चांगानले सार्वजनिक गर्यो आफ्नै ड्राइभर असिस्टेन्स सिस्टम ‘एसडीए पाइलट’
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगान अटोमोबाइलले आफ्नै इन्जिनियरिङ...
अमेरिकी कम्पनी फिस्करले आफ्नो स्पेशल एडिशन ओशियन इलेक्ट्रिक एसयूभी भारतमा लन्च गर्ने तयारी गरिरहेको छ । यो इलेक्ट्रिक कारको सीमित भर्सन अर्थात् १०० युनिट मात्र भारतमा बिक्री गरिने छ ।
लस एन्जलस अटो शो २०२१ मा प्रदर्शन गरेको सो इलेक्ट्रिक एसयूभीको स्पोर्ट ट्रिम, अल्ट्रा ट्रिम र एक्स्ट्रिम गरी ३ वटा भेरिएन्ट भारतमा उपलब्ध हुनेछ ।
कारको ब्याट्री चार्ज गर्न कारमा सोलार प्यानल पनि दिइनेछ । यो सोलार प्यानल कारको छतमा जडान गरिने छ । यसको बेस मोडेल स्पोर्ट ट्रिमले २७५ बीएचपीको पावर जनेरेट गर्नेछ । सो मोडलको रेन्ज ४०० किमी हुनेछ । मिड रेन्ज भेरिएन्ट अल्ट्रा ट्रिमले ५४० बीएचपीको पावर जेनेरेट गर्नेछ । यसको रेन्ज ५०० किमी हुनेछ । कारको टप भेरिएन्ट एक्स्ट्रिमले ५५० बीएचपीको पावर र ५५० किमीको रेन्ज दिनेछ ।
कारमा शानदार इन्टेरियर, फ्रन्ट र रियरमा हिटेड सिट, ३६० डिग्री क्यामेरा, १७.१ इन्चको टचस्क्रिन सिस्टम, अटोमेटिक एसी र अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टमका साथै एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम हुनेछ ।
सोलार प्यानल चार्ज गरेपछि यसको रेन्ज यसमार्फत वार्षिक २४१४ किलोमिटर पुग्ने बताइएको छ । कम्पनीले सो एसयूभी यही वर्षको अन्त्यसम्ममा भारतमा लन्च गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...