एडास प्रविधि र नयाँ इन्जिनमा आउँदै सुजुकी ब्रेजा, भारतमा बुकिङ खुल्यो
काठमाडौँ–मारुती सुजुकीले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी ब्रेजाको...
सुजुकी मोटरसाइकल इन्डिया आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर “सुजुकी ई-एक्सेस” लन्च गर्ने तयारीमा छ । तर यसको लुक, विशेषता, प्रविधि, रेन्ज र प्रदर्शनका बारेमा प्राप्त जानकारीले यसले टीभीएस आईक्युब, बजाज चेतक, होन्डा एक्टिभा-ई र हिरो भिडाजस्ता इलेक्ट्रिक स्कुटरलाई टक्कर दिने अनुमान गरिँदैछ।
ई-एक्सेसको डिजाइन साधारण भए पनि आधुनिक छ। एलईडी हेडल्याम्प, टेललाइट र टर्न इन्डिकेटरले यसलाई अलग पहिचान दिएको छ । नयाँ मेटालिक म्याट र ड्युअल टोन कलर अप्सन र १२ इन्चका पाङ्ग्राले सो स्कुटरलाई गुणस्तरीय महसुस गराउँछ।
सो स्कुटरमा समावेश प्रविधि निकै आधुनिक छ । यसमा ४.२ इन्चको रंगीन टीएफटी एलसीडी डिस्प्ले, स्मार्टफोन जडान गर्ने सुविधा, किलेस इग्निशन, अटो रेडी क्यान्सल, मोटर स्टार्ट–स्टप सिस्टम र रिभर्स मोड जस्ता फिचर समावेश छ । यसमा लामो र समतल सिट, पर्याप्त अन्डर-सिट स्टोरेज, डबल ब्याक हुक, मोबाइल चार्जिङ पोर्ट र सिट लक सुविधाले यात्रालाई झनै सहज बनाउँछ। यसको सिट हाइट ७६५ एमएम रहेको छ।
सो इलेक्ट्रिक स्कुटरमा ३.०७२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा ९५ किलोमिटरको रेन्ज दिन सक्छ, जसले ५.४ हर्सपावर र १५ एनएमको टर्क उत्पन्न गर्छ । सो स्कुटरले ७१ किलोमिटर प्रतिघण्टाको स्पिड हासिल गर्न सक्छ । यसमा रहेको ब्याट्रीलाई फास्ट चार्जर प्रयोग गरी १.२ घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...