ब्याट्री बजारमा सीएटीएलको हिस्सा ४७ प्रतिशत, अन्यको अवस्था के ?
चीनको पावर ब्याट्री उद्योगले स्थिर र अत्यधिक प्रतिस्पर्धात्मक परिदृश्य...
काठमाडौं–नेपाली ब्याट्री ब्रान्ड एसटीसी राइड तथा एसटीसी इनर्जीले नेपाली खेलकुद क्षेत्रसँग सहकार्य गरेको छ । यसैक्रममा नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा आयोजित विशेष साइनिङ समारोहमार्फत राष्ट्रिय महिला फुटबल टोलीका चर्चित खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई तथा दीपा शाहीसँग औपचारिक सम्झौता सम्पन्न गरिएको हो ।
सम्झौताअनुसार राष्ट्रिय टोलीकी फरवार्ड खेलाडी रेखा पौडेल तथा प्रतिभाशाली युवा खेलाडी दीपा शाहीले एसटीसी राइडको प्रतिनिधित्व गर्नेछन् भने राष्ट्रिय टोलीसँग आबद्ध खेलाडी मनमाया दमाईलाई एसटीसी इनर्जीको ब्रान्ड एम्बेसडर अनुबन्ध गरिएको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी रेखा पौडेल, दीपा शाही र मनमाया दमाईले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला फुटबलको उन्नयनमा महत्वपूर्ण योगदान दिइरहेका छन् । अनुभव, उदीयमान प्रतिभा र निरन्तर समर्पणका साथ यी तीनै खेलाडीहरूले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।
नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय कम्पनी एसटीसी ग्रुपले हेटौडा औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गरी एसटीसी राइड तथा इनर्जी ब्याट्री उत्पादन गर्दै आएको छ ।
यी ब्याट्रीहरूले उच्च कार्यक्षमता, लामो आयु तथा भरपर्दो प्रदर्शन प्रदान गर्दै आएको कम्पनीकोा दावी छ । विशेषगरी दुईपांग्रे, चारपांग्रे तथा ऊर्जा तथा पावर ब्याकअप क्षेत्रमा आफ्नो प्रभाव तथा लोकप्रिय बन्दै गरिरहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै एसटीसी ग्रुपका प्रबन्ध निर्देशक तथा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपाली खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए । कम्पनीले खेलकुद क्षेत्र र युवापुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय खेलाडीहरूसँग सहकार्य गरिएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि नेपाली प्रतिभालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
चीनको पावर ब्याट्री उद्योगले स्थिर र अत्यधिक प्रतिस्पर्धात्मक परिदृश्य...
चिसो मौसममा कारको ब्याट्री चाँडै खेर जाने वा बिग्रने सम्भावना बढी हुन्छ ।...
केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...