नाडा अटो शो २०२४ : सर्बाधिक ६२० किमी सम्म रेन्ज दिने ईभी स्काइवेलको स्टल

काठमाडौं – नाडा अटो शो २०२४ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । उक्त अटो शोमा विभिन्न सवारी साधन निर्माता कम्पनीहरुले फरक पहिचान सहित आफ्नो स्टल राखेका छन् ।

त्यही भीडमा फरक पहिचानका साथ उपस्थित भएको एक कम्पनी हो स्काइवेल । नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक कारको वारेमा जानकारी प्रदान गरिरहेको छ भने हालै नेपाल भित्र्याएको दुई नयाँ मोडल प्रदर्शनमा राखेको छ ।

नेपाली बजारमा सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक कार स्काइवेल ईटी५ हो । यसले सिंगल चार्जमा ६२० किलोमिटरको रेन्ज दिन्छ । गत वर्षको अटो शोमा सवारी साधन नराखेर पोस्टर मार्फत यो गाडीको चर्चा चलाएको जी मोटर्सले यसकै आधारमा हाल धेरै सवारी साधन बिक्री–वितरण गरिसकेको छ । सो गाडीको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ ।

हालै जी मोटर्सले यो भन्दा केही कम रेन्ज दिने ईभी स्काइवेल बीई११ समेत नेपाल भित्र्याएको छ । स्काइवेल बीई११ का दुई मोडल प्रदर्शनमा राखिएका छन् ।

स्काइवेल बीई११ का दुई मोडलमा क्रमशः ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ । दुवैमा १५० किलोवाटको मोटर हुनेछ । यी दुई मोडलले सिंगल चार्जमा क्रमशः ४१० र ५२० किलोमिटर रेन्ज दिने छन् ।

यी दुई मोडलको मूल्य क्रमशः ७९ लाख ९० हजार रुपैयाँ र ८९ लाख ९० हजार रुपैयाँ हुनेछ ।

मुल प्रवेशद्वार नजिक प्रिमियम स्टलको रुपमा जी मोटर्सको स्टल रहेको छ । सवारी साधनप्रति विशेष रुचि राख्नेहरुका लागि यो स्टल आकर्षण बनिरहेको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारी चालकहरूका लागि प्राविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

विद्युतीय सवारी चालकहरूका लागि प्राविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पोखरा – सीजी मोटर्स र टीटी ईभी रिभोलुसनद्वारा आयोजित विद्युतीय सवारी...

अनुमान गरेभन्दा ५० प्रतिशतले बढेर आयो टेस्ला साइबरट्रक

अनुमान गरेभन्दा ५० प्रतिशतले बढेर आयो टेस्ला साइबरट्रक

काठमाडौं– टेस्लाले आफ्नो बहुप्रतिक्षित साइबरट्रक उपभोक्तालाई...

याडियाको इलेक्ट्रिक बाइक नेपाल भित्रिदै, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

याडियाको इलेक्ट्रिक बाइक नेपाल भित्रिदै, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

काठमाडौं – विश्वभर इलेक्ट्रिक मोबिलिटीको नेतृत्व गर्दै आएको याडियाले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...