एसएमएल इसुजुका गाडी किन्न एभरेष्ट बैंकले ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने

नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेड बिच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्शियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका छन् । यो सम्झौताअनुसार एसएमल इसुजुका ग्राहकहरुले २०८० बैशाख १३ गतेदेखि नै ऋण सुविधा लिन सक्नेछन् ।

लक्ष्मी कमर्शियल भेहिकल्सले नेपालमा आयात गरेर बिक्री बितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा बैंकका नेपालभर रहेका आफ्ना १२४ शाखा कार्यालयमार्फत गाडीको मुल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ । साथै, यस्तो कर्जा बढिमा ७ बर्ष सम्मको लागि उपलब्ध हुनेछ । 

सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्शियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिए ।

यो सम्झौता पश्चात दुई संस्थाबीचको ब्यापार बढाउन सहयोगी हुने र भबिष्यमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बिचार बैकका डिपुटी जेनेरल मेनेजर गौरब कुमारले ब्यक्त गरेका थिए । लक्ष्मी कमर्शियल भेहिकल्सका सबै शाखा कार्यालयहरु, डिलरहरुबाट एभरेष्ट बैंक सँग भएको सम्झौता अनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकहरुलाई आवश्यक ऋण लिने प्रकृयामा सहजीकरण गरिने लक्ष्मी कमर्शियलका नेटवर्क हेड ईश्वर दहालले जानकारी दिए । 

लक्ष्मी ग्रुप अन्र्तगतको लक्ष्मी कमर्शियल भेहिकल्स् प्रालिले नेपालमा एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ । यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरि नेपालको बजारमा बिक्री बितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिँदै आएको छ । 

एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ । मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएका छन्।

सम्बन्धित समाचारहरू

एनएमबि बैंकका ग्राहकले ग्यापु, फुडमाण्डु र किरानाबाट अर्डर गर्दा १० प्रतिशत क्यासब्याक पाउने

एनएमबि बैंकका ग्राहकले ग्यापु, फुडमाण्डु र किरानाबाट अर्डर गर्दा १० प्रतिशत क्यासब्याक पाउने

काठमाडौं – एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले फुडमाण्डु...

थर्ड पार्टी इन्स्योरेन्स अर्थात तेस्रो पक्षीय मोटर बीमा भनेको के हो ? कसरी गरिन्छ ? फाइदा के ?

थर्ड पार्टी इन्स्योरेन्स अर्थात तेस्रो पक्षीय मोटर बीमा भनेको के हो ? कसरी गरिन्छ ? फाइदा के ?

नेपालमा वि.सं. २०६२ सालमा मोटर बीमादर सम्बन्धी निर्देशिका, २०६२ लागू गर्दै...

इसुजु एस–क्याबको एक्सचेन्ज क्याम्प प्रारम्भ, सबै ब्रान्डसँग इसुजुको लाइफस्टाइल पिकअप साट्न सकिने

इसुजु एस–क्याबको एक्सचेन्ज क्याम्प प्रारम्भ, सबै ब्रान्डसँग इसुजुको लाइफस्टाइल पिकअप साट्न सकिने

काठमाडौं – इसुजुको काठमाडौंका लागि डिलर टाइम्स मोटर्सले आज देखि एक्सचेन्ज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...