७० लाख न्यु इनर्जी भेइकल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी बन्यो बीवाईडी
न्यु इनर्जी भेइकल र पावर ब्याट्रीको क्षेत्रमा विश्वकै सर्वश्रेष्ठ कम्पनी...
काठमाडौं– एमएडब्लु वृद्धि अटोकर्पले भोली नेपाली बजारमा नयाँ इलेक्ट्रिक भ्यान सोकोन ईसी ३६ लन्च गर्ने भएको छ । सेरेस ग्रुप अन्तर्गतको सोकोन ब्रान्डको सो इलेक्ट्रिक भ्यान नेपाल भित्रिए पछि फेरि इलेक्ट्रिक भ्यान सेगमेन्टमा अर्को प्रतिस्पर्धा थपिने छ ।
एमएडब्लु ग्रुपले हाल नेपाली बजारमा यामाहा, जेसीबी, स्कोडा, जिप, आइसर, चांगान, दिपाल, सेरेस र फोटोन लगायतका विभिन्न ब्रान्ड बिक्री–वितरण गरिरहेको छ । नेपालभर यो ग्रुपका ३५० भन्दा बढी टच प्वाइन्ट रहेका छन् ।
सेरेस ग्रुपलाई विश्वव्यापी रुपमा चोङकिङ सोकोन इन्डष्ट्रियल ग्रुपको रुपमा चिनिन्छ र यो डोङफेङ र सेरेस ग्रुपको सहकार्यमा सन् १९८६ मा स्थापना भएको हो । सेरेस ग्रुप कमर्सियल भेइकलका लागि ईयू सर्टिफिकेसन प्राप्त गर्ने पहिलो चाइनिज अटोमोटिभ ब्रान्ड समेत हो ।
ग्रुपले स्मार्ट इलेक्ट्रिक भेइकल, सुपर अर्बन एसयूभी, कम्प्याक्ट एमपीभी, इलेक्ट्रिक लाइट कमर्सियल भेइकल जस्ता सवारी साधनमा विशेषज्ञता हासिल गरेको छ । विश्वका ७० भन्दा बढी देश र क्षेत्रमा यी सवारी साधन बिक्री हुन्छन् ।
न्यु इनर्जी भेइकल र पावर ब्याट्रीको क्षेत्रमा विश्वकै सर्वश्रेष्ठ कम्पनी...
किया ईभी९ को कन्सेप्ट भर्सन केही दिन पहिले भारतमा सम्पन्न अटो एक्सपो २०२३...
काठमाडौं – इन्डोनेसियन ब्रान्ड वुलिङको नेपालका लागि आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...