टाटा कर्भ ईभीको रेन्ज र ब्याट्री प्याक विवरण सार्वजनिक, १० मिनेट चार्ज गर्दा १०० किमी चल्ने
टाटा मोटर्सले हालै इलेक्ट्रिक एसयूभी कर्भ लन्च गरेको छ, जसको मूल्य ७...
टाटा अल्ट्रोज रेसर भारतको सबैभन्दा छिटो ह्याचब्याक कार बनेको छ । यो उपलब्धि हासिल गर्न कारले कोस्ट रेसिङ ट्रयाकमा २:२१:७४ मिनेटमा ल्याप पूरा गरी इन्डिया बुक अफ रेकर्डमा आफ्नो नाम दर्ता गराएको छ । उक्त ल्यापमा अल्ट्रोज रेसरले हुन्डाईको आई२० इनलाइन र मारुती सुजुकी फ्रन्टलाई पछाडि पारेको छ ।
यो परीक्षण ५ जुन २०२४ मा गरिएको थियो । टाटा अल्ट्रोजले प्रिमियम ह्याचब्याक अल्ट्रोजको स्पोर्टी संस्करणको रेसर ९ लाख ४९ हजार भारुमा लन्च गरेको थियो । यसमा भेन्टिलेटेड सिटसहितको पहिलो भारतीय ह्याचब्याक, ३६०-डिग्री क्यामेरा भएको पहिलो कार र ५ स्टार क्र्यास रेटिङ प्राप्त गर्ने भारतको एक मात्र स्पोर्टी ह्याचब्याक समावेश छ।
अल्ट्रोजमा ११० एचपी पावरको १.२ लिटर रेभोट्रोन टर्बो पेट्रोल इन्जिन र १.२ लिटर टर्बो पेट्रोल इन्जिन समावेश छ, जसले १० एचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्छ । नियमित अल्ट्रोजको तुलनामा स्पोर्टी भर्सनमा ६ स्पिड म्यानुअल गियरबक्स र ७ स्पिड ड्युअल क्लच अटोमेटिक ट्रान्समिसनको विकल्प उपलब्ध छ । टाटा अल्ट्रोजको एक्सटेरियरलाई स्पोर्टी अनुभूति दिनको लागि नियमित अल्ट्रोज भन्दा धेरै स्टाइलिङ एलिमेन्ट दिइएको छ।
अल्ट्रोज रेसरमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल समावेश छ । अल्ट्रोज रेसरको क्याबिनमा स्पोर्टी इन्टेरियर डिजाइन दिइएको छ । यसमा १०.२५ इन्चको टचस्क्रिन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, नयाँ ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, भेन्टिलेटेड फ्रन्ट सिट, हेड्स अप डिस्प्ले, भ्वाइस कमाण्ड सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल र वायरलेस फोन चार्जिङ जस्ता फिचर समावेश छ ।
सेफ्टीका लागि यसमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल, पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम, चाइल्ड आईसोफिक्स एङकर सिट, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल र सबैका लागि सिट बेल्ट रहेको छ ।
टाटा मोटर्सले हालै इलेक्ट्रिक एसयूभी कर्भ लन्च गरेको छ, जसको मूल्य ७...
राजनबाबु श्रेष्ठ सिप्रदी कम्पनिजका सीईओ हुन् । नेपालमा टाटा गाडीको...
टाटा मोटर्सले आफ्नो विद्युतीय पोर्टफोलियोबाट नयाँ इलेक्ट्रिक मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...