन्च

बजाज अटोले अपडेटेड नयाँ इलेक्ट्रिक स्कुटर चेतक लन्च गरेको छ । कम्पनीले...

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

काठमाडौं – यो वर्षको नाडा अटो शो आगामी भदौ ११ देखि १६ गते (अगस्त २७ देखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...