वुलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ सम्पन्न
काठमाडौं– वुलिङ एयर इभीले आइतवार मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ ।...
सवारीसाधनको खपत वढेसंगै सडकदेखी पार्किङ स्थलसम्मै यस्ता साधनको व्यवस्थापन कसरी गर्ने भन्ने विषय अहिले चुनौतीपूर्ण वनिरहेको छ । सोही विषयलाई मध्यनजर गर्दै इजरायली स्टार्ट अप कम्पनी सिटी ट्रान्सफरले एकदमै कम स्पेशमा पनि सजिलै पार्किङ गर्न मिल्ने सानो सिटी कार ल्याउने तयारी थालेको छ । एउटा ठूलो एसयूभीलाई पार्किङ गर्दा ओगट्ने स्पेशमा यसको चारवटा कार सजिलै अट्ने कम्पनीको भनाई छ ।
कम्पनीले जम्मा १ मिटर चौडाइ भएको सिटी –२ कारलाई केही समयअघि सार्वजनिक समेत गरिसकेको छ । यो सानो इलेक्ट्रिक कारको चौडाई टाटा टियागोको भन्दा ६६ सेन्टिमिटरले कम छ भने तौल अन्य इलेक्ट्रिक कारमा प्रयोग हुने व्याट्रीको भन्दा पनि कम छ । बजारमा अहिले केही इलेक्ट्रिक कारमा ६०० किलोग्राम सम्म वजन भएका व्याट्री प्रयोग हुँदै आएको छ । व्याट्रीको वजनभन्दा पनि कम तौलमा आउन लागेको यो कारलाई कम्पनीले अर्को वर्षदेखी बिक्री गर्ने योजना बनाएको छ ।
आकारको हिसावले सानो देखिए पनि यो एक आधुनिक र सुविधासम्पन्न विशेषताले भरिपूर्ण कार हुने कम्पनीको भनाई छ । सिंगल चार्जमा १८० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको यो कारलाई ९० किलोमिटर प्रति घण्टाको गतिमा हाँक्न सकिन्छ ।
यो कारको विक्री यूरोप र अमेरिकावाट शुरु गरिने सिटी ट्रान्सफर्मरका सिइओ असफ फर्मोजाले अन्तराष्ट्रिय समचार संस्था रोयटर्सलाई वताएका छन् । उनका अनुसार वढ्दो ट्राफिक र पार्किङ समस्यालाई यो कारले उचित समाधान दिन मद्धत गर्नेछ । कारको मूल्य १६ हजार डलर हाराहारी पर्ने आँकलन गरिएको छ ।
काठमाडौं– वुलिङ एयर इभीले आइतवार मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ ।...
नर्वेको इलेक्ट्रिक भेइकल स्टार्टअप फ्रेस्कोले ८ सिटको अल–ह्विल ड्राइभ...
जापानी कम्पनी टोयोटा र चीनका २ कम्पनीको साझेदारीमा सेल्फ ड्राइभिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...