भारतमा डिलरहरुले लिन थाले ई–भिटाराको बुकिङ, नेपाल कहिले आउँछ ?

सुजुकीको पहिलो बिद्युतिय कार ई–भिटारा छिट्टै लन्च हुने तयारीमा छ । भारतमा हालै सम्पन्न अटो एक्सपोमा सार्बजनिक गरिएको सो एसयुभी बिक्रीका लागि तयार हुँदै गर्दा भारतका केही डिलरशिपले भने अनौपचारिक बुकिङ लिन थालिसकेका छन् ।

मिडिया रिपोर्टका अनुसार मारुती सुजुकीका केही डिलरशिपहरूले ई–भिटाराका लागि प्रि–बुकिङ सुरु गरेका हुन् । सो एसयूभी खरिद गर्ने योजनामा ​​रहेका ग्राहकले २५ हजार भारुको टोकन रकम तिरेर अर्डर गर्न सक्ने जनाइएको छ ।

ई–भिटारा यसै वर्षको मार्च महिनामा लन्च हुने र यसलाई नेक्सा रिटेल च्यानल मार्फत बिक्री गर्ने कम्पनीको तयारी छ । सो नयाँ ईभी डेल्टा, जेटा र अल्फा भेरिएन्टमा उपलब्ध हुने अनुमान गरिएको छ ।

बेस भेरिएन्ट डेल्टामा ४९ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध हुनेछ भने टप भेरिएन्टमा ६१ किलोवाट आवरको ब्याट्री प्याक पाइने सम्भावना छ । ई–भिटारामा सिंगल–मोटर टु–ह्विल ड्राइभ कन्फिगरेसन र ७० किलोवाट डिसी फास्ट चार्जिङ सपोर्ट हुनेछ ।

फिचरको सन्दर्भमा, ई–भिटाराले डुअल स्क्रिन, पानारोमिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, पावर ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, स्लाइडिङ र रिक्लिनिङ रियर सिट तथा लेभल–२ एडीएएस पाउनेछ ।

भारतमा औपचारिक लन्च गरिए लगत्तै ई–भिटारा नेपाली बजारमा समेत उपलब्ध हुनेछ । सुजुकीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटोकर्पले नयाँ वर्ष २०८२ देखी यसको बिक्री थाल्ने अनुमान गर्न सकिन्छ । नेपाल आएपछि यसको सिधा प्रतिस्पर्धा हुन्डाईले ल्याउँदै गरेको क्रेटा ईभी, बीवाईडी एट्टो३ र ओमोडा ई५ लगायत एसयुभीसगं हुनेछ ।

सम्बन्धित समाचारहरू

सुजुकीको तीनवटै मोटरसाइकलमा गरियो अपडेट

सुजुकीको तीनवटै मोटरसाइकलमा गरियो अपडेट

सुजुकीले आफ्नो अपडेटेड रेन्ज जिक्सर, जिक्सर एसएफ र भी–स्ट्रोम एसक्स...

सुजुकी र हुन्डाई गाडी किन्दा कुनमा बढी फाइदा ? यस्तो छ दशैं स्किम

सुजुकी र हुन्डाई गाडी किन्दा कुनमा बढी फाइदा ? यस्तो छ दशैं स्किम

काठमाडौं– नेपालीहरुको महान चाड दशैं नजिकिएसंगै अहिले विभिन्न...

सुजुकीले वन्द गर्यो इन्ट्रयुडरको उत्पादन

सुजुकीले वन्द गर्यो इन्ट्रयुडरको उत्पादन

जापनिज टु ह्विलर निर्माता सुजुकीले आफ्नो सेग्मेन्टकै पहिलो क्रुजर वाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...