हन्टर टिकटक च्यालेन्जमा बिजयी हुने तीन जनाले पाए नगद पुरस्कार

काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ‘हन्टर टिकटक च्यालेन्ज–२०२३’ का बिजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

युवा पुस्तालाई सोसल मिडिया मार्फत आकर्षित गर्न कम्पनीले असोज ६ देखी ३० गतेसम्म सो च्यालेन्ज आयोजना गरेको थियो । जसमा प्रतियोगिहरुले नियम पूर्वक ब्यापक सहभागिता जनाएका थिए । टिकटक च्यालेन्जको उद्देश्य नयाँ मोडल हन्टर ३५० को बजार प्रवद्र्धन गर्नु रहेको थियो ।

सो च्यालेन्जमा पोखराका पदम लामाले प्रथम भई १ लाख पाएका छन् भने दोस्रो हुने पोखराकै स्मिता घिमिरेलाई ६० हजार र तेस्रो हुने हेटौडाका रजक शाहीलाई ४० हजारको चेक प्रदान गरिएको छ । विजयी हुने तीनै जनालाई कम्पनीका निर्देशक मेघराज पौडेलले आज चेक हस्तान्तरण गरेका हुन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...