टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरमा आयो फेस्टिभल अफर

इटालियन डिजाइन र कन्सेप्टमा निर्मित टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले आजैको मितिबाट लागू हुने गरी प्रि–दशैं तिहार तथा छठ अफर सार्वजनिक गरेको छ ।

टारो ब्रान्डका हाल नेपाली बजारमा तीन भेरिएन्टका मोटरसाइकल र दुई भेरिएन्टका स्कुटर रहेका छन् । आकर्षक लुक्स र फिचरमा उपलब्ध यी ब्रान्डका बाइक तथा स्कुटर प्रतिस्पर्धी मूल्यमै उपलब्ध रहेका कम्पनीको भनाइ छ ।

गत साल कोभिडको दौरान नेपाल भित्रिएको सो ब्रान्डले कोभिड र त्यसपछिको आर्थिक मन्दीको सामना गर्दै यो सेगमेन्ट अन्तर्गतका आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा दिँदै आएको छ । यसै सोच अनुरुप कम्पनीले यस पालिको ंमहान चाडको अवसरमा आफ्ना वाइक तथा स्कुटरमा ‘Rev Up Your Saving With TARO’ नामक अफर सञ्चालनमा ल्याएको बताएको छ ।

यस अन्तर्गत ग्राहकहरुले २० हजार देखि ६० हजार सम्म मोडल हेरी सिधै छुट पाउन सक्नेछन् । साथै फाइनान्स तथा एक्सचेन्ज गरी नयाँ वाइक तथा स्कुटर खरिद गर्न चाहने उपत्यका भित्रका ग्राहकहरुको निमित्त ५ प्रतिशत ब्याजदरमै १८ महिने किस्ताको सुविधाको साथ आफूलाई मन परेको टारो ब्रान्डको बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

सो फाइनान्सिङ अफरलाई सरल तथा सहज बनाउन कम्पनीले उपत्यका भित्रका लागि ‘तपाईंको बजार’ सँग सम्झौता गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

टारो बाइक तथा स्कुटर किन्दा माउन्टेन फ्लाइटको सुविधा, यस्ता छन् अफर र बाइक तथा स्कुटर

टारो बाइक तथा स्कुटर किन्दा माउन्टेन फ्लाइटको सुविधा, यस्ता छन् अफर र बाइक तथा स्कुटर

काठमाडौं – नेपालमा टारो ब्रान्डका मोटरसाइकलको आधिकारिक वितरक ओम मोटोकर्प...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...