टाटाका शोरूमहरूमा ‘मनसुन म्याजिक’ सुरू, इन्धनका गाडीसँग विद्युतीय गाडी साट्न पाइने
काठमाडौँ – साउन ८ गते (सोमबार) देखि नेपालभरिका टाटा शोरूमहरूमा ‘मनसुन...
भारतको दिल्ली सरकारले इलेक्ट्रिक स्कुटर खरिद गर्ने महिलालाई ३६ हजार भारतीय रुपैयाँसम्म अनुदान दिने भएको छ । दिल्ली सरकारले तयार पारेको प्रस्तावित ‘इलेक्ट्रिक भेइकल (ईभी) पोलिसी २.०’को मस्यौदमा यस्तो व्यवस्था गरिएको हो ।
पीटीआइले तयार पारेको मस्यौदा अनुसार ड्राइभिङ लाइसेन्स भएका पहिलो १० हजार महिलाहरूले यो सुविधा पाउने छन् । सरकारले ईभीको प्रयोग बढाउन महिला सहभागितालाई प्रोत्साहन गर्ने नीति अनुसार अनुदान दिन लागेको हो ।
प्रस्तावित नीति अनुसार महिलाले विद्युतीय स्कुटर खरिदमा प्रतिकिलो आवर १२ हजार भारुका दरले अधिकतम ३६ हजार रुपैयाँसम्म अनुदान पाउने छन् । अर्थात् ३ किलोवाट आवर ब्याट्री क्षमताको स्कुटर खरिदमा अनुदान पाउने भएका हुन् ।
यो प्रस्ताव अहिले विधाराधीन छ । यसलाई दिल्ली सरकारले चाँडै अनुमोदन गर्ने अधिकारीहरूले जनाएका छन् । केन्द्र सरकारको पीएम ई ड्राइभ योजनालाई कार्यान्वयन गर्न दिल्ली सरकारकाले पूरक नीतिको रूपमा इलेक्ट्रीक भेहिकल पोलिसी २.० नीति बनाएको हो ।
सन् २०३० को मार्चसम्म मान्य हुने यो योजनामा विद्युतीय दुईपांग्रे सवारीसाधनलाई मात्र नभई तीनपांग्रे र व्यवसायिक सवारीसाधनलाई पनि लक्षित गरी प्रोत्साहन नीति अघि सारिएको छ ।
काठमाडौँ – साउन ८ गते (सोमबार) देखि नेपालभरिका टाटा शोरूमहरूमा ‘मनसुन...
टाटाले इन्ट्री लेभलको इलेक्ट्रिक कार टियागो ईभी लन्च गरेको छ । यसको बुकिङ...
सुजुकीले इटालीको मिलानमा शुरु भएको मोटर शो ईआईसीएमए २०२४ मा आफ्नो पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...