इन्जिनमा समस्या आएपछि सुजुकीले फिर्ता बोलायो यी तीन मोटरसाइकल

सुजुकीले भारतमा आफ्ना २५० सिसी बाइकहरु जीक्सर, जीक्सर एसएफ र भी–स्ट्रोम फिर्ता बोलाएको छ । यी बाइकको इन्जिन क्यामशाफ्टमा समस्या आएपछि रिकल गरिएको हो ।

मोटरसाइकलको इन्जिनहरू अचानक रोकिने र असामान्य आवाजहरू आउने गुनसो बढ्न थालेपछि यसको मेन्टिनेन्सका लागि बाइक फिर्ता बोलाइएको कम्पनीले जनाएको छ । समस्या कुन लट र कती मोटरसाइकलमा आएको भन्नेबारे कम्पनीले कुनै जानकारी वाहिर ल्याएको छैन ।

सुजुकीले समस्या भएको इन्जिनको ब्याच पहिचान गरी सम्बन्धित बाइक धनीलाई सम्पर्क गरिरहेको बताइएको छ । सुजुकीका आधिकारिक सर्भिस सेन्टरहरूमा त्रुटिपूर्ण भागलाई निःशुल्क रिप्लेस गरिनेछ।

तीनवटै मोटरसाइकलमा एउटै २४९ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ । यो २५० सीसी मोडेलहरूको लागि दोस्रो रिकल हो । अत्यधिक इन्जिन कम्पन भएको भन्दै सन् २०२१ मा कम्पनीले १९९ यूनिट यस्ता मोटरसाइकल फिर्ता बोलाएको थियो ।

सम्बन्धित समाचारहरू

कार विक्रीमा मारुती सुजुकीको वर्चस्व कायमै, व्रेजाले पछि पार्यो टाटा नेक्सनलाई

कार विक्रीमा मारुती सुजुकीको वर्चस्व कायमै, व्रेजाले पछि पार्यो टाटा नेक्सनलाई

भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले विक्रीमा...

ग्राण्ड भिटाराको बिक्री २ लाख युनिट नाघ्यो, ईभी क्रेजका कारण नेपालमा कम आकर्षण

ग्राण्ड भिटाराको बिक्री २ लाख युनिट नाघ्यो, ईभी क्रेजका कारण नेपालमा कम आकर्षण

मारुती सुजुकीको मिड साइज एसयूभी ग्राण्ड भिटारा लन्च भएको २ वर्षभन्दा कम...

टाटा पन्चसँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ माइक्रो एसयूभी ल्याउने

टाटा पन्चसँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ माइक्रो एसयूभी ल्याउने

मारुती सुजुकीले नयाँ माइक्रो एसयुभी ल्याउने तयारी थालेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...