सोनी र होन्डाको सहकार्यमा तयार भएको इभी जनवरी ४ मा सार्वजनिक हुँदै

जापानका दुई प्रख्यात कम्पनी सोनी र होन्डाले सहकार्य गरेर तयार पारेको पहिलो इलेक्ट्रिक कार जनवरी ४ मा सार्वजनिक हुने भएको छ । अमेरिकाको लास भेगासमा सो मितीमा आयोजना हुने कन्जुमर इलेक्ट्रिोनिक सोमा आफ्नो पहिलो कार सार्वजनिक गर्न दुवै कम्पनी सहमत भएका हुन् । यो कारको उत्पादन भने सन् २०२६ देखी शुरु हुने जनाइएको छ ।

यो नयाँ कारलाई सवैभन्दा पहिला उत्तर अमेरिकी मुलुकमा बिक्र शुरु गर्ने कम्पनीले योजना बनाएको छ । त्यसपछि यूरोप हुँदै जापानमा यसको बिक्री शुरु हुनेछ । सोनी होन्डा मोविलिटीले यो नयाँ कारमा अटोनोमस प्रविधी उपलब्ध गराउनसक्ने आँकलन गरिएको छ ।

सोनीलाई सो ईभीमा सफ्टवेयर सिस्टम जडान गर्ने जिम्मा दिइएको छ । सोनी कम्पनी क्लाउडमा आधारित सेवा र इन–क्याबिन इन्टरटेनमेन्ट विकल्पको लागि जिम्मेवार हुनेछ । होन्डाले कुन प्लेटफर्म प्रयोग गर्ने भन्ने निर्णय गर्ने र उत्पादन पनि गर्नेछ । कम्पनीले ईभी सेग्मेन्टमा आफ्ना प्रतिद्वन्दीहरूसँग प्रतिस्पर्धा गर्न लागि तयारी हुन विभिन्न उपायहरु अपनाउनेछ ।

सम्बन्धित समाचारहरू

ओरेन्ज कलरमा आकर्षक एमजी ४ इलेक्ट्रिक ह्याचब्याक, परीक्षणमै चर्चा (फोटोफिचर)

ओरेन्ज कलरमा आकर्षक एमजी ४ इलेक्ट्रिक ह्याचब्याक, परीक्षणमै चर्चा (फोटोफिचर)

नेपालमा केही समय पछि एमजीको नयाँ इलेक्ट्रिक ह्याचब्याक एमजी ४ उपलब्ध हुने...

विद्युतीय सवारीको करको दरमा केही हेरफेर, यस्तो छ व्यवस्था

विद्युतीय सवारीको करको दरमा केही हेरफेर, यस्तो छ व्यवस्था

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटले...

नेपालकै सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक

नेपालकै सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा दीगो ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध गराइरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...