बजेट अघि आएर स्टकमा रहेका एमजी जेडएस ईभी पुरानै मूल्यमा उपलब्ध हुने

एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी जेडएक्स ईभीको डिलक्स भेरिएन्टको बुकिङ खुला गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलोवाट देखि १०० किलोवाट सम्मको विद्युतीय गाडीमा अत्याधिक कर वृद्धि भए तापनि एमजीको सो मोडलको गाडीको मुल्य ५२ लाख ९९ हजार रुपैयाँ मात्र तोकिएको छ । बजेट भाषण अगाडि यस गाडीको मुल्य ५२ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

कोभिडपश्चात विद्युतीय गाडीलाइ आवश्यक कच्चा पदार्थको घट्दो मुल्य तथा विश्व बजारमा सो ब्रान्डको बढ्दो अत्यधिक बिक्रीका कारणले एमजीले विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मुल्य घटाउन सफल भएको बताएको छ । त्यसकारण विद्युतीय गाडीमा भएको कर वृद्धि भए पनि जेडएस ईभी (डिलक्स) मोडलको गाडीको मुल्यमा खासै फरक नपरेको कम्पनीको भनाइ छ ।

त्यसैगरी पाराउमान्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो मूल्य अर्थात ५२ लाख ४९ हजारमै गाडी उपलब्ध गराउने पनि जनाएको छ ।

नयाँ एमजी जेडएस ईभी (डिलक्स) ९९ किलोवाट पिक पावर भएको मोटरले सुसज्जित छ, जसले २८० एनएम अधिकतम टर्क जेनेरेट गर्दछ । यसमा भएको ५१ किलोवाट आवरको ब्याट्री क्षमताले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज दिन्छ । यसलाई ३० मिनेट भित्र ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । ८ वर्ष ब्याट्री वारेन्टी रहेको छ ।

सुरक्षाको लागि यसमा ६ वटा एयरब्याग, इएसपी, ईएबी, एचडीसी, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सनरुफ, डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस इन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्रीडी साउन्ड सिस्टम, ड्राइभरको लागि ६वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट जस्ता फिचर छन३ । त्यसैगरी दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफरेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ ।

डिलक्स भेरिएन्टको एमजी जेडएस ईभी विभिन्न ५ कलर अप्सनमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

२ वर्षमा १३ नयाँ ईभी ल्याउने एमजीको घोषणा

२ वर्षमा १३ नयाँ ईभी ल्याउने एमजीको घोषणा

एमजीले दुई वर्षमा विश्वव्यापी रूपमा १३ नयाँ ईभी लन्च गर्ने योजना बनाएको छ ।...

बक्सी डिजाइन र पप-अप हेडलाइट लगायतका कारण चर्चामा एमजीकाे इलेक्ट्रिक एसयूभी ‘साइबर एक्स’

बक्सी डिजाइन र पप-अप हेडलाइट लगायतका कारण चर्चामा एमजीकाे इलेक्ट्रिक एसयूभी ‘साइबर एक्स’

चीनको साङघाई अटो शोमा एमजीले सार्वजनिक गरेकाे नयाँ इलेक्ट्रिक एसयूभी...

स्पोर्टी लुक्स र आकर्षक फिचरसहित  चिनियाँ बजारमा लन्च भयो एमजी वान क्रसओभर एसयूभी

स्पोर्टी लुक्स र आकर्षक फिचरसहित चिनियाँ बजारमा लन्च भयो एमजी वान क्रसओभर एसयूभी

चिनियाँ बजारमा एमजी वान कम्प्याक्ट क्रसओभर एसयूभी लन्च भएको छ । एमजी वान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...