२०२३ मा आउदै छन् यी १० नयाँ एसयूभी

सन् २०२२ मा बजारमा धेरै एसयूभी लन्च भए । यी मध्ये क्रसओभर र सब कम्प्याक्ट एसयूभी निकै लोकप्रिय रहे । स्न २०२३ मा पनि भेइकल निर्माता कम्पनीहरुले आफ्नो पोर्टफोलियोमा नयाँ एसयूभी समावेश गर्ने अनुमान गरिएको छ । आगामी वर्ष बजारमा लन्च हुनेछन् यी १० एसयूभी ।

१. जिप एभेन्जर
जिपले मार्च २०२३ मा नयाँ एभेन्जर लन्च गर्न सक्ने अनुमान गरिएको छ । यसमा १.२ लिटर पेट्रोल इन्जिन जडान गरिएको छ । जिप एभेन्जर लन्च भएमा ब्रेजा, म्याग्नाइट, सोनेट, नेक्सन र अन्य एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

२. मारुती जिम्नी
मारुती सुजुकीले भारतीय बजारका लागि ५ डोर जिम्नीमा काम गरिरहेको छ । सो कार कैयौ पटक परीक्षणको समयमा देखा परेको छ । सो कार अटो एक्स्पो २०२३ मा सार्वजनिक गर्ने सम्भावना रहेको छ ।

३. टाटा ह्यारियर/सफारी फेसलिफ्ट
टाटा ह्यारियर र सफारीको फेसलिफ्ट नयाँ डिजाइनमा देख्न सक्ने सम्भावना रहेको छ । यसमा ठूलो टचस्क्रिन, एडीएएस र ३६० डिग्री क्यामेरा हुने अनुमान गरिएको छ । सो एसयूभी अटो एक्स्पो २०२३ मा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

४. निसान एक्सट्रेल
निसान एक्सट्रेल आक्रामक डिजाइन र फिचरको कारण निकै लोकप्रिय छ । यसको लन्चिङको केही आधिकारीक जानकारी नभए तापनि सो मोडल अटो एक्स्पो २०२३ मा सार्वजनिक गर्ने अनुमान छ ।

५. होन्डा एचआरभी
यो एसयूभी २०२३ को मध्यमा लन्च गर्ने सम्भावना रहेको छ । सो एसयूभी हुन्डाई क्रेटा, मारुती ब्रेजा र किया सेल्टोससँग प्रतिस्पर्धा हुनेछ ।

६. एमजी हेक्टर फेसलिफ्ट
सो एसयूभी जनवरी २०२३ मा लन्च गर्न सक्ने अनुमान गरिएको छ । सो कार १.५ लिटर पेट्रोल मोटर, १.५ लिटर पेट्रोल हाइब्रिड पावरट्रेन र २.० लिटर डिजेल इन्जिनको साथमा लन्च गर्ने सम्भावना छ ।

७. फक्सवागन टिगुआन अलस्पेस
फक्सवागन टिगुआनको अपडेट भर्सन अलस्पेस जनवरी २०२३ मा लन्च गर्ने सम्भावना रहेको छ । यसमा पनि पुरानो मोडल टिगुआनकै डिजाइन एलिमेन्ट र इन्जिन प्रयोग गर्ने अनुमान छ ।

८. फोर्स गुर्खा
नयाँ फोर्स गुर्खा ५ डोरको हुनेछ । यसको डिजाइन पुरानो मोडलको जस्तै हुनेछ । यसमा २.६ लिटर टर्बाे डिजेल इन्जिन समावेश गर्ने अनुमान गरिएको छ ।

९. महिन्द्रा बोलेरो नियो प्लस
महिन्द्रा बोलेरो नियो प्लस पुरानो बोलेरो नियोको भेरिएन्ट हुनेछ । यसमा ७ देखि ९ सिटिङको विकल्प दिइनेछ । यसमा थार एसयूभीकै समान इन्जिनको विकल्प र समान पावरट्रेनको उपयोग गर्ने अनुमान गरिएको छ ।

१०. टोयोटा फच्र्युनर नेक्स्ट जेन
टोयोटा फच्र्युनर सबैभन्दा बढि बिक्री हुने एसयूभी मध्ये एक हो । कम्पनीले चाँडै नै २०२३ को मध्यमा नेक्स्ट जेनको फच्र्युनर लन्च गर्नेछ । सो एसयूभीको डिजाइन र इन्जिन नयाँ हुनेछ ।

सम्बन्धित समाचारहरू

‘कस्टमर सेल्स स्याटिस्फेक्सन इन्डेक्स’मा एमजीले पछि पार्यो टोयोटा र हुन्डाइलाई

‘कस्टमर सेल्स स्याटिस्फेक्सन इन्डेक्स’मा एमजीले पछि पार्यो टोयोटा र हुन्डाइलाई

जेडी पावरले भारतामा अघिल्लो बर्षका लागी गरेको ‘कस्टमर सेल्स...

चेरी ब्रान्ड नेपाल प्रवेश गर्ने आधिकारिक घोषणा, सम्पन्न भयो समारोह

चेरी ब्रान्ड नेपाल प्रवेश गर्ने आधिकारिक घोषणा, सम्पन्न भयो समारोह

काठमाडौं – विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ आधिकारिक रुपमा नेपाली...

एमजी बिक्रेता पारामाउन्ट मोटर्सले निकाल्यो अर्को बिज्ञप्ती, तार सर्ट भएर नै आगलागि भएको जिकिर

एमजी बिक्रेता पारामाउन्ट मोटर्सले निकाल्यो अर्को बिज्ञप्ती, तार सर्ट भएर नै आगलागि भएको जिकिर

काठमाडौं– एमजी जेडएस ईभीमा आगलागि घटानाले ठूलै रुप लिएपछि एमजी गाडीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...