ड्राइभिङ लाइसेन्स आवेदनमा भएका त्रुटि अब यातायात व्यवस्था तथा सेवा कार्यालयबाटै सच्याउन सकिने
काठमाडौं – अब प्रदेश मातहतका यातायात व्यवस्था तथा सेवा कार्यालयहरूबाटै...
३० वर्षमा कुनै ग्राहकले लगातार कार फेरिरहे । यो अवधिमा उनले २६ वटा कार किने । ती कारका मोडल फरक फरक छन् । तर ब्रान्ड भने उही । के यो सम्भव छ ?
विश्वमा विभिन्न ब्रान्डका सवारी साधन उपलब्ध छन् । यो अवस्थामा ग्राहकले नयाँ नयाँ ब्रान्ड छानेर किन्ने गरेको पाइन्छ । यसरी नयाँ ब्रान्ड र नयाँ मोडलका गाडी किन्ने धेरैको शोख पनि हुन्छ । तर ३० वर्षको अवधिमा २६ नयाँ कार किन्दा ब्रान्ड भने उही हुन के सम्भव छ ?
यस्तो सम्भव देखिएको छ । बेलायतका एक व्यक्तिले कुनै एउटै कार ब्रान्डप्रति यस्तो धेरै आशक्ति देखाएर सबैलाई चकित पारेका छन् । ६५ वर्षिय बिल नुन लण्डनको एक कम्पनीका प्रोजेक्ट म्यानेजर हुन् । उनले वर्षमा करिव एउटा कार किने । तर उनले सधै ब्रान्ड भने सुबारु नै रोजे ।
सुबारु सन् १९९० को दशकमा व्यावहारिक र विश्वसनिय सवारी ब्रान्डको रुपमा लोकप्रिय थियो । विशेष गरी सन् १९९० को दशक र २००० को सुरुवाती चरणमा वर्ल्ड ¥याली च्याम्पियनसिपको समयमा यो ब्रान्डलाई धेरैले रुचाउने गरेका थिए । यही समयमा पहिलो पटक सन् १९९५ मा उनले यो ब्रान्डको कार पहिलो पटक किनेका थिए भने बिचको समयमा हुँदै गत महिना उनले २६औं कार पनि उही ब्रान्डको किनेर रेकर्ड कायम गरेका छन् ।
नुनले पहिलो सवारीको रुपमा सुबारु इस्टेट किनेका थिए भने २६औं मोडलको रुपमा गत महिना फरेस्टर एसयूभी किने ।
बेलायतमा जापनिज ब्रान्ड सुबारु पहिलो पटक सन् १९७७ मा प्रवेश गरेको थियो । सन् २०२४ मा अटो एक्सप्रेसका ड्राइभर पावर कस्टमर सर्भेमा सुबारुको नाम पहिलो सूचीमा भए पनि सेल्स भोल्युमको आधारमा भने यसको अवस्था नाजुक छ ।
गत वर्ष बेलायतमा करिव २ हजार ४ सय युनिट भन्दा बढी मात्र सुबारु ब्रान्डका सवारी साधन बिक्री भएका थिए । बेलायतमा सबैभन्दा धेरै लोकप्रिय ब्रान्ड फक्सवागन हो । फक्सवागन सन् २०२४ मा १ लाख ६६ हजार युनिट भन्दा धेरै बिक्री भएको थियो । यसको अर्थ बिक्री भएका प्रत्येक सुबारु गाडी भन्दा फक्सवागनका गाडी ६९ युनिट बढी बिक्री हुन्छन् ।
चाइनिज कार निर्माता कम्पनी ओमोडा गत वर्षको अगस्टमा मात्र बेलायतमा लन्च भएको हो । ओमोडाले ५ महिनाकै अवधिमा ३ हजार ६ सय युनिट भन्दा धेरै कार बिक्री गर्न त्यहाँ सफल भएको छ ।
यो अवस्थामा पनि नुनमा भने सुबारुप्रतिको आकर्षणमा कुनै कमी आएको छैन । आफूले पहिलो पटक सुबारुको कार किनेको समय देखि हाल सम्म अन्य धेरै परिवर्तन भए पनि सुबारुको कार भ्याल्यु भने उही रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘सुबारु एउटा महान कार ब्रान्ड हो । यो ड्राइभ गर्न आनन्दित, सुविधाजनक, विश्वसनिय र सुरक्षित छ ।’ ३० वर्षको अवधिमा यो ब्रान्डप्रति कुनै गुनासो नभएको उनले बताए । यसका साथै स्थानीय कार डिलर पनि निकै नै इमान्दार रहेको उनले बताए ।
काठमाडौं – अब प्रदेश मातहतका यातायात व्यवस्था तथा सेवा कार्यालयहरूबाटै...
काठमाडौं – यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटका नाममा ९२...
लामो समयसम्म कारको उपभोग गरेमा यसले हजारौं रुपैयाँ मर्मत सम्भारमा खर्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...