अब नेपालकै सबैभन्दा कम इन्धन खपत गर्ने कार सुजुकी सेलेरियो : सोरुमहरुमा गरियो सार्वजनिक
काठमाडौं – नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक...
सुजुकीले १२५ सीसी सेगमेन्टमा सुजुकी एक्सेस १२५ को फेसलिफ्ट संस्करण लन्च गर्ने तयारी गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले सो स्कुटर हाल परीक्षण गरिरहेको छ ।
परीक्षणको क्रममा देखिएको सो स्कुटर पूरै ढाकिएको थियो। यसको डिजाइनमा धेरै ठुलो परिवर्तन हुने अपेक्षा गरिएको छ । जसका कारण सो स्कुटर पूर्ण रूपमा नयाँ लुक हुन सक्ने अनुमान गरिएको छ ।
जानकारीका अनुसार स्कुटरको डिजाइन र फिचरमा ठुलो परिवर्तन गरिएको छ । तर यसको इन्जिनमा भने कुनै परिवर्तन नहुने अनुमान गरिएको छ । हालको संस्करण जस्तै फेसलिफ्टमा पनि १२५ सीसी सिंगल सिलिन्डर इन्जिन उपलब्ध हुनेछ । तर फेसलिफ्ट संस्करणको इन्जिनलाई थप परिष्कृत गर्नको लागि राम्रोसँग ट्युन गरिएको छ र टर्क बढाइनेछ।
स्कुटर लन्च गर्ने बारे कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर सन् २०२५ को जनवरीमा हुने भारत मोबिलिटीमा यसलाई प्रस्तुत गर्न सकिने अपेक्षा गरिएको छ ।
एक्सेस १२५ सुजुकीले १२५ सीसी स्कुटर सेगमेन्टमा उपलब्ध गराएको छ । सो सेगमेन्टमा यो स्कुटरले होन्डा एक्टिभा १२५, हिरो डेस्टिनी १२५, टीभीएस एनटर्क जस्ता स्कुटरसँग सीधा प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक...
सुजुकीले ठूलो इन्जिन भएको एड्भेन्चर टुरिङ बाइक भारतीय बजारमा ल्याउने...
मारुती सुजुकीको लाइट कमर्सियल भेइकल सुपर क्यारी रिभर्स पार्किङ असिस्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...