टारो बाइक तथा स्कुटर किन्दा माउन्टेन फ्लाइटको सुविधा, यस्ता छन् अफर र बाइक तथा स्कुटर

काठमाडौं – नेपालमा टारो ब्रान्डका मोटरसाइकलको आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले नयाँ वर्ष २०८० लाई लक्ष्यित गर्दै नयाँ अफर ल्याएको छ ।

कम्पनीले ‘टारोसँग अब माउन्टेन फ्लाइट, हरेक टारो बाइक र स्कुटर खरिद गरेर यस वर्ष राइड एन्ड फ्लाई’ नामक अफर ल्याएको छ । सो अफर आज देखि प्रारम्भ भएको छ ।

कम्पनीले नयाँ वर्षको अवसरमा आफ्ना हरेक बाइक तथा स्कुटर खरिदमा माउन्टेन फ्लाइटको सुविधा दिनुका साथै बाइक खरिदमा कम्पनीको तर्फबाट फुल इन्स्योरेन्स र हेल्मेट पाउन सक्ने तथा स्कुटर खरिदमा तेस्रो पक्ष बिमा र हेल्मेट पाइने जनाएको छ ।

हाल कम्पनीले टारो ब्रान्डका जीपी २ २००, जीपी १ २५० र जीपी १ ४०० गरी तीन मोडलका बाइक नेपाली वजारमा बिक्री–वितरण गर्दै आएको छ भने स्कुटरको हकमा १५० सीसीका दुई मोडल इमोला १५० र एलेक्स १ टी९ १५० ईएफआई उपलब्ध गराउँदै आएको छ ।

यी बाइकको मूल्य क्रमशः ५ लाख ५५ हजार, ६ लाख ७० हजार र ९ लाख ५० हजार रुपैयाँ छ भने स्कुटरको मूल्य क्रमशः ३ लाख ५५ हजार र ३ लाख ९५ हजार रुपैयाँ छ ।

टारोको हाल नक्साल, टेकु, धोबिघाट, हेटौंडा, इटहरी र पोखरा गरी ६ ठाउँमा शोरुम रहेको छ ।

सम्बन्धित समाचारहरू

टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरमा आयो फेस्टिभल अफर

टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरमा आयो फेस्टिभल अफर

इटालियन डिजाइन र कन्सेप्टमा निर्मित टारो ब्रान्डका मोटरसाइकल तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...