पेट्रोलको मूल्य बढ्दा उपभोक्ता मारमा : सामाजिक सञ्जालमा आलोचना

पेट्रोलको मूल्य अब १९९ रुपैयाँ र डिजेलको मूल्य १९२ रुपैयाँ पुगेको छ । एकै पटक क्रमशः २१ र २७ रुपैयाँ प्रतिलिटरले मूल्य बढे पछि सामाजिक सञ्जालमा आक्रोशयुक्त स्वर प्रस्तुत भएका छन् भने कतिपयले व्यंग्य समेत गरेका छन् ।

धेरैले १९९ रुपैयाँ मूल्यलाई आलोचना गरेका छन् । ‘अब कसरी १ रुपैयाँ फिर्ता गर्ने ? त्यो १ रुपैयाँ पनि बढाइदेउ सरकार ।’ भन्नेहरु धेरै छन् ।

कतिपयले अब बाइक वा स्कुटरको काम नभएको र पेट्रोलले त्यस्ता सवारी साधन जलाउन मात्र काम लाग्ने बताइरहेका छन् । जे भए पनि यति धेरै मूल्य वृद्धि हुँदा सर्वसाधारण मारमा पर्ने निश्चित छ ।

पेट्रोलियम पदार्थमा भएको अत्याधिक मूल्य वृद्धिले सवारीसाधनको संचालन खर्च ह्वात्तै बढाएको छ । यसरी खर्च बढेपछि निम्न मध्यम आय भएका उपभोक्ता सवैभन्दा बढी मारमा परेका छन् । सार्वजनिक यातायातको प्रवन्ध भरपर्दो र राम्रो नभएका कारण शहरी क्षेत्रमा वसोवास गर्ने यो वर्गका उपभोक्त सबैभन्दा बढी मारमा पर्न थालेको हुन् ।

यसमा पनि निजी कार्यालयमा काम गर्ने कम आए भएका उपभोक्ता मारमा परेका छन् । एक निजी कम्पनीमा लेखापालको काम गर्ने रमेश वस्नेत अहिलेको मूल्य वृद्धिले खर्च र आम्दानीको समीकरणमै असन्तुलन पैदा गरेको गुनासो पोख्छन् । उनी भन्छन, ‘निजी कम्पनीले दिने तलव र सेवा सुविधा आफैमा कम हुन्छ । यस्तोमा अहिले कायम भएको पेट्रोलको मूल्यले मोटरसाइकलमा आवतजावत गन निकै कठिन भैरहेको छ ।

कीर्तिपुर भत्केपाटीमा वस्ने उनको अफिस चावहिलमा छ । घरबाट अफिस र अफिसबाट घर फर्कन दैनिक ३५ किलोमिटर भन्दा बढी यात्रा गर्नुपर्ने उनी आफूले प्रयोग गर्ने पल्सर बाइकले दैनिक डेढ लिटर पेट्रोल खपत गर्ने बताउँछन् । भन्छन,‘अहिलेको मूल्य अनुसार घरबाट अफिस आउजाउ गर्न मात्रै दैनिक ३ सय भन्दा बढी खर्च हुन्छ । महिनामा २६ दिन अफिस जाँदा पेट्रोलमा हुने खर्च मात्रै ८ हजार रुपैयाँ नाघ्ने देखिन्छ । त्यसमा वाँकी समय आफ्नो कामले हिड्दा महिनाकै १२ हजार माथि खर्च हुने भयो ।’

उनको जस्तै व्यथा एक एजुकेसन कन्सल्टेन्सीमा काम गर्ने सुनिता आचार्यको पनि छ । भक्तपुरको सूर्यविनायकमा वस्ने उनी अफिसको कामका लागि दैनिक पुतलीसडक सम्म आउँजाउँ गर्छिन् । २ वर्षअघि खरिद गरेको एनटर्क स्कुटरमा सयर गर्दै आइरहेकी उनी खर्च धान्न मुस्किल हुने भएपछि सार्वजनिक यातायातमै यात्रा तय गर्ने मनस्थितिमा छिन् । उनी भन्छिन्, ‘मेरो घरबाट अफिससम्मको दुरी २० किलोमिटर हाराहारी छ । यस हिसावले दैनिक आउजाउ गर्दा ४० किलोमिटर यात्रा गर्नुपर्ने र स्कुटरले २५ किलोमिटर भन्दा बढी माइलेज नदिने भएपछि मूल्य नघटुन्जेल सार्वजनिक वसमै यात्रा गर्ने सोच बनाएकी हुँ ।’ प्रतिलिटर २ सय रुपैयामा पेट्रोल खरिद गरेर स्कुुटरमा अफिस आउजाउ गर्दा मासिक १० हजार हाराहारी खर्च आउने उनी बताउँछिन् ।

माथि उल्लेखित दुई प्रतिनिधि पात्र जस्तै अहिले धेरै कामकाजीका व्यक्तिहरु आकाशिंदो पेट्रोलियम पदार्थको मूल्यका कारण मारमा परिरहेका छन् । पेट्रोलियम पदार्थको मूल्य बढेपछि ढुवानी खर्च बढेका कारण यस्ता सवारीसाधनको मर्मतसम्भारमा प्रयोग हुने स्पेयर पार्ट्सको मूल्य समेत वृद्धि भैरहेको छ । जसले गर्दा पनि सवारीसाधनको संचालन खर्च निकै महंगो बनाइदिएको छ । अहिले स्पेयर पार्ट्सको मूल्य २५ प्रतिशत हाराहारीले वृद्धि भएको यस्ता पार्ट्स आयात गर्ने व्यवसायीहरु बताउँछन् ।

त्यसो त पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारीसाधनले समेत स्वचालित प्रणालिमा मूल्य बढाइरहेका छन् । हिजो पेट्रोलमा २१ र डिजेलमा २७ रुपैयाँ वृद्धि भएपछि आजैदेखि लागू हुनेगरी यात्रुवाहक सवारीसाधनमा ५.३० र मालवाहक साधनमा ७ प्रतिशत हाराहारी भाडा बढाएको छ । यसले सार्वजनिक यातायातमा यात्रा गर्दा लाग्ने खर्च समेत बढाइदिएको छ ।

सम्बन्धित समाचारहरू

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ ।...

के हो ई१० र ई२० ? सवारी साधनका लागि किन फाइदाजनक छ ?

के हो ई१० र ई२० ? सवारी साधनका लागि किन फाइदाजनक छ ?

ई१० र ई२० इथानोलको मिश्रित इन्धन हो । जसलाई परम्परागत पेट्रोल र इथानोलको...

८ वर्षमा इन्धनबाट संकलन भयो ४० अर्ब सडक मर्मत शुल्क

८ वर्षमा इन्धनबाट संकलन भयो ४० अर्ब सडक मर्मत शुल्क

काठमाडौं – आठ वर्षको अवधिमा इन्धन अर्थात पेट्रोलियम पदार्थबाट सडक मर्मत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...