ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार लन्च हुँदै, चीनमा प्री–सेल सुरु
काठमाडौं–ग्रेट वाल मोटर (जिडब्लुएम) ले आफ्नो नयाँ इलेक्ट्रिक कार ओरा५ को...
आहा सुस्तरी सुस्तरी यो मन फसेछ ।।
नबोली नबोली माया बसेछ ।।
माथीका यी हरफहरु गायक यश कुमारको नयाँ गीत ‘सुस्तरी सुस्तरी’ का हुन्। पछिल्लो समय केही दिन ट्रेन्डिङमा रहेको उक्त गीतको रचनाकार गायक यश कुमार स्वयं हुन् ।
उक्त गीतमा संगित पनि उनले नै भरेका छन् । गीतमा यशलाई अनु चौधरीले गायनमा साथ दिएकी छन् भने एरेन्ज एसके बच्चाले गरेका छन् । आजभन्दा १३ दिन अघि यश कुमार अफिसियल युट्युब च्यानलमार्फत सुस्तरी सुस्तरी बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतको भिडिओमा सडकमा मकै बेचेर गुजारा गरिरहेकी युवती र नगर प्रहरीबिचको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ ।अर्कोतिर फुटपाथ व्यापारी र काठमाडौं महानगरपालिकाबिचको द्वन्द्वलाई पनि झल्काएको छ ।
दर्शकले निकै नै मन पराएको उक्त गीतको भिडियोमा पछिल्लो समय बढ्दै गएको वातावरण प्रदुषणलाई न्युनिकरण गर्नको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छ भनेर सन्देश दिएको छ ।
गीतको भिडियोको बिचमा गायक यश कुमारले टेल्जी कम्पनीको टेल्जी ‘टाइगर’ विद्युतीय स्कुटरलाई निकै नै केन्द्रित गराएर दर्शकको मन तानेका छन् । योमामा ई मोटर्स प्रालिले नेपालमा टेल्जीका ब्रान्ड भित्र्याइरहेको छ ।
यश कुमार टेल्जी स्कुटरमा चढेर भिडियोमा अभिनय गरेकी अनु थापाको घरमा आउँदा थापाले आहा कति राम्रो स्कुटर ? नयाँ हो ? भनेर प्रश्न गरछिन् । त्यै प्रश्नमा यश कुमारले इलेक्ट्रिक हो राम्रो पनि छ । भनेर उत्तर दिन्छन् । यश कुमारले थप्छन्, ‘अब हामीले मान्छेलाई मात्र होइन् । वातावरणलाई पनि माया मान्रुपर्छ । खर्बौ रुपैयाँ खर्च गरेर पेट्रोलको नाममा प्रदुषण भित्राएका छौँ । यस्तो कुरामा हामी जनताले पनि सरकारलाई सगाउनुपर्छ ।’
भिडियोमा सडकमा व्यापार गर्नेका पीडा, नगरप्रहरीका बाध्यता र वैदेशिक रोजगारीका आयामलाई समेत चित्रण गरिएको छ । जसमा यस कुमार विदेश यात्रामा निस्किएको बेला एरर्पोटबाट फर्किदा समेत उक्त स्कुटरबाट चढेर फर्किएको भिडियोमा देख्न सकिन्छ ।
कम्पनीले टाइगरको मूल्य दुई लाख १७ हजार तोकेको छ । तर कम्पनीका अनुसार चार वर्षको वार्षिकोत्सवको उपल्क्षमा उक्त स्कुटरमा १८ हजारसम्मको छुट पाउन सक्ने छन् । अर्थात् केही समय अवधिको लागि ग्राहकले यो स्कुटर १ लाख ९९ हजारमै खरिद गर्न सक्छन् । २.५ किलोवाटको मोटर र २.३ किलोवाट आवरको ब्याट्री प्याक रहेको टाइगर स्कुटरले एक पटकको फुल चार्जमा १०० कलोमिटरको रेन्ज दिन सक्ने कम्पनीले जनाएको छ ।
फुल चार्ज गर्न ६ देखि ७ घन्टा लाग्ने यो स्कुटरमा एलइडी प्रोजेक्टर हेडलाइट, किलेस स्टार्ट, ट्युबलेस टायर, सेन्सर प्रविधि, एन्टी थेफ्ट प्रविधि, डिस्क ब्रेक, मोटरमा एक वर्ष ग्यारेन्टी, दुई वर्ष निःशुल्क ब्याट्री मर्मत लगायतका सुविधा उपलब्ध गराइएको छ । ५१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्ने यो स्कुटरको तौल १३५ केजी रहेको छ ।
काठमाडौं–ग्रेट वाल मोटर (जिडब्लुएम) ले आफ्नो नयाँ इलेक्ट्रिक कार ओरा५ को...
अमेरिकन अटो निर्माता स्टेलान्टिस र चिनको लिप मोटरले सहकार्य गरी मलेसियामा...
अमेरिकामा दुई ठूला गाडी उत्पादक कम्पनी टेस्ला र फोर्ड बीच इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...