सामान ढुवानीका लागि उपयुक्त टाटा एस ईभीका दुई नयाँ भेरिएन्ट नेपालमा

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एस ईभीका दुई नयाँ भेरिएन्ट एस ईभी क्लब र एस ईभी फ्ल्याट बेड सार्वजनिक गरेको छ । टाटा एस ईभी कन्टेनर भेरिएन्टको उल्लेखनीय सफलता, बढ्दो माग, बजारको प्रवृति र थप ग्राहकका विविध आवश्यकताहरू पूरा गर्न यी नयाँ मोडलहरू तयार पारिएको कम्पनीको भनाइ छ ।

सो अवसरमा टाटा मोटर्स, कमर्सियल भेइकलका इन्टरनेसनल बिजनेस हेड अनुराग मेहरोत्राले सन् २०२३ मा लन्च भए देखि नै एस ईभीले भरपर्दो र प्रभावकारी समाधान प्रदान गरेको बताउँदै यसले व्यवसायीहरुलाई देशव्यापी रुपमा सशक्त बनाएको बताए । एस ईभी क्लब र एस ईभी फ्ल्याट बेडले एस परिवारलाई थप विस्तार गर्दै ग्राहकहरुको कार्य अनुरुप परिमार्जनको विकल्प प्रदान गर्ने बताए । उनले नेपालमा शून्य उत्सर्जन सामान ढुवानीलाई सशक्त पार्ने कम्पनीको यात्रामा यो विस्तारले अर्थपूर्ण प्रगतिको संकेत गर्नुका साथै सिप्रदी ट्रेडिङ्गको बलियो बिक्री र सेवा विशेषज्ञताले टाटा मोटर्सलाई नेपालको व्यावसायिक सवारी उद्योगमा नयाँ बेन्चमार्क कायम राख्न मद्दत गर्ने बताए ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले थप्दै भने, “टाटा मोटर्ससँगको सहकार्यमा एस ईभी क्लब र एस ईभी फ्ल्याट बेड हाम्रा आदरणीय ग्राहकहरू माझ प्रस्तुत गर्न पाउँदा हामी धेरै खुसी छौं । सिप्रदीमा हाम्रो प्रतिबद्धता बिक्री मात्र नभई, नेपालमा इलेक्ट्रिक गाडीको प्रभावकारी सञ्चालनको लागि पूर्ण ‘इकोसिस्टम’ विकास गर्नेछ । यसको लागि कम्पनीले उत्कृष्ट सेवा प्रदान गर्नुका साथै घरमै चार्जिङ गर्ने पूर्वाधार प्रदान गरेर थप सुविधा दिएको छ । साथै अब अफरोड सवारीलाई सहज र सरल पार्न आपतकालीन उद्धार भ्यान सेवा पनि प्रदान गर्नेछ । यी दुई नयाँ गाडीले सफा, दिगो र हरित नेपाल बनाउन ठूलो योगदान पुर्‍याउनेमा हामी विश्वस्त छौँ।”

सेप्टेम्बर २०२३ मा लन्च गरिएको एस ईभीको अपार सफलताका साथ लोकप्रिय बन्दै बिक्री भइरहेको छ । पहिलो ६ महिना काठमाडौंमा मात्रै व्यापक परीक्षण गरिएको एस ईभीका विभिन्न मोडलहरू अहिले पोखरा, इटहरी, नारायणघाट र बुटवलमा उपलब्ध छन्। हाल, एस ईभी कन्टेनरको मूल्य २२ लाख ९९ हजार, एस ईभी क्लबको मूल्य २२ लाख ७९ हजार र एस ईभी फ्ल्याट बेडको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यी नयाँ सवारी साधनले लास्ट माइल डेलिभरीको मुख्य आवश्यकतालाई सम्बोधन गर्ने कम्पनीको अपेक्षा छ । सेवाका लागि चौबिसै घण्टा एस ईभीका विशेषज्ञ सहितको टोली सधै प्रतिबद्ध रहने पनि कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

मोबाइल जस्तो सजिलो छैन विद्युतीय सवारी किन्न : यी ८ कुरामा ध्यान दिनु आवश्यक

मोबाइल जस्तो सजिलो छैन विद्युतीय सवारी किन्न : यी ८ कुरामा ध्यान दिनु आवश्यक

मोबाइल किन्नुजस्तो सजिलो हुँदैन सवारी साधन किन्न । अटोमोबाइल अन्तर्गत अझ...

लीपमोटर सी–१० अब भैरहवा र बुटवलमा पनि, पाँचवटा गाडी ग्राहकलाई हस्तान्तरण

लीपमोटर सी–१० अब भैरहवा र बुटवलमा पनि, पाँचवटा गाडी ग्राहकलाई हस्तान्तरण

लिप मोटरले हालै नेपाल ल्याएको नयाँ बिद्युतिय कार सी–१० को बिक्री भैरहवा र...

ओकिनावा स्कुटरमा आगालागी हुँदा सोरुम जलेर नष्ट, सुरक्षालाई लिएर बढ्यो चिन्ता

ओकिनावा स्कुटरमा आगालागी हुँदा सोरुम जलेर नष्ट, सुरक्षालाई लिएर बढ्यो चिन्ता

भारतमा इलेक्ट्रिक स्कुटरमा आगालागी हुने घटना एकपछि अर्को बढिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...