स्टाइलिस लुक्स र उन्नत सुविधासहित टाटा अल्ट्रोज फेसलिफ्ट लन्च

टाटा मोटर्सले भारतमा आफ्नो लोकप्रिय ह्याचब्याक अल्ट्रोजको नयाँ फेसलिफ्ट संस्करण लन्च गरेको छ। पुरानो मोडलको तुलनामा नयाँ अल्ट्रोजले आकर्षक डिजाइन, अत्याधुनिक फिचर, प्रिमियम इन्टेरियर तथा नयाँ ५-स्पिड अटोमेटिक ट्रान्समिसनमार्फत उल्लेखनीय सुधार ल्याएको छ। कम्पनीले यसको बुकिङ २०२५ जुन २ तारिखदेखि सुरु हुने जानकारी दिएको छ।

नयाँ अल्ट्रोजमा १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल र सीएनजी, १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन उपलब्ध छ । अल्ट्रोज यस सेगमेन्टमा उपलब्ध पहिलो डिजेल ह्याचब्याक हो जसले २०० एनएम टर्क उत्पादन गर्न सक्छ। सीएनजी संस्करणमा डाइरेक्ट स्टार्ट सुविधा पनि दिइएको छ, जसले प्रयोगकर्तालाई अझै सहजता प्रदान गर्नेछ ।

नयाँ अल्ट्रोज कुल १० भेरिएन्टमा उपलब्ध हुनेछ, जसमा स्मार्ट, प्योर, क्रिएटिभ र एक्म्प्लिश्ड ट्रिम समावेश छ । यसमा ३ इन्जिन विकल्प– पेट्रोल, डिजेल र सीएनजी उपलब्ध छ, जसमा ५-स्पिड म्यानुअल, ६-स्पिड ड्युल क्लच अटोमेटिक र हालै थपिएको ५-स्पिड अटोमेटिक ट्रान्समिसन पनि समावेश गरिएको छ। यो संस्करणले प्रिमियम ह्याचब्याक खण्डमा प्रतिस्पर्धालाई थप कडा बनाउने अपेक्षा गरिएको छ।

बाह्य डिजाइनको कुरा गर्दा, अल्ट्रोजमा नयाँ थ्रीडी फ्रन्ट ग्रिल, पुनः डिजाइन गरिएको हेडल्याम्प र टेलल्याम्प, इन्फिनिटी एलईडी कनेक्टेड रियर बार, नयाँ एलईडी लाइट तथा आधुनिक अलोय ह्विल जडान गरिएको छ। फ्लस डोर ह्यान्डलले यसलाई थप प्रिमियम बनाएको छ। सेगमेन्टमै पहिलोपटक ९०-डिग्री ग्रान्ड इन्ट्री डोरको सुविधा दिइएको छ, जसले चढ्न ओर्लन सजिलो बनाउँछ। यसको पेट्रोल र डिजेल संस्करणमा ३४५ लिटरको बुट स्पेस दिइएको छ भने सीएनजी भेरिएन्टमा पनि पर्याप्त २१० लिटर बुट स्पेस उपलब्ध छ। नयाँ अल्ट्रोज पाँच आकर्षक रङ विकल्पमा उपलब्ध हुनेछ।

यसको इन्टेरियरमा ग्रान्ड प्रेस्टिजिया ड्यासबोर्ड डिजाइन, पर्याप्त हेडरूम र हिपरूमले सवारी अनुभवलाई अझै आरामदायी बनाउनेछ । यसमा अल्ट्रा भ्यु डिजिटल ककपिट, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इन-बिल्ट म्याप सहितको डिजिटल ड्राइभर डिस्प्ले र ब्लाइन्ड भ्यु मनिटर जस्ता अत्याधुनिक प्रविधिहरू छन्। यसबाहेक ३६० डिग्री एचडी सराउन्ड भ्यु क्यामेरा, ग्यालेक्सी एम्बियन्ट लाइटिङ, वायरलेस चार्जर, एयर प्युरिफायर, भ्वाइस असिस्टेन्स, सनरुफ, ६ वटा एयरब्याग, ६५ वाटको फास्ट चार्जिङ सुविधा, एक्सप्रेस कुलिङ र आईआरए कनेक्टेड कार टेक्नोलोजी जस्ता फिचरले यसलाई आधुनिक बनाएको छ ।

सम्बन्धित समाचारहरू

सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

प्रयोगमा आइसकेका पुराना गाडीको कारोबारमा पछिल्लो समय आयातकर्ता कम्पनीले...

टाटा गाडी किन्नेका लागि आयो विभिन्न अफर सहितको कलरफुल एक्सचेन्ज

टाटा गाडी किन्नेका लागि आयो विभिन्न अफर सहितको कलरफुल एक्सचेन्ज

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले...

ब्याट्री, रेन्ज, फिचर र मूल्यको हिसाबले महिन्द्रा बीई ६ र टाटा कर्भ ईभीमा कुन उत्कृष्ट

ब्याट्री, रेन्ज, फिचर र मूल्यको हिसाबले महिन्द्रा बीई ६ र टाटा कर्भ ईभीमा कुन उत्कृष्ट

इलेक्ट्रिक एसयूभीको माग लगातार बढिरहेको छ । हालै महिन्द्राले बीई६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...