टाटा पन्चको नयाँ फिचर खुलासा : यस्तो आकर्षक हुनेछ फिचर
टाटा पन्च अक्टोबर ४ मा लन्च हुने भएको छ । लन्चिङ भन्दा पहिला नै टाटा पन्च...
टाटा अल्ट्रोज रेसर भारतको सबैभन्दा छिटो ह्याचब्याक कार बनेको छ । यो उपलब्धि हासिल गर्न कारले कोस्ट रेसिङ ट्रयाकमा २:२१:७४ मिनेटमा ल्याप पूरा गरी इन्डिया बुक अफ रेकर्डमा आफ्नो नाम दर्ता गराएको छ । उक्त ल्यापमा अल्ट्रोज रेसरले हुन्डाईको आई२० इनलाइन र मारुती सुजुकी फ्रन्टलाई पछाडि पारेको छ ।
यो परीक्षण ५ जुन २०२४ मा गरिएको थियो । टाटा अल्ट्रोजले प्रिमियम ह्याचब्याक अल्ट्रोजको स्पोर्टी संस्करणको रेसर ९ लाख ४९ हजार भारुमा लन्च गरेको थियो । यसमा भेन्टिलेटेड सिटसहितको पहिलो भारतीय ह्याचब्याक, ३६०-डिग्री क्यामेरा भएको पहिलो कार र ५ स्टार क्र्यास रेटिङ प्राप्त गर्ने भारतको एक मात्र स्पोर्टी ह्याचब्याक समावेश छ।
अल्ट्रोजमा ११० एचपी पावरको १.२ लिटर रेभोट्रोन टर्बो पेट्रोल इन्जिन र १.२ लिटर टर्बो पेट्रोल इन्जिन समावेश छ, जसले १० एचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्छ । नियमित अल्ट्रोजको तुलनामा स्पोर्टी भर्सनमा ६ स्पिड म्यानुअल गियरबक्स र ७ स्पिड ड्युअल क्लच अटोमेटिक ट्रान्समिसनको विकल्प उपलब्ध छ । टाटा अल्ट्रोजको एक्सटेरियरलाई स्पोर्टी अनुभूति दिनको लागि नियमित अल्ट्रोज भन्दा धेरै स्टाइलिङ एलिमेन्ट दिइएको छ।
अल्ट्रोज रेसरमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल समावेश छ । अल्ट्रोज रेसरको क्याबिनमा स्पोर्टी इन्टेरियर डिजाइन दिइएको छ । यसमा १०.२५ इन्चको टचस्क्रिन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, नयाँ ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, भेन्टिलेटेड फ्रन्ट सिट, हेड्स अप डिस्प्ले, भ्वाइस कमाण्ड सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल र वायरलेस फोन चार्जिङ जस्ता फिचर समावेश छ ।
सेफ्टीका लागि यसमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल, पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम, चाइल्ड आईसोफिक्स एङकर सिट, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल र सबैका लागि सिट बेल्ट रहेको छ ।
टाटा पन्च अक्टोबर ४ मा लन्च हुने भएको छ । लन्चिङ भन्दा पहिला नै टाटा पन्च...
टाटा मोटर्सले चाँडै नै टाटा टिगोर ईभीको रिभाइज्ड इलेक्ट्रिक भेरिएन्ट टाटा...
एसयूभी कारको लोकप्रियता लगातार बढिरहेको छ । जसका कारण कार निर्माताहरूले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...