यस्तो हुनेछ मारुती सुजुकी बलेनोको इन्टेरियर
केही दिन पहिला मारुती सुजुकी बलेनोको अपडेट भर्सन सार्वजनिक भएको थियो । सो...
सुजुकीको पहिलो बिद्युतिय कार ई–भिटारा छिट्टै लन्च हुने तयारीमा छ । भारतमा हालै सम्पन्न अटो एक्सपोमा सार्बजनिक गरिएको सो एसयुभी बिक्रीका लागि तयार हुँदै गर्दा भारतका केही डिलरशिपले भने अनौपचारिक बुकिङ लिन थालिसकेका छन् ।
मिडिया रिपोर्टका अनुसार मारुती सुजुकीका केही डिलरशिपहरूले ई–भिटाराका लागि प्रि–बुकिङ सुरु गरेका हुन् । सो एसयूभी खरिद गर्ने योजनामा रहेका ग्राहकले २५ हजार भारुको टोकन रकम तिरेर अर्डर गर्न सक्ने जनाइएको छ ।
ई–भिटारा यसै वर्षको मार्च महिनामा लन्च हुने र यसलाई नेक्सा रिटेल च्यानल मार्फत बिक्री गर्ने कम्पनीको तयारी छ । सो नयाँ ईभी डेल्टा, जेटा र अल्फा भेरिएन्टमा उपलब्ध हुने अनुमान गरिएको छ ।
बेस भेरिएन्ट डेल्टामा ४९ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध हुनेछ भने टप भेरिएन्टमा ६१ किलोवाट आवरको ब्याट्री प्याक पाइने सम्भावना छ । ई–भिटारामा सिंगल–मोटर टु–ह्विल ड्राइभ कन्फिगरेसन र ७० किलोवाट डिसी फास्ट चार्जिङ सपोर्ट हुनेछ ।
फिचरको सन्दर्भमा, ई–भिटाराले डुअल स्क्रिन, पानारोमिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, पावर ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, स्लाइडिङ र रिक्लिनिङ रियर सिट तथा लेभल–२ एडीएएस पाउनेछ ।
भारतमा औपचारिक लन्च गरिए लगत्तै ई–भिटारा नेपाली बजारमा समेत उपलब्ध हुनेछ । सुजुकीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटोकर्पले नयाँ वर्ष २०८२ देखी यसको बिक्री थाल्ने अनुमान गर्न सकिन्छ । नेपाल आएपछि यसको सिधा प्रतिस्पर्धा हुन्डाईले ल्याउँदै गरेको क्रेटा ईभी, बीवाईडी एट्टो३ र ओमोडा ई५ लगायत एसयुभीसगं हुनेछ ।
केही दिन पहिला मारुती सुजुकी बलेनोको अपडेट भर्सन सार्वजनिक भएको थियो । सो...
मारुती सुजुकीले आफ्नो सबैभन्दा लोकप्रिय कार स्विफ्टको फेसलिफ्ट संस्करण ९...
भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार उत्पादक मारुती सुजुकीले जनवरीमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...