क्रसफायर र इटालिका मोटरसाइकल बिग्रिएमा उपाय सिटी कार्गोले आपतकालीन सेवा प्रदान गर्ने

काठमाडौं – क्रसफायर र इटालिका मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले आफ्ना बाइक राइडरलाई आपतकालीन सेवा उपलब्ध गराउन उपाय सिटी कार्गोसँग एक सम्झौता गरेको छ । यस अनुसार यी बाइकका लागि रोडसाइड पिकअप सर्भिस उपाय सिटी कार्गोले उपलब्ध गराउने छ ।

यससँगै क्रसफायर र इटालिका मोटरसाइकल राइडरले आपतकालीन सेवा लिन सहज हुने बताइएको छ । राइडर दुर्घटनामा पर्दा अर्थात राइडिङका क्रममा मोटरसाइकलमा खराबी देखिँदा उपाय कार्गोले सम्वन्धित बाइकलाई नजिकको क्रसफायर सर्भिस सेन्टरसम्म पु¥याइदिनेछ ।

राइडरले कम्पनीको हटलाइन नम्वरमा सम्पर्क गरेर वा उपाय सिटी कार्गोको एपमार्फत यो सेवा लिन सक्ने कम्पनी स्रोतको भनाइ छ । मोटरसाइकलमा समस्या आएर आपतमा परेका राइडरलाई उपायमार्फत रेस्क्यू गरी नजिकको क्रसफायर शोरुम अर्थात सर्भिस सेन्टरसम्म पु-याइने र ग्राहकलाई छिटोछरितो सेवा प्रदान गरिने कम्पनीको भनाइ छ ।

हाल यो सेवा काठमाडौं, बुटवल र पोखरामा उपलब्ध हुने बताइएको छ । ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले बुलेट जत्तिकै बलियो इलेक्ट्रिक बाइक चाँडै नै लन्च गर्ने

रोयल इन्फिल्डले बुलेट जत्तिकै बलियो इलेक्ट्रिक बाइक चाँडै नै लन्च गर्ने

रोयल इन्फिल्डले केही समयमै आफ्नो इलेक्ट्रिक बाइक लन्च गर्न लागेको समाचार...

पुरानो बाइकसँग नयाँ रोयल इन्फिल्ड साट्नेहरुका लागि शुरु भयो एक्सचेन्ज मेला, यस्तो हुनेछ फाइदा

पुरानो बाइकसँग नयाँ रोयल इन्फिल्ड साट्नेहरुका लागि शुरु भयो एक्सचेन्ज मेला, यस्तो हुनेछ फाइदा

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...

रोयल इन्फिल्ड स्क्र्याम्वलर ६५० उत्पादनको अन्तिम चरणमा

रोयल इन्फिल्ड स्क्र्याम्वलर ६५० उत्पादनको अन्तिम चरणमा

रोयल इन्फिल्डले निकट भविष्यमा लन्च गर्ने तयारी थालेको नयाँ मोडल उत्पादनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...