भारतमा टाटा नेक्सन ईभीमा ५ लाख सम्म छुट
टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयुभी नेक्सनमा भारी छुट योजना...
टाटा मोटर्सले आफ्नो ई-कार्गो मोबिलिटी सेगमेन्टमा मिनी ट्रक टाटा एस ईभी १००० लन्च गरेको छ । जीरो कार्बन एमिशन मिनी ट्रकले पन्च एसयूभी जत्तिकै वजन लोड गर्न सक्ने कम्पनीको दाबी छ ।
टाटा एस ईभीमा २१.३ किलोवाटको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ । सो मोटरले २००० आरपीएममा २७ किलोवाट पावर र १३० एनएमको टर्क जेनेरेट गर्न सक्छ । एस ईभीको टप स्पिड ६० किलोमिटर प्रति घन्टा छ । टाटा एस ईभीले फुल चार्जमा १६१ किलोमिटरको दूरी तय गर्न सक्छ।
यसमा जडित ब्याट्रीले होम चार्जिङबाट ७ घन्टामा १० देखि १०० प्रतिशत र फास्ट चार्जिङले १०५ मिनेटमा १० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ । ब्याट्रीमा कम्पनीले ७ वर्षको तथा १ लाख ७५ हजार किलोमिटरको वारेन्टी दिएको छ । एसी इन्डक्शन मोटर र फिक्स्ड सिंगल स्पिड गियरबक्स जडान गरिएको छ । टाटा एस ईभीमा एड्भान्स ब्याट्री कुलिङ सिस्टमका साथै ड्राइभिङ रेन्ज बढाउनको लागि रिजेनरेटिभ ब्रेकिङ सिस्टम पनि जडान गरीएको छ।
टाटा एस ईभी १००० को लम्बाइ १५०० एमएम, उचाई १८४० एमएम, ह्विलबेस २१०० एमएम, ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ । एस ईभीको तौल २१२० किलोग्राम छ ।
टाटा एस ईभीमा इभोजेन पावरट्रेन जडान गरिएको छ, जसले चालकलाई उत्कृष्ट ड्राइभिङ अनुभव दिन्छ। एस ईभीमा कम्पनीले ७ वर्षको ब्याट्री वारेन्टी र ५ वर्षको गाडी मर्मतसम्भारको पूर्ण प्याकेज पनि उपलब्ध छ। यो गाडी सबै मौसममा सुरक्षित रूपमा चलाउन सकिन्छ।
टाटा एस ईभी, ग्राहकहरुको प्रतिक्रिया र आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको हो। सो नयाँ भेरिएन्टले एफएमसीजी, बेभरेज, पेन्ट र लुब्रिकेन्ट्स, एलपीजी र डेयरी जस्ता धेरै क्षेत्रको आवश्यकता पूरा गर्न सक्षम छ।
टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयुभी नेक्सनमा भारी छुट योजना...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपोमा अन्य ब्रान्डका साथै टाटा मोटर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...