एलएस अटोको नयाँ शोरुम तीनकुनेमा, नाईमा मोबिलिटी एक्सपोमा नयाँ मोडल लन्च हुने
काठमाडौं–एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ...
सवारीसाधनको खपत वढेसंगै सडकदेखी पार्किङ स्थलसम्मै यस्ता साधनको व्यवस्थापन कसरी गर्ने भन्ने विषय अहिले चुनौतीपूर्ण वनिरहेको छ । सोही विषयलाई मध्यनजर गर्दै इजरायली स्टार्ट अप कम्पनी सिटी ट्रान्सफरले एकदमै कम स्पेशमा पनि सजिलै पार्किङ गर्न मिल्ने सानो सिटी कार ल्याउने तयारी थालेको छ । एउटा ठूलो एसयूभीलाई पार्किङ गर्दा ओगट्ने स्पेशमा यसको चारवटा कार सजिलै अट्ने कम्पनीको भनाई छ ।
कम्पनीले जम्मा १ मिटर चौडाइ भएको सिटी –२ कारलाई केही समयअघि सार्वजनिक समेत गरिसकेको छ । यो सानो इलेक्ट्रिक कारको चौडाई टाटा टियागोको भन्दा ६६ सेन्टिमिटरले कम छ भने तौल अन्य इलेक्ट्रिक कारमा प्रयोग हुने व्याट्रीको भन्दा पनि कम छ । बजारमा अहिले केही इलेक्ट्रिक कारमा ६०० किलोग्राम सम्म वजन भएका व्याट्री प्रयोग हुँदै आएको छ । व्याट्रीको वजनभन्दा पनि कम तौलमा आउन लागेको यो कारलाई कम्पनीले अर्को वर्षदेखी बिक्री गर्ने योजना बनाएको छ ।
आकारको हिसावले सानो देखिए पनि यो एक आधुनिक र सुविधासम्पन्न विशेषताले भरिपूर्ण कार हुने कम्पनीको भनाई छ । सिंगल चार्जमा १८० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको यो कारलाई ९० किलोमिटर प्रति घण्टाको गतिमा हाँक्न सकिन्छ ।
यो कारको विक्री यूरोप र अमेरिकावाट शुरु गरिने सिटी ट्रान्सफर्मरका सिइओ असफ फर्मोजाले अन्तराष्ट्रिय समचार संस्था रोयटर्सलाई वताएका छन् । उनका अनुसार वढ्दो ट्राफिक र पार्किङ समस्यालाई यो कारले उचित समाधान दिन मद्धत गर्नेछ । कारको मूल्य १६ हजार डलर हाराहारी पर्ने आँकलन गरिएको छ ।
काठमाडौं–एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ...
काठमाडौं – विश्व वातावरण दिवस (जुन ५) को अवसरमा हिजो विद्युतीय सवारी साधनमा...
मारुती सुजुकी पेट्रोल र डिजेल सेगमेन्टमा शीर्ष स्थानमा छ । तर, अब मारुती...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...