आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेस लन्च गर्ने तयारीमा सुजुकी

सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेस लन्च गर्ने भएको छ । सो स्कुटरलाई पहिलोपटक अटो एक्स्पो २०२५ मा सार्वजनिक गरिएको थियो । कम्पनीले यसलाई आफ्नो नयाँ ई-टेक्नोलोजी अन्तर्गत विकास गरेको बताएको छ ।

ई-एक्सेसमा लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसलाई पानी, तापक्रम, झटका, दबाब र पङ्चरजस्ता विभिन्न कठोर परीक्षणमा सफलता मिलेको छ। स्कुटरमा एसडीएमएस-ई ड्राइभिङ सिस्टम छ, जसमा इको मोड, राइड मोड ए, राइड मोड बी र रिभर्स मोड समावेश छ । यसमा रिजेनेरेटिभ ब्रेकिङ सुविधा रहेको छ, जुन बेल्ट-ड्राइभ सिस्टममार्फत पावर पछाडिको पाङ्ग्रामा पठाउँछ।

स्कुटरको डिजाइन एकदमै स्टाइलिस र आधुनिक देखिन्छ। अगाडिको भागमा ठाडो एलईडी डीआरएल र टर्न इन्डिकेटर सहितको एप्रन छ। यसमा ड्युअल टोन कलर स्किम, सिटको कन्ट्रास्ट कलर र ठूलो टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ ।

ई-एक्सेसमा ४.१ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले एक पटकको चार्जमा करिब ९५ किलोमिटरको दूरी तय गर्न सक्छ। यसको अधिकतम गति ७१ किलोमिटर प्रतिघण्टा छ। यसको अगाडि र पछाडिका दुवै पाङ्ग्रा १२ इन्चको छ र डिस्क ब्रेकले सुसज्जित छ ।

सम्बन्धित समाचारहरू

नयाँ वर्ष पश्चात नेपाली बजारमा पहिलो लन्च हुने कार बन्दै सुजुकी सेलेरियो

नयाँ वर्ष पश्चात नेपाली बजारमा पहिलो लन्च हुने कार बन्दै सुजुकी सेलेरियो

काठमाडौं – नेपाली बजारमा सुजुकी सेलेरियो कारको प्रि–बुकिङ प्रारम्भ भएको छ...

नाडा अटो शो २०२५ मा लन्च हुँदै सुजुकी ई–भिटारा, पहिलो तस्बिर र विवरण सार्वजनिक

नाडा अटो शो २०२५ मा लन्च हुँदै सुजुकी ई–भिटारा, पहिलो तस्बिर र विवरण सार्वजनिक

काठमाडौं – सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटाराको स्निक पिक सार्वजनिक...

सुजुकीले वाहिर ल्यायो वर्गम्यान स्ट्रिट इलेक्ट्रिक स्कुटरको प्याटेन्ट डिजाइन

सुजुकीले वाहिर ल्यायो वर्गम्यान स्ट्रिट इलेक्ट्रिक स्कुटरको प्याटेन्ट डिजाइन

सुजुकीले निकट भविष्यमै बजारमा उतार्ने तयारी गरिरहेको वर्गम्यान स्कुटरको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...