नाडा अटो शो २०२२ को स्टल बुकिङमा उल्लेख्य सहभागिता, गरियो स्टलको छनोट र बाँडफाँट

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा यही भाद्र ७ देखि १२ गते सम्म आयोजना गरिने “नाडा अटो शो २०२२” को गत हप्ता खुल्ला गरिएको स्टल बुकिङका लागि रजिष्ट्रेशनमा उल्लेखिय सहभागिता रहेकोे छ । चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागि कम्पनीहरुको दर्ता भई सकेको नाडाले जनाएको छ ।

हिजो असार २ गते गरिएको गोलाप्रथा अन्तर्गत सबै कम्पनीहरुको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लेबल एक्स्पोजिसनका प्रतिनिधि तथा नाडा अटो शो समितिका पदाधिकारीहरुको उपस्थितिमा सहभागी कम्पनीहरुलाई स्टलको छनोट एवं बाँडफाँट गरिएको छ ।

विगतका संस्करणहरु भन्दा पृथक यस वर्ष कमसिएयल भेइकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उदेश्यले छुट्टै दुई पांग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको छ । कोभिड महामारीका कारण दुई वर्ष पछि आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अटो व्यवसायीहरुको भव्य सहभागिताले आयोजक नाडा प्रोत्साहित हुनुका साथै सुस्ताई रहेको अटो व्यवसाय चलायमान हुनेमा पनि आयोजक विश्वस्त रहेको बताइएको छ ।

नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालका अनुसार अटो व्यवसायीहरुको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरुको प्रक्षेपणका लागि समेत नाडा अटो शो अपरिहार्य रहेको छ ।

अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ्याक्चरिङ कम्पनीहरुका विज्ञ एवं जानकारहरुसँगको छलफल तथा अन्तक्रिया समेटिएको संगोष्ठी यस वर्षको विशेष आकर्षण हुने पनि सभापति बरालले बताए ।

सम्बन्धित समाचारहरू

अर्थमन्त्रीसँग नाडा : सवारी किन्नका लागि बैंकबाट ऋण लिने व्यस्था सहज बनाउन माग

अर्थमन्त्रीसँग नाडा : सवारी किन्नका लागि बैंकबाट ऋण लिने व्यस्था सहज बनाउन माग

काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गाडी किन्नका लागि...

नाडा अध्यक्षका प्रत्यासी धुब्र थापाले सार्वजनिक गरे ६ बुँदे प्रतिबद्धता

नाडा अध्यक्षका प्रत्यासी धुब्र थापाले सार्वजनिक गरे ६ बुँदे प्रतिबद्धता

अटोमोबाइल ब्यावसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

७ वटा ब्रान्डका चार पाङ्ग्रे र १६ व्रान्डका दुई पाङ्ग्रे सहित नाडा इभी एक्स्पोमा ५१ वटा स्टल हुने

७ वटा ब्रान्डका चार पाङ्ग्रे र १६ व्रान्डका दुई पाङ्ग्रे सहित नाडा इभी एक्स्पोमा ५१ वटा स्टल हुने

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको पहिलो इभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...