टाटाले २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, अल्ट्रोज पनि ईभीमा आउने

टाटा मोटर्सले टाटा नेक्सन ईभी, टियागो ईभी, टिगोर ईभी र पन्च ईची लन्च गरिसकेको छ । टाटा मोटर्सले आउँदो सन् २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ । कम्पनीले यसको लागि तयारी पनि गरिसकेको छ र अर्को वर्ष नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ ।

टाटा मोटर्सले २०२५ मा नयाँ इलेक्ट्रिक कार टाटा अल्ट्रोज एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ । सो मोडल २०२० को अटो एक्सपोमा सार्वजनिक गरेको थियो । कम्पनीले यो मोडल सन् २०२५ मा लन्च गर्ने सक्ने अनुमान गरिएको छ ।

रिपोर्टका अनुसार कम्पनीले आफ्नो नयाँ ईभीको डिजाइन, इन्जिन र फिचर टाटा पन्च ईभीसँग साझा गर्नेछ । साथै यसको मूल्य पनि पन्च ईभी भन्दा धेरै फरक नहुने जानकारी दिएको छ ।

मारुती सुजुकी र हुन्डाई जस्ता कम्पनीले ह्याचब्याक सेगमेन्टमा इलेक्ट्रिक मोडल लन्च गर्ने कुनै योजना अझै खुलाएका छैनन् । तर यदि टाटाको सो नयाँ इलेक्ट्रिक एसयूभी २०२५ मा लन्च भयो भने यो यसको सेग्मेन्टमा एक मात्र इलेक्ट्रिक प्रिमियम ह्याचब्याक हुनेछ ।

रिपोर्टका अनुसार टाटा अल्ट्रोज ईभीको रेन्ज ३१५ देखि ३५० किलोमिटरको हुनेछ । यसको मूल्य ११ लाख देखि १५ लाख भारु हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

ग्राहकले पाउन थाले सी१० एसयूभी

ग्राहकले पाउन थाले सी१० एसयूभी

काठमाडौं– साङ्ग्रिला मोटर्सले सी१० एसयूभी ग्राहकलाई दिन शुरु गरेको छ ।...

फागुनमा भित्रिए १८९ युनिट विद्युतीय सवारी साधन, १५.५३ करोड भन्सार शुल्क संकलन

फागुनमा भित्रिए १८९ युनिट विद्युतीय सवारी साधन, १५.५३ करोड भन्सार शुल्क संकलन

काठमाडौं – चालु आर्थिक वर्षको फागुन महिनामा नेपालमा १८९ युनिट विद्युतीय...

२०२२ मा १ लाख ५० हजार इलेक्ट्रिक स्कुटर बेच्यो ओलाले, यस्तो छ कम्पनीको भविष्यको योजना

२०२२ मा १ लाख ५० हजार इलेक्ट्रिक स्कुटर बेच्यो ओलाले, यस्तो छ कम्पनीको भविष्यको योजना

भारतमा ओला इलेक्ट्रिकले अगस्ट २०२१ मा एस१ र एस१ प्रो इलेक्ट्रिक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...