इन्जिन आयल वाहेक यी हुन् कारमा प्रयोग गरिने ६ प्रकारका तरल पदार्थ
हामीले कार वा बाइकमा प्रयोग गर्ने विभिन्न प्रकारका तरल पदार्थ अर्थात...
काठमाडौं–स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो वार्षिक साधारणसभा थाइल्याण्डको बैंककमा हुने भएको छ । साधरणसभा सम्पन्न गर्न कम्पनीका संचालक र केही डिलरहरु थाइल्याण्ड प्रस्थान गरिसकेको र २६ गतेसम्म बैंककमा रहने कम्पनीका कार्यकारी निर्देशक मोहन बराइलले जानकारी गराए ।
स्मार्ट लुब्रिकेन्ट्सले अहिले नेपालमै उच्च गुणस्तरको लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको र यस वर्ष झन्डै ३० प्रतिशत हाराहारीमा बिक्री बढेको उनले बताए । कम्पनीले हाल ग्रिज। गियर आयल, इन्जिन आयल, हाइड्रोलिक आयल, कुलान्ट जस्ता उत्पादनहरु बजारमा बिक्री गर्दै आएको छ ।
बिगत १८ बर्षदेखी लुब्रिकेन्टस् व्यावसाय गर्दै आएका व्यावसयीहरुको समहुले यो उद्योग संचालनमा ल्याएका हुन् । ‘संचालनमा आएको छोटो समयमा नै ग्राहकको बिश्वास जित्न सफल ब्राण्डको रुपमा स्मार्ट लुब्रिकेन्टस् स्थापित भएको छ’ उनले भने, ‘आजका दिनमा यस उद्योगले बिषेश गरी ग्रीज , ईजिन आयल, हाईड्रोलीक र गीयर आयल सहित करिव ४० देखी ४५ प्रकारका लुव्रिकेन्ट्स उत्पादन गर्दै आइरहेको छ । यी उत्पादनको बिक्री वितरण सहज बनाउन मेचिदेखी महाकालीसम्म नेटवर्क बिस्तार भैसकेको छ ।’
झापामा उद्योग स्थापना गरी उत्पादन हुँदै आइरहेको यो ब्राण्डले पछिल्लो समय नेपाली लुव्रिकेन्ट्स व्रान्डमा अलग छाप पार्न सफल भएको छ बराइलीले दाबी गरे ।
हामीले कार वा बाइकमा प्रयोग गर्ने विभिन्न प्रकारका तरल पदार्थ अर्थात...
काठमाडौं – नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल औपचारिक रुपमा भित्रिएको छ...
जाडो मौसममा कारलाई बढी हेरचाह गर्नुपर्छ । रिपोर्टका अनुसार चिसो मौसममा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...