नानो भन्दा सानो कार ‘माइली’ आउँदै
फ्रान्सेली अटोमोबाइल कम्पनी लिगियरद्वारा डिजाइन गरेको माइली इलेक्ट्रिक...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एस ईभीका दुई नयाँ भेरिएन्ट एस ईभी क्लब र एस ईभी फ्ल्याट बेड सार्वजनिक गरेको छ । टाटा एस ईभी कन्टेनर भेरिएन्टको उल्लेखनीय सफलता, बढ्दो माग, बजारको प्रवृति र थप ग्राहकका विविध आवश्यकताहरू पूरा गर्न यी नयाँ मोडलहरू तयार पारिएको कम्पनीको भनाइ छ ।
सो अवसरमा टाटा मोटर्स, कमर्सियल भेइकलका इन्टरनेसनल बिजनेस हेड अनुराग मेहरोत्राले सन् २०२३ मा लन्च भए देखि नै एस ईभीले भरपर्दो र प्रभावकारी समाधान प्रदान गरेको बताउँदै यसले व्यवसायीहरुलाई देशव्यापी रुपमा सशक्त बनाएको बताए । एस ईभी क्लब र एस ईभी फ्ल्याट बेडले एस परिवारलाई थप विस्तार गर्दै ग्राहकहरुको कार्य अनुरुप परिमार्जनको विकल्प प्रदान गर्ने बताए । उनले नेपालमा शून्य उत्सर्जन सामान ढुवानीलाई सशक्त पार्ने कम्पनीको यात्रामा यो विस्तारले अर्थपूर्ण प्रगतिको संकेत गर्नुका साथै सिप्रदी ट्रेडिङ्गको बलियो बिक्री र सेवा विशेषज्ञताले टाटा मोटर्सलाई नेपालको व्यावसायिक सवारी उद्योगमा नयाँ बेन्चमार्क कायम राख्न मद्दत गर्ने बताए ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले थप्दै भने, “टाटा मोटर्ससँगको सहकार्यमा एस ईभी क्लब र एस ईभी फ्ल्याट बेड हाम्रा आदरणीय ग्राहकहरू माझ प्रस्तुत गर्न पाउँदा हामी धेरै खुसी छौं । सिप्रदीमा हाम्रो प्रतिबद्धता बिक्री मात्र नभई, नेपालमा इलेक्ट्रिक गाडीको प्रभावकारी सञ्चालनको लागि पूर्ण ‘इकोसिस्टम’ विकास गर्नेछ । यसको लागि कम्पनीले उत्कृष्ट सेवा प्रदान गर्नुका साथै घरमै चार्जिङ गर्ने पूर्वाधार प्रदान गरेर थप सुविधा दिएको छ । साथै अब अफरोड सवारीलाई सहज र सरल पार्न आपतकालीन उद्धार भ्यान सेवा पनि प्रदान गर्नेछ । यी दुई नयाँ गाडीले सफा, दिगो र हरित नेपाल बनाउन ठूलो योगदान पुर्याउनेमा हामी विश्वस्त छौँ।”
सेप्टेम्बर २०२३ मा लन्च गरिएको एस ईभीको अपार सफलताका साथ लोकप्रिय बन्दै बिक्री भइरहेको छ । पहिलो ६ महिना काठमाडौंमा मात्रै व्यापक परीक्षण गरिएको एस ईभीका विभिन्न मोडलहरू अहिले पोखरा, इटहरी, नारायणघाट र बुटवलमा उपलब्ध छन्। हाल, एस ईभी कन्टेनरको मूल्य २२ लाख ९९ हजार, एस ईभी क्लबको मूल्य २२ लाख ७९ हजार र एस ईभी फ्ल्याट बेडको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यी नयाँ सवारी साधनले लास्ट माइल डेलिभरीको मुख्य आवश्यकतालाई सम्बोधन गर्ने कम्पनीको अपेक्षा छ । सेवाका लागि चौबिसै घण्टा एस ईभीका विशेषज्ञ सहितको टोली सधै प्रतिबद्ध रहने पनि कम्पनीको भनाइ छ ।
फ्रान्सेली अटोमोबाइल कम्पनी लिगियरद्वारा डिजाइन गरेको माइली इलेक्ट्रिक...
कोरोना महामारी शुरु भएयता नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिंदै...
भोलीदेखी भारतमा अटो एक्सपो २०२३ शुरु हुँदैछ । एक हप्तासम्म चल्ने उक्त...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...