टाटा एस अब इलेक्ट्रिक भर्सनमा : १५४ किमी रेन्जमा आयो एस ईभी

टाटा मोटर्सले कमर्सियल भेइकलको रुपमा बजारमा उपलब्ध गराएको १७ वर्ष पश्चात टाटा एसलाई अब इलेक्ट्रिक भर्सनमा सार्वजनिक गरेको छ । टाटा मोटर्सले निकै नै सफल मानिएको यो ‘छोटा हाथी’ यो सेगमेन्टको बेस्ट सेलर भएको बताइन्छ ।

टाटा मोटर्सले यसमा पहिलो पटक इभोजेन पावरट्रेनको प्रयोग गरेको छ, जसले १५४ किलोमिटरको रेन्ज प्रदान गर्ने बताइएको छ । यसमा भएको २१.३ किलोवाट आवरको ब्याट्री प्याकले ३६ बीएचपी पावर र १३० एनएमको टर्क जेनेरेट गर्छ । टाटा मोटर्सका अनुसार यसको ड्राइभिङ रेन्ज बढाउनका लागि उन्नत ब्याट्री कुलिङ सिस्टम र रिजेनेरेटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध छ ।

हाल उपलब्ध ग्यासोलिन पावर भर्सनसँगको एस ईभी समेत निकै नै मिल्दोजुल्दो छ । यद्यपि यसलाई फरक देखाउनका लागि आफ्नै ईभी ब्रान्डिङ गरिएको छ । ठूलो र बोल्ड अक्षरमा ‘एस ईभी’ को ब्रान्डिङ गरिएको छ ।

इन्टेरियरमा ब्लुटुथ कनेक्टिभिटी सहितको ७ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ । सेन्टर ड्यासमा इन्टरटेनमेन्ट सिस्टमसँगै इन्स्ट्रयुमेन्ट क्लस्टर छ । यसमा ब्याकअप क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम र अन्य विभिन्न फिचर छन् ।

अल इलेक्ट्रिक भर्सनमा उपलब्ध टाटा एसको मूल्य सार्वजनिक नगरिए पनि यसको मूल्य ४ लाख साढे ५ लाख भारु सम्म हुने अनुमान गरिएको छ । नेपाली बजारमा समेत निकै नै लोकप्रिय मानिने सानो पिकअप ट्रक टाटा एसको इलेक्ट्रिक भर्सन आगामी दिनमा समेत लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

टाटाका विद्युतीय कार किन्न नविल बैंकले ८० प्रतिशत सम्म ऋण दिने

टाटाका विद्युतीय कार किन्न नविल बैंकले ८० प्रतिशत सम्म ऋण दिने

काठमाडौं – टाटा मोटर्सका विभिन्न विद्युतीय कार किन्नका लागि नविल बैंकले...

इलेक्ट्रिक अवतारमा आउँदै टाटा ह्यारियर, ५०० किलोमिटरको रेन्ज दिने दाबी

इलेक्ट्रिक अवतारमा आउँदै टाटा ह्यारियर, ५०० किलोमिटरको रेन्ज दिने दाबी

टाटाले जुन ३ मा टाटा ह्यारियरको इलेक्ट्रिक अवतार लन्च गर्ने तयारी...

टाटा कर्भ ईभीको रेन्ज र ब्याट्री प्याक विवरण सार्वजनिक, १० मिनेट चार्ज गर्दा १०० किमी चल्ने

टाटा कर्भ ईभीको रेन्ज र ब्याट्री प्याक विवरण सार्वजनिक, १० मिनेट चार्ज गर्दा १०० किमी चल्ने

टाटा मोटर्सले हालै इलेक्ट्रिक एसयूभी कर्भ लन्च गरेको छ, जसको मूल्य ७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...