गिलीको फेरिजोन अटोले ल्यायो १० वर्ष सर्भिस लाइफ भएको ब्याट्री
गिलीको फेरिजोन अटोले नयाँ कमर्सियल ब्याट्री सार्वजनिक गरेको छ । ब्ल्याक...
काठमाडौं– स्पयेर पार्ट्स व्यवसायमा स्थापित कम्पनी एसटीसी ग्रुपले हेटौडास्थित औद्योगिक पार्कमा ब्याट्री प्लान्ट स्थापना गरेको छ । ५० करोड बढी लगानीमा खुलेको एसटिसी इनर्जी इन्डष्ट्रिज प्रालिले हाल एसटिसी राइड र इनर्जी ब्रान्डमा टु–ह्विलर, अटोमोटिभ र इनभर्टर ब्याट्री उत्पादन गर्दै आएको छ । यस उद्योगमा ७० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कम्पनीले हालै अटो पत्रकारको एक समुहलाई उद्योग भ्रमण गराई ब्याट्री उत्पादनको प्रक्रिया, गुणस्त र आगामी योजनाका वारेमा जानकारी प्रदान गरेको छ । सोहिक्रममा, ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले स्वदेशी मागलाई सम्वोधन गर्दै निकट भविष्यमा निर्यातसमेत गरिने बताए ।
‘सवारीसाधनको चाप बढिरहेको सन्दर्भमा अहिले ब्याट्रीको माग समेत बढिरहेको छ । नेपाली बजारमा खपत हुने ब्याट्रीको ठूलो हिस्सा आयतित ब्याट्रीले ओगटेको छ । यस्तो अवस्थामा हामीले स्वदेशमै प्लान्ट लगाएर ब्याट्री उत्पादन थालेका हौं । हामीसंग अहिले मोटरसाइकल र स्कुटरमा प्रयोग हुने टु–ह्विलर सेग्मेटको प्राय सबै रेन्ज उपलब्ध छ । यसैगरी, प्यासेन्जर कार, कमर्सियल भेइकल तथा ई–रिक्सामा लाग्ने अटोमोटिभ ब्याट्री र इन्भर्टर ब्याट्रीको उत्पादन समेत थालिसकेका छौ’ उनले भने ।
अत्याधुनिक प्रबधी र गुणस्तरिय उत्पादन
चीन, जापान र भारतबाट उपकरण आयात गरी सञ्चलान गरिएको यस उद्योगबाट गुणस्तरिय ब्याट्री उत्पादन हुँदै आएको छ । बार्षिक १८ लाख युनिटसम्म ब्याट्री उत्पादन गर्नसक्ने क्षमता भएको यस प्लान्टबाट हाल मासिक २५ हजार युनिटका दरले ब्याट्री उत्पादन भइरहेको बताइएको छ । स्वदेशी मागलाई पुरा गर्दै निकट भविष्यमा भारत लगायत देशमा समेत निर्यात गर्नेगरी कम्पनीले गुणस्तरमा विशेष जोड दिएको छ ।
उद्योगमा प्रयोग गरिएका उपकरण अत्याधुनिक प्रबिधी र पूर्णरुपमा स्वचालित भएका कारण गुणस्तरमा कुनै समस्या नरहेको प्लान्ट हेड सुन्दर मूर्तीले बताए । लामो समयसम्म भारतका विभिन्न ब्याट्री उद्योगमा काम गरेर अनुभबले खारिएका मूर्तीलाई उत्पादन र गुणस्तर नियन्त्रण लगायत जिम्मेवारी दिइएको छ ।
‘भारतमा मैले लामो समयसम्म त्यहाँको ठूलो र निकै नै प्रतिष्ठित ब्याट्री उद्योगमा काम गर्ने अवसर पाँए । ती उद्योगमा संलग्न हुँदा सिकेको सिप र अनुभवका आधारमा काम गरिहेको हुँदा गुणस्तरमा कुनै समस्या देख्दिन । गुणस्तर नियन्त्रणकै लागि भनेर हामीले सुबिधासम्पन्न ल्याव समेत स्थापना गरेका छौ । जहाँबाट ब्याट्रीको गुणस्तर चेकजाँच हुँदै आएको छ’ उनले भने ।
उद्योगमा प्रयोग गरिने लेड, एसिड, कन्टेनर र सेप्रेटर लगायत अति संवेदनशिल कच्चा पदार्थ बिदेशबाट आयत गरिँदै आएको ग्रुपका प्रबन्ध निर्देशक उप्रेतीको भनाई छ । ‘उद्योगका लागि आवश्यक कच्चा पदार्थ सत्प्रतिशत जस्तै विदेशबाट आयात भइरहको छ । यसरी आयत गरिने कच्चा पदार्थको गुणस्तरमा हामीले कुनै सम्झौता गरेका छैनौ । भारतका ठूला र प्रतिष्ठित मानिने ब्याट्रीमा प्रयोग हुने गुणस्तरकै कच्चा पदार्थ हामीले पनि प्रयोग गरिरहेका छौ । ती उद्योगमा लामो समय काम गरेका दक्ष तथा अनुभवी प्राबिधिकको निगरानीमा उत्पादन प्रक्रिया तथा गुणस्तर नियन्त्रण भइरहेको छ’ उनले भने ।
यस उद्योगबाट उत्पादन हुने ब्याट्रीले भारतबाट गुणस्तरको मापदण्ड समेत प्राप्त गरिसकेको छ । भारतको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्ड(बिआइएस) र अटोमोटिभ रिसर्च एसोसिएसन अफ इण्डिया(एआएआई) बाट गुणस्तरको प्रमाणपत्र पाइसकेको हुँदा निकट भविष्यमै भारतमा निर्यात थालिने उप्रेतीले बताए ।
४० प्रतिशत कम मूल्यमा आयातित ब्राण्ड सरहकै वारेन्टि
नेपालमा खपत हुने अधिकांश ब्याट्री भारत र चीनबाट आयत हुने गरेका छन् । भारतबाट आयात हुने ब्याट्रीले अटोमोटिभ, ट्युबलर र ई–रिक्सामा राम्रो पकड जमाएपनि टु–ह्विलरमा भने पछिल्लो समय चीनबाट समेत राम्रै परिणाममा ब्याट्री आयात हुने गरेको छ । यसरी आयात हुने ब्याट्रीलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनको प्रयोग बढाउन खोलिएको एसटिसी इनर्जी इन्डष्ट्रिजले मूल्य र गूणस्तरमा विशेष लाभ दिएको छ ।
यस उद्योगबाट उत्पादन हुने ब्याट्रीमा विदेशी ब्रान्ड सरहकै वारेन्टि प्रदान गरिएपनि मूल्य भने ४० प्रतिशत सम्म सस्तो पर्ने उप्रेतीले बताए । ‘हामीले आयातित ब्याट्रीमा पनि सबैभन्दा राम्रो ब्रान्डले दिँदै आएको वारेन्टिलाई कायम राखेका छौ । विदेशी ब्रान्ड सरहकै वारेन्टि प्रदान गरिएपनि मूल्य ४० प्रतिशतसम्म सस्तो निर्धारण गरिएको छ । जसकारण, उपभोक्ताले नेपाली उत्पादनमा उत्कृष्ट गुणस्तरको साथै मूल्यमा विशेष सहुलियत पाएका छन्’ उनले भने ।
ब्याट्रीको वारेन्टि क्लेममा देखिने समस्यालाई सम्वोधन गर्न कम्पनीले अन–दि–स्पट रिप्लेसमेन्ट सेवा दिँदै आएको छ । जसकारण, वारेन्टि अवधी अगाबै ब्याट्रीमा कुनै समस्या आउँदा ग्राहकले तत्कालै अर्को नयाँ ब्याट्री पाउनेछन् । ‘प्रोराटाको नाममा ग्राहक झुक्याउने खेल भएका कारण अन्य कम्पनीले जस्तो हामीले प्रोराटा वेसिसमा सर्भिस वारेन्टि दिने गरेका छैनौ । समस्या आउने वित्तिकै नयाँ ब्याट्री दिइहाल्छौ’ उप्रेतीले बताए ।
भावी योजना
उद्योगबाट हाल लेड एसिड ब्याट्री मात्र उत्पादन भइरहेको छ । हरेक प्रकारका सवारीसाधनका लागि अत्यावश्यक मानिने ब्याट्रीको प्रबिधीमा नयाँनयाँ प्रयोग हुँदै आएकाले सोही अनुरुप उद्योगलाई परिमार्जन गर्दै लाने कम्पनीको तयारी छ ।
टु–हिवलर ब्याट्रीमार्फत आफ्नो उत्पादन यात्रा थालेको यस उद्योगले अहिले अटोमोटिभ, ई–रिक्सा र इन्भर्टर ब्याट्री समेत बजारमा ल्याइसकेको छ । बजारको माग र प्रबिधीमा आएको परिवर्तनसंगै आँफूलाई परिमार्जन गर्दै जाने तयारीमा रहेको एससिटी इनर्जीले निकट भविष्यमा लिथियम आयोन ब्याट्री समेत उत्पादन गर्ने योजना बनाएको छ ।
उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गरी स्वेदशी माग पुरा गर्दै जाने लक्ष्य राखेको यस उद्योगले मित्रराष्ट्र भारत लगायत केही देशमा ब्याट्री निर्यात गर्ने महत्वकांक्षा राखेको छ । साथै, निकट भविष्यमा सर्वसाधरणका लागि आइपिओ जारी गर्ने र उद्योगको स्वमित्व सर्बसाधरणसम्म पुर्याउने उसको योजना छ ।
गिलीको फेरिजोन अटोले नयाँ कमर्सियल ब्याट्री सार्वजनिक गरेको छ । ब्ल्याक...
आजकल इलेक्ट्रिक स्कुटर धेरै लोकप्रिय भइरहेको छ। सामान्य स्कुटरको विपरीत...
काठमाडौं– काठमाडौं महानगरपालिकाले सवारी साधनमा प्रयोग हुने ब्याट्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...