घट्यो सुजुकी ई–भिटाराको मूल्य, अब कति ?

काठमाडौं नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले सुजुकीको नेपालमा उपलब्ध पहिलो ब्याट्री इलेक्ट्रिक भेइकल (बीईभी) सुजुकी ई–भिटाराको मूल्यमा १ लाख रुपैयाँ कमी गरेको छ । हालै सार्वजनिक बजेटमार्फत सरकारले बीईभीमा भन्सार महसुल र करका दरमा गरेको परिवर्तनको प्रत्यक्ष परिणाम यो भएको कम्पनीले बताएको छ ।

सीजी मोटोकर्पले गत चैत महिनामा पोखरामा सम्पन्न वाडा अटो शोमार्फत सुजकी ई–भिटारा औपचारिक रुपमा नेपालमा बिक्री वितरण प्रारम्भ गरेको थियो । त्यतिबेला देखि नै यसका चार भेरिएन्ट उपलब्ध छन् । सबैभन्दा कम मूल्यको भेरिएन्ट ई–भिटारा डेल्टा ४९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध थियो । अब भने यसको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ मात्र कायम गरिएको छ ।

सुजुकी ई–भिटाराका सबै भेरिएन्टमा १ लाख रुपैयाँ मूल्य कम गरिएको हो । यस अनुसार अब ई–भिटारा जेटाको मूल्य ५२ लाख ९९ हजार, अल्फाको मूल्य ५८ लाख ९९ हजार र अल्फा डीटीको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ हुनेछ । यी सबै भेरिएन्टको एमआरपी भने क्रमशः ५२ लाख ९९ हजार, ५७ लाख ९९ हजार, ६३ लाख ९९ हजार र ६४ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

सुजुकी ई–भिटारा दुई उच्च–क्षमताका ब्याट्री विकल्पहरू ४९ किलोवाट आवर र ६१ किलोवाट आवरमा उपलब्ध छ, जसले क्रमशः १०६ किलोवाट र १२८ किलोवाटको दमदार पावर आउटपुट दिन्छ । यी क्लास–लिडिङ आउटपुट सहितका उत्कृष्ट विशेषताहरूले ई–भिटारालाई यसको मूल्य वर्गमा उपलब्ध सबैभन्दा शक्तिशाली विद्युतीय गाडीको रूपमा स्थापित गर्दछ। यसले अत्याधुनिक ईभी प्रविधिलाई सुजुकी ब्रान्डको प्रमाणित विश्वास, टिकाउपन र विश्वसनीयतासँग सहज रूपमा जोडेको कम्पनीको भनाइ छ।

सुजुकी ई–भिटारा बुकिङ गर्ने पहिलो १०० ग्राहकलाई सो परिचयात्मक मूल्यमा गाडी उपलब्ध हुनेछ । सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करण चौधरीले सरकारले सवारी साधनलाई थप सुलभ बनाउने बाटो तय गरे अनुसार त्यो सुविधा ग्राहकसम्म बिना कटौती पुर्याउनु कम्पनीको दायित्व भएको र त्यसै अनुसार मूल्य कटौती गरिएको बताए ।

२५ वटा आधिकारिक बिक्री केन्द्र, ४० वटा बिक्री पछिका सेवा केन्द्र र दक्ष ईभी प्राविधिकहरुका साथ नेपालको सबैभन्दा ठूलो नेटवर्क र सेवा सुविधा भएको ईभी ब्रान्ड बनेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

फ्युचरिकम ट्रकले बनायो वर्ल्ड रेकर्ड, सिंगल चार्जमा १०९९ किमीको रेन्ज प्रदान

फ्युचरिकम ट्रकले बनायो वर्ल्ड रेकर्ड, सिंगल चार्जमा १०९९ किमीको रेन्ज प्रदान

जर्मन डेलिभरी कम्पनी ‘डीपीडी’ को इलेक्ट्रिक ट्रक फ्युचरिकमले फुल चार्जमा...

एक वर्षमा ८०० बढी दिपल नेपाली सडकमा, ४ फयुचरिस्टिक मोडल सार्वजनिक, ९६ बढी चार्जिङ स्टेसन

एक वर्षमा ८०० बढी दिपल नेपाली सडकमा, ४ फयुचरिस्टिक मोडल सार्वजनिक, ९६ बढी चार्जिङ स्टेसन

लन्चदेखि नेतृत्वसम्म : उल्लेखनीय उपलब्धि र महत्वपूर्ण कोशेढुंगाले भरिएको...

बजेट पश्चात हौंसिए व्यवसायी, विद्युतीय सवारीमा लगानी गर्न उत्साहित

बजेट पश्चात हौंसिए व्यवसायी, विद्युतीय सवारीमा लगानी गर्न उत्साहित

काठमाडाैं – आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...