टाटा अल्ट्रोज फेसलिफ्ट सार्वजनिक, नयाँ डिजाइन र इन्जिन विकल्पसहित मे २१ मा लन्च हुने

टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक कार टाटा अल्ट्रोजको फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ। कम्पनीले यसलाई नयाँ डिजाइन र उन्नत सुविधासहित मे २१ मा लन्च गर्ने तयारी गरेको हो। यो भारतको पहिलो ह्याचब्याक कार हुनेछ जसमा फ्लस डोर ह्यान्डलको सुविधा उपलब्ध हुनेछ।

यो अल्ट्रोजको पहिलो फेसलिफ्ट अपडेट मोडल हो। टाटाले यसमा भित्री तथा बाहिरी डिजाइनमा व्यापक परिवर्तन गरेको छ साथै केही अत्याधुनिक सुविधा पनि थपेको छ। नयाँ अल्ट्रोज स्मार्ट, प्योर, क्रिएटिभ, एक्म्प्लिश्ड एस र एक्म्प्लिश्ड+ एस गरी ५ भेरिएन्टमा उपलब्ध हुनेछ ।

नयाँ टाटा अल्ट्रोजमा २६.०३ सेन्टिमिटरको एचडी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, अडियोवक्स म्युजिक मोड, क्रुज कन्ट्रोल, एयर प्युरिफायर, डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस स्मार्टफोन चार्जर, एक्सप्रेस कुल, रियर एसी भेन्ट र हाइट एडजस्टेबल ड्राइभर सिट जस्ता सुविधा समावेश गरिएको छ।

यसमा १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ, जसले ८८ एचपी पावर र ११५ एनएम टर्क उत्पादन गर्छ। सो इन्जिन ५ स्पिड म्यानुअल ट्रान्समिसन र ६ स्पिड ड्युअल क्लच ट्रान्समिसनमा उपलब्ध हुनेछ। अर्को विकल्पका रूपमा १.२ लिटर टर्बो-पेट्रोल इन्जिन दिइएको छ, जसले १२० एचपी पावर र १७० एनएम टर्क दिन्छ। यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन दिइनेछ।

त्यस्तै, डिजेलमा १.५ लिटर डिजेल इन्जिन पनि प्रस्ताव गरिएको छ, जसले ९० एचपी पावर र २०० एनएम टर्क उत्पन्न गर्नेछ। सो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससहित उपलब्ध हुनेछ। साथै १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल सीएनजी इन्जिन पनि ल्याइएको छ, जसको पावर ७३.५ एचपी र टर्क १०३ एनएम हुनेछ। सो इन्जिन ५ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ।

सेफ्टीका लागि नयाँ अल्ट्रोजमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र भ्वाइस-असिस्टेड सिंगल-पेन सनरुफ जस्ता सुविधा समावेश छ । नयाँ फेसलिफ्ट अल्ट्रोजको मूल्य हालको मोडलभन्दा थोरै महंगो हुने अनुमान गरिएको छ। सो कारले बजारमा मारुती सुजुकी बलेनो, टोयोटा ग्लान्जा र हुन्डाई आई२० सँग प्रतिस्पर्धा गर्नेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...