२ नयाँ इलेक्ट्रिक कारका साथ ईभी बजारमा प्रवेश गर्दै मारुती सुजुकी

मारुती सुजुकी पेट्रोल र डिजेल सेगमेन्टमा शीर्ष स्थानमा छ । तर, अब मारुती सुजुकी इलेक्ट्रिक कारको सेगमेन्टमा पनि प्रवेश गर्ने भएको छ । कम्पनीले यही वर्ष आफ्नो २ वटा नयाँ इलेक्ट्रिक कार लन्च गर्ने भएको छ । यद्यपि इलेक्ट्रिक कार सेगमेन्टमा टाटाको वर्चस्व रहेकाले मारुतीलाई इलेक्ट्रिक कारमा धेरै चुनौतीको सामना गर्नुपर्नेछ ।

मारुतीले सन् २०२३ अटो एक्सपोमा आफ्नो इलेक्ट्रिक कार मारुती सुजुकी ईभीएक्स विश्वव्यापी रूपमा सार्वजनिक गरेको थियो । मारुतीको नयाँ इलेक्ट्रिक कार सन् २०२४ मा लन्च गर्न सक्ने अपेक्षा गरिएको छ ।

मारुती सुजुकी ईभीएक्स इलेक्ट्रिक कारको रेन्ज ५५० किलोमिटरको हुनेछ । सो कार फ्रन्ट ह्विल ड्राइभ र अल ह्विल ड्राइभमा उपलब्ध हुनेछ । यसमा एलईडी हेडलाइट, वाई–साइज एलईडी डीआरएल, होरिजन्टल एलईडी लाइटिङ, प्यानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा र वायरलेस चार्जिङ जस्ता फिचर हुनेछ ।

मारुतीको दोस्रो इलेक्ट्रिक कार कम्प्याक्ट इलेक्ट्रिक ह्याचब्याक हुनेछ । हाल कम्पनीले यसको ब्याट्री र मोटरको बारेमा केही विवरण खुलासा गरेको छैन । तर, रिपोर्टका अनुसार मारुतीको सो इलेक्ट्रिक कारले फुल चार्जमा २०० देखि २५० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।

मारुती सुजुकीले सो कार पनि २०२४ मा लन्च गर्न सक्ने अनुमान गरिएको छ । सो कार लन्च भए पछि यसले टाटा टियागो र एमजी कोमेट ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

ओमोडा ई–५ लाई युरो एनक्याप र एनक्यापमा डबल ५ स्टार सेफ्टि रेटिङ

ओमोडा ई–५ लाई युरो एनक्याप र एनक्यापमा डबल ५ स्टार सेफ्टि रेटिङ

काठमाडौं– ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्रि इभि ई–५ ले विश्वव्यापी...

नयाँ वर्षमा ब्रम्बी ईभी किन्दा ३ लाख रुपैयाँ छुट

नयाँ वर्षमा ब्रम्बी ईभी किन्दा ३ लाख रुपैयाँ छुट

काठमाडौं–बीएडब्लु ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले...

इलेक्ट्रिक लक्जरी ओरा ०३ ईभीमा इलेक्ट्रिफाइङ डिल, लिन सकिन्छ ५ लाख सम्मको लाभ

इलेक्ट्रिक लक्जरी ओरा ०३ ईभीमा इलेक्ट्रिफाइङ डिल, लिन सकिन्छ ५ लाख सम्मको लाभ

काठमाडौं – नेपालमा ह्यावल, पावर र ओरा लगायत ग्रेटवाल मोटर अर्थात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...