ई२० इन्धनका कारण गाडीमा क्षति, सुजुकीलाई ग्रान्ड भिटारा साट्न वा पुरै मुल्य फिर्ता गर्न अदालतको आदेश
काठमाडौँ–छिमेकी मुलुक भारतमा इथानोल मिसिएको पेट्रोल (ई२० फ्युल) का कारण...
सुजुकीले भारतमा आफ्ना २५० सिसी बाइकहरु जीक्सर, जीक्सर एसएफ र भी–स्ट्रोम फिर्ता बोलाएको छ । यी बाइकको इन्जिन क्यामशाफ्टमा समस्या आएपछि रिकल गरिएको हो ।
मोटरसाइकलको इन्जिनहरू अचानक रोकिने र असामान्य आवाजहरू आउने गुनसो बढ्न थालेपछि यसको मेन्टिनेन्सका लागि बाइक फिर्ता बोलाइएको कम्पनीले जनाएको छ । समस्या कुन लट र कती मोटरसाइकलमा आएको भन्नेबारे कम्पनीले कुनै जानकारी वाहिर ल्याएको छैन ।
सुजुकीले समस्या भएको इन्जिनको ब्याच पहिचान गरी सम्बन्धित बाइक धनीलाई सम्पर्क गरिरहेको बताइएको छ । सुजुकीका आधिकारिक सर्भिस सेन्टरहरूमा त्रुटिपूर्ण भागलाई निःशुल्क रिप्लेस गरिनेछ।
तीनवटै मोटरसाइकलमा एउटै २४९ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ । यो २५० सीसी मोडेलहरूको लागि दोस्रो रिकल हो । अत्यधिक इन्जिन कम्पन भएको भन्दै सन् २०२१ मा कम्पनीले १९९ यूनिट यस्ता मोटरसाइकल फिर्ता बोलाएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...