जनकपुर र बर्दिवासमा टाटा ग्रिन ब्याट्रीको निःशुल्क चेकअप क्याम्प सञ्चालन हुँदै
टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी अटोकोम्प...
काठमाडौं– स्पयेर पार्ट्स व्यवसायमा स्थापित कम्पनी एसटीसी ग्रुपले हेटौडास्थित औद्योगिक पार्कमा ब्याट्री प्लान्ट स्थापना गरेको छ । ५० करोड बढी लगानीमा खुलेको एसटिसी इनर्जी इन्डष्ट्रिज प्रालिले हाल एसटिसी राइड र इनर्जी ब्रान्डमा टु–ह्विलर, अटोमोटिभ र इनभर्टर ब्याट्री उत्पादन गर्दै आएको छ । यस उद्योगमा ७० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कम्पनीले हालै अटो पत्रकारको एक समुहलाई उद्योग भ्रमण गराई ब्याट्री उत्पादनको प्रक्रिया, गुणस्त र आगामी योजनाका वारेमा जानकारी प्रदान गरेको छ । सोहिक्रममा, ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले स्वदेशी मागलाई सम्वोधन गर्दै निकट भविष्यमा निर्यातसमेत गरिने बताए ।
‘सवारीसाधनको चाप बढिरहेको सन्दर्भमा अहिले ब्याट्रीको माग समेत बढिरहेको छ । नेपाली बजारमा खपत हुने ब्याट्रीको ठूलो हिस्सा आयतित ब्याट्रीले ओगटेको छ । यस्तो अवस्थामा हामीले स्वदेशमै प्लान्ट लगाएर ब्याट्री उत्पादन थालेका हौं । हामीसंग अहिले मोटरसाइकल र स्कुटरमा प्रयोग हुने टु–ह्विलर सेग्मेटको प्राय सबै रेन्ज उपलब्ध छ । यसैगरी, प्यासेन्जर कार, कमर्सियल भेइकल तथा ई–रिक्सामा लाग्ने अटोमोटिभ ब्याट्री र इन्भर्टर ब्याट्रीको उत्पादन समेत थालिसकेका छौ’ उनले भने ।
अत्याधुनिक प्रबधी र गुणस्तरिय उत्पादन
चीन, जापान र भारतबाट उपकरण आयात गरी सञ्चलान गरिएको यस उद्योगबाट गुणस्तरिय ब्याट्री उत्पादन हुँदै आएको छ । बार्षिक १८ लाख युनिटसम्म ब्याट्री उत्पादन गर्नसक्ने क्षमता भएको यस प्लान्टबाट हाल मासिक २५ हजार युनिटका दरले ब्याट्री उत्पादन भइरहेको बताइएको छ । स्वदेशी मागलाई पुरा गर्दै निकट भविष्यमा भारत लगायत देशमा समेत निर्यात गर्नेगरी कम्पनीले गुणस्तरमा विशेष जोड दिएको छ ।
उद्योगमा प्रयोग गरिएका उपकरण अत्याधुनिक प्रबिधी र पूर्णरुपमा स्वचालित भएका कारण गुणस्तरमा कुनै समस्या नरहेको प्लान्ट हेड सुन्दर मूर्तीले बताए । लामो समयसम्म भारतका विभिन्न ब्याट्री उद्योगमा काम गरेर अनुभबले खारिएका मूर्तीलाई उत्पादन र गुणस्तर नियन्त्रण लगायत जिम्मेवारी दिइएको छ ।

‘भारतमा मैले लामो समयसम्म त्यहाँको ठूलो र निकै नै प्रतिष्ठित ब्याट्री उद्योगमा काम गर्ने अवसर पाँए । ती उद्योगमा संलग्न हुँदा सिकेको सिप र अनुभवका आधारमा काम गरिहेको हुँदा गुणस्तरमा कुनै समस्या देख्दिन । गुणस्तर नियन्त्रणकै लागि भनेर हामीले सुबिधासम्पन्न ल्याव समेत स्थापना गरेका छौ । जहाँबाट ब्याट्रीको गुणस्तर चेकजाँच हुँदै आएको छ’ उनले भने ।
उद्योगमा प्रयोग गरिने लेड, एसिड, कन्टेनर र सेप्रेटर लगायत अति संवेदनशिल कच्चा पदार्थ बिदेशबाट आयत गरिँदै आएको ग्रुपका प्रबन्ध निर्देशक उप्रेतीको भनाई छ । ‘उद्योगका लागि आवश्यक कच्चा पदार्थ सत्प्रतिशत जस्तै विदेशबाट आयात भइरहको छ । यसरी आयत गरिने कच्चा पदार्थको गुणस्तरमा हामीले कुनै सम्झौता गरेका छैनौ । भारतका ठूला र प्रतिष्ठित मानिने ब्याट्रीमा प्रयोग हुने गुणस्तरकै कच्चा पदार्थ हामीले पनि प्रयोग गरिरहेका छौ । ती उद्योगमा लामो समय काम गरेका दक्ष तथा अनुभवी प्राबिधिकको निगरानीमा उत्पादन प्रक्रिया तथा गुणस्तर नियन्त्रण भइरहेको छ’ उनले भने ।
यस उद्योगबाट उत्पादन हुने ब्याट्रीले भारतबाट गुणस्तरको मापदण्ड समेत प्राप्त गरिसकेको छ । भारतको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्ड(बिआइएस) र अटोमोटिभ रिसर्च एसोसिएसन अफ इण्डिया(एआएआई) बाट गुणस्तरको प्रमाणपत्र पाइसकेको हुँदा निकट भविष्यमै भारतमा निर्यात थालिने उप्रेतीले बताए ।
४० प्रतिशत कम मूल्यमा आयातित ब्राण्ड सरहकै वारेन्टि
नेपालमा खपत हुने अधिकांश ब्याट्री भारत र चीनबाट आयत हुने गरेका छन् । भारतबाट आयात हुने ब्याट्रीले अटोमोटिभ, ट्युबलर र ई–रिक्सामा राम्रो पकड जमाएपनि टु–ह्विलरमा भने पछिल्लो समय चीनबाट समेत राम्रै परिणाममा ब्याट्री आयात हुने गरेको छ । यसरी आयात हुने ब्याट्रीलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनको प्रयोग बढाउन खोलिएको एसटिसी इनर्जी इन्डष्ट्रिजले मूल्य र गूणस्तरमा विशेष लाभ दिएको छ ।
यस उद्योगबाट उत्पादन हुने ब्याट्रीमा विदेशी ब्रान्ड सरहकै वारेन्टि प्रदान गरिएपनि मूल्य भने ४० प्रतिशत सम्म सस्तो पर्ने उप्रेतीले बताए । ‘हामीले आयातित ब्याट्रीमा पनि सबैभन्दा राम्रो ब्रान्डले दिँदै आएको वारेन्टिलाई कायम राखेका छौ । विदेशी ब्रान्ड सरहकै वारेन्टि प्रदान गरिएपनि मूल्य ४० प्रतिशतसम्म सस्तो निर्धारण गरिएको छ । जसकारण, उपभोक्ताले नेपाली उत्पादनमा उत्कृष्ट गुणस्तरको साथै मूल्यमा विशेष सहुलियत पाएका छन्’ उनले भने ।
ब्याट्रीको वारेन्टि क्लेममा देखिने समस्यालाई सम्वोधन गर्न कम्पनीले अन–दि–स्पट रिप्लेसमेन्ट सेवा दिँदै आएको छ । जसकारण, वारेन्टि अवधी अगाबै ब्याट्रीमा कुनै समस्या आउँदा ग्राहकले तत्कालै अर्को नयाँ ब्याट्री पाउनेछन् । ‘प्रोराटाको नाममा ग्राहक झुक्याउने खेल भएका कारण अन्य कम्पनीले जस्तो हामीले प्रोराटा वेसिसमा सर्भिस वारेन्टि दिने गरेका छैनौ । समस्या आउने वित्तिकै नयाँ ब्याट्री दिइहाल्छौ’ उप्रेतीले बताए ।

भावी योजना
उद्योगबाट हाल लेड एसिड ब्याट्री मात्र उत्पादन भइरहेको छ । हरेक प्रकारका सवारीसाधनका लागि अत्यावश्यक मानिने ब्याट्रीको प्रबिधीमा नयाँनयाँ प्रयोग हुँदै आएकाले सोही अनुरुप उद्योगलाई परिमार्जन गर्दै लाने कम्पनीको तयारी छ ।
टु–हिवलर ब्याट्रीमार्फत आफ्नो उत्पादन यात्रा थालेको यस उद्योगले अहिले अटोमोटिभ, ई–रिक्सा र इन्भर्टर ब्याट्री समेत बजारमा ल्याइसकेको छ । बजारको माग र प्रबिधीमा आएको परिवर्तनसंगै आँफूलाई परिमार्जन गर्दै जाने तयारीमा रहेको एससिटी इनर्जीले निकट भविष्यमा लिथियम आयोन ब्याट्री समेत उत्पादन गर्ने योजना बनाएको छ ।
उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गरी स्वेदशी माग पुरा गर्दै जाने लक्ष्य राखेको यस उद्योगले मित्रराष्ट्र भारत लगायत केही देशमा ब्याट्री निर्यात गर्ने महत्वकांक्षा राखेको छ । साथै, निकट भविष्यमा सर्वसाधरणका लागि आइपिओ जारी गर्ने र उद्योगको स्वमित्व सर्बसाधरणसम्म पुर्याउने उसको योजना छ ।
टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी अटोकोम्प...
चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीलाई ब्याट्री उपलब्ध...
टेक जायन्ट कम्पनी सामसुङले नयाँ सोलिड स्टेट ब्याट्री सार्बजनिक गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...