इलेक्ट्रिक स्कुटरमा आगो लागेपछि पिडितले पाउने भए १० लाख भारु क्षतिपूर्ति
भारतमा एकजना इलेक्ट्रिक स्कुटर आगलागी पीडितले ठूलो रकम क्षतीपूर्ती पाउने...
काठमाडौं– सीजी मोटर्सले नेपाल ल्याउने तयारी गरेको स्मार्ट–१ को २०२४ मोडल चीनमा लन्च भएको छ । सेप्टेम्वर २४ मा लन्च गरिएको सो नयाँ इलेक्ट्रिक सबकम्प्याक्ट एसयूभी प्रो प्लस र प्रिमियम गरी दुई भेरिएन्टमा आएको हो । जसको मूल्य २७ हजार ८०० र ३१ हजार ४०० डलर तोकिएको छ । कम्पनीले यसको नयाँ मोडललाई पुरानोको तुलनमा १ हजार २ सय र १ हजार ७ सय डलर कम गरेर ल्याएको हो ।
यो नयाँ मोडलमा यसअघिकै डिजाइनलाई निरन्तरता दिइएको छ । जहाँ त्रिकोणात्मक हेडलाईट, सस्पेन्डेड रुफ डिजाइन, हिडन डोर ह्यान्डल र फ्रेमलेस डोर पाउन सकिन्छ । यो एसयूभी ४२७० एमएम लामो, १८२२ एमएम चौडा, १६३६ एमएम अग्लो छ भने ह्विलवेश २७५० एमएम छ । प्रिमियम भेरिएन्टमा १९ इन्च र प्रो प्लसमा १८ इन्चको ह्विल दिइएको छ ।
यसको इन्टेरियर लेआउट टी आकारमा निकै आकर्षक देखिएको छ । जहाँ १२.८ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, ९.२ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल र वायरलेस चार्जिङ लगायत सुविधा दिइएको छ । स्मार्ट–१ मा कम्पनीले लेभल २ एडिएएस सिस्टम, ओटिए अपडेट, ब्लुटुथ, सेकेन्ड रोमा पनि इलेक्ट्रोनिकल्लि एड्जस्टेवल सिट र पावर ट्रंक उपलब्ध गराएको छ ।
यसमा ६६ किलोवाट आवरको लिथियम ब्याट्री प्याक र रियरमा २०० किलोवाटको मोटर जडान गरिएको छ । जसको टर्क ३४३ एनएम छ भने सून्यदेखी १०० किलोमिटरसम्मको गति पकड्न यसलाई जम्मा ६.७ सेकेन्ड लाग्छ ।
एसी चार्जरको साहयतामा ७.५ घन्टामा फुल चार्ज गर्न सकिने यसको ब्याट्रीलाई डिसी फास्ट चार्जरले भने जम्मा ३० मिनेटमै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको प्रो प्लसले ५३५ किलोमिटर र प्रिमियमले ५६० किलोमिटर रेन्ज दिने सिएलटीसीले दावी गरेको छ ।
भारतमा एकजना इलेक्ट्रिक स्कुटर आगलागी पीडितले ठूलो रकम क्षतीपूर्ती पाउने...
नेपाली बजारमा नयाँ ब्रान्ड ‘कोल्टर’ को इलेक्ट्रिक बाइक भित्रिएको छ । हाल...
काठमाडौं– टाटाको पहिलो कमर्सियल ईभी ‘एस’ नेपाली बजारमा भित्रिएको छ । सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...