स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो बार्षिक साधरणसभा बैंककमा हुने, बिक्री ३० प्रतिशतले बृद्धि

काठमाडौं–स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो वार्षिक साधारणसभा थाइल्याण्डको बैंककमा हुने भएको छ । साधरणसभा सम्पन्न गर्न कम्पनीका संचालक र केही डिलरहरु थाइल्याण्ड प्रस्थान गरिसकेको र २६ गतेसम्म बैंककमा रहने कम्पनीका कार्यकारी निर्देशक मोहन बराइलले जानकारी गराए ।

स्मार्ट लुब्रिकेन्ट्सले अहिले नेपालमै उच्च गुणस्तरको लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको र यस वर्ष झन्डै ३० प्रतिशत हाराहारीमा बिक्री बढेको उनले बताए । कम्पनीले हाल ग्रिज। गियर आयल, इन्जिन आयल, हाइड्रोलिक आयल, कुलान्ट जस्ता उत्पादनहरु बजारमा बिक्री गर्दै आएको छ ।

बिगत १८ बर्षदेखी लुब्रिकेन्टस् व्यावसाय गर्दै आएका व्यावसयीहरुको समहुले यो उद्योग संचालनमा ल्याएका हुन् । ‘संचालनमा आएको छोटो समयमा नै ग्राहकको बिश्वास जित्न सफल ब्राण्डको रुपमा स्मार्ट लुब्रिकेन्टस् स्थापित भएको छ’ उनले भने, ‘आजका दिनमा यस उद्योगले बिषेश गरी ग्रीज , ईजिन आयल, हाईड्रोलीक र गीयर आयल सहित करिव ४० देखी ४५ प्रकारका लुव्रिकेन्ट्स उत्पादन गर्दै आइरहेको छ । यी उत्पादनको बिक्री वितरण सहज बनाउन मेचिदेखी महाकालीसम्म नेटवर्क बिस्तार भैसकेको छ ।’

झापामा उद्योग स्थापना गरी उत्पादन हुँदै आइरहेको यो ब्राण्डले पछिल्लो समय नेपाली लुव्रिकेन्ट्स व्रान्डमा अलग छाप पार्न सफल भएको छ बराइलीले दाबी गरे ।

सम्बन्धित समाचारहरू

गल्फ लुब्रिकेन्टले अमलेखगन्जस्थित आफ्नो फ्याक्ट्रीमा दियो मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण

गल्फ लुब्रिकेन्टले अमलेखगन्जस्थित आफ्नो फ्याक्ट्रीमा दियो मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको...

म्याक स्टार नाइट कार्यक्रम सम्पन्न, १० डिलर सम्मानित

म्याक स्टार नाइट कार्यक्रम सम्पन्न, १० डिलर सम्मानित

काठमाडौँ – नेपालमा म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लक्ष्मी ल्युब आयलको च्यानल पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न

लक्ष्मी ल्युब आयलको च्यानल पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं – टोटल इनर्जिजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्युब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...