अब पाल्पाबाट सवारी चालक अनुमतिपत्र पाइने
काठमाडौँ – लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पहिलो पटक यातायात...
यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर खरिद गर्न आह्वावन गरेको टेन्डर प्राविधिक त्रृटि देखाउदै रद्ध गरेको छ । यससंगै द्रुत गतीमा छाप्नुपर्ने लाइसेन्सको विषय पुन अन्योलग्रस्त वनेको छ ।
विभागले एक महिना अगाडि स्मार्ट लाइसेन्स छाप्नका लागि आवश्यक पर्ने मास प्रिन्टर खरिदको टेन्डर आह्वान गरेको थियो । तर त्यसको ठिक एक महिनापछि विभागले यस टेन्डरमा आवेदन दिन समस्या रहेको भन्दै टेन्डर रद्ध गरिएको जनाएको छ ।
विभागले टेन्डर आह्वान गरिएको १ महिनापछि मात्र उक्त टेन्डरमा प्राविधिक त्रृटि रहेको थाहा पाएको हो । विभागका अनुसार यस टेन्डरमा प्राविधिक त्रृटि देखिएका कारण टेन्डर रद्ध गरिएको हो ।
विभागका अनुसार यसका लागि सरकारले १० करोड बजेट विनियोजन गरेको छ । हाललाई एउटा मात्र मास प्रिन्टर खरिद गर्न उक्त टेन्डर आह्वान गरिएको थियो ।
ठेक्कामा अन्तर्राष्ट्रिय तथा नेपाली जेभी कम्पनीले सहभागिता हुन सक्ने व्यवस्था गरिएको थियो । ठेक्कामा सहभागी कम्पनीहरुले सेक्युरिटीका लागि २३ लाख रुपैयाँ राख्नुपर्ने हुन्छ ।
ठेक्का पाउने कम्पनीले सम्झौता भएको मितिले ३ महिनाभित्र मास प्रिन्टर विभागमा आपूर्ति गर्नुपर्ने थियो । कम्पनीले यो मेसिन इन्स्टलदेखि सबै सफ्टवेयरको काम पनि गर्नुपर्ने विभागले जनाएको छ ।
काठमाडौँ – लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पहिलो पटक यातायात...
काठमाडौं – बागमती प्रदेश सरकारले असोज देखि लागू गर्ने भनिएको ७० अंक ल्याए...
काठमाडौं – यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...