हन्टर टिकटक च्यालेन्जमा बिजयी हुने तीन जनाले पाए नगद पुरस्कार
काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...
रोयल इन्फिल्डले आफ्नो नयाँ बाइक हन्टर ३५० लन्च गर्ने तयारी गरेको छ । ३५० सीसी सेगमेन्टमा सो नयाँ बाइक कम्पनीको सबैभन्दा सानो र सस्तो बाइक हुने अनुमान गरिएको छ । सो बाइकको इन्जिन मेटियर र क्लासिक ३५० मा जस्तै हुनेछ ।
कम्पनीले अगस्टमा रोयल इन्फिल्ड हन्टर ३५० को लुक र फिचरको साथै मूल्यको बारेमा जानकारी दिनेछ । सो बाइक टीभीएस रोनिन, येज्दी स्क्राम्बलर र २०० देखि ३५० सीसी सेगमेन्टका बाइकका ग्राहकहरुलाई मुख्य लक्षित गरी लन्च गर्नेछ ।
नयाँ रोयल इन्फिल्ड हन्टर ३५० को लम्बाई २०५५ एमएम, चौडाई ८०० एमएम, उचाई १०५५ एमएम र ह्विलवेस १३७० एमएम हुनेछ । सो बाइकको तौल १६० किलोग्राम हुनेछ ।
सो बाइकमा राउन्ड हेडल्याम्पको साथै वाई शेपको अलोय ह्विल, सानो स्विङ आर्म, फरक डिजाइनको फ्युल ट्याङ्की र सिंगल सिट सेटअप हुनेछ । सो बाइकमा मेटियर ३५० मा जस्तै डुअल रियर शक एब्जर्बर र टेलिस्कोपिक फ्रन्ट सस्पेन्शन, डिस्क ब्रेकको साथै डुअल च्यानल एबीएस जस्ता फिचर हुनेछ ।
रोयल इन्फिल्ड हन्टर ३५० बाइकमा मेटियर ३५० र क्लासिक ३५० मा जस्तै नयाँ ३४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन हुनेछ, जसले २०.२ बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । हन्टर ३५० लाई ५ स्पिड गियरबक्समा लन्च गरिने छ ।
रिपोर्टका अनुसार हन्टर ३५० मा फ्लाई स्क्रिन, साइड बक्स र ब्याकरेस्ट पनि समावेश गर्नेछ । फिचरको लागि यसमा ट्रिपर नेभिगेशनको साथै स्मार्टफोन कनेक्टिभिटीको सुविधा पनि हुनेछ । हन्टर ३५० भारतमा १ लाख ४ हजार भारुमा लन्च गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...
काठमाडौं – क्रसफायर र इटालिका मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक...
रोयल इन्फिल्डले भारतमा उत्पदान गरेको मेटियर ३५० वेलायतमा सर्बाधिक बिक्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...